भर्जिनियामा नयाँबर्षको पूर्वसन्ध्यामा आयोजित डिएमभि अकुस्टिक्स ब्याण्डको प्रस्तुति भव्यताको साथ सम्पन्न

इनेप्लिज २०७९ पुष १८ गते १५:३९ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्सको तन्दुरी नाइटस् चमेनागृहमा नयाँबर्षको पूर्वसन्ध्यामा आयोजित डिएमभि अकुस्टिक्स ब्याण्ड(सङ्गीत मण्डली )को कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

आयोजकले दिएको जानकारी अनुसार कार्यक्रम अपेक्षा भन्दा उत्कृष्ट रहेको र सहभागिता पनि त्यतिकै राम्रो रहेको बताएका छन् । नयाँ बर्षको पूर्व सन्ध्यामा अनगिन्ती कार्यकम र घरपरिवारहरुमा समेत परिवार र साथीभाईसंग मनाईने भएतापनि कार्यक्रममा लगभग १५० जतिको दशर्कहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको आयोजना चर्चित छायाचित्रकार राजिब श्रेष्ठद्वारा स्थापित फोटो बैंक स्टुडियो र भिए -नेपालिजले आयोजना गरेको थियो ।

कार्यक्रमको मुख्य प्रस्तुति डिएमभि अकुस्टिक्सको रहेको थियो भने स्थानीय सङ्गीत मण्डलीहरुमा माक्कुसे ब्याण्ड र अष्ट्र ब्याण्डहरुको समेत प्रस्तुति रहेको थियो । कार्यक्रममा गायक बिन्ती कुमार गुरुंग र कपिल तनाजु श्रेष्ठर अन्य स्थानिय गायकहरू लोकेन्द्र तमांग र बिनोद तमांगहरुको समेत प्रस्तुति रहेको थियो ।

कार्यक्रम संचालन अनिश खशा (निरेस) र समिधा श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया