सौरभको निर्देशनमा फिल्म ‘अगस्त्य’ बन्ने

इनेप्लिज २०७९ पुष १७ गते ११:२१ मा प्रकाशित

काठमाडौंँ । सौरभ चौधरीको निर्देशनमा फिल्म ‘अगस्त्य’ निर्माण हुने भएको छ । डार्क हर्स इन्टरटेनमेन्ट प्रालीको ब्यानरमा निर्माण हुने फिल्म प्रकास मल्ल र अनिस तामाङले बनाउन लागेका हुन् ।

केही नेपाली र केही भारतीय कलाकारको अभिनय रहने फिल्म सस्पेन्स थ्रिलर बिषयमा निर्माण हुन लागेको हो । ‘अगस्त्य’ च्याप्टर १ र च्याप्टर २ गरेर दुई पार्टमा निर्माण हुन लागेको हो । फिल्मको दुबै पार्टको लेखन समेत निर्देशक सौरभ आफैले गरेका हुन् । फिल्मको दुबै पार्टको लेखन समेत सकिएको छ ।

नेपाल र भारतमा बराबर जस्तो सुटिङ हुने फिल्म आफ्नो ड्रिम प्रोजेट रहेको निर्देशक सौरभले बताए । ‘करिब ३ बर्षदेखि म यो प्रोजेटमा काम गरिरहेको छु’ सौभरले भने ।

राजेश श्रेष्ठको छायांकन रहने फिल्मको कलाकार केही छनौटको क्रममा छन् । फिल्मको छायांकन बैशाखको अन्तिमबाट सुरु हुनेछ ।

सौभरले यस अगाडि ‘लभ डायरिज’ फिल्म निर्देशन गरेका थिए ।

प्रतिक्रिया