वरिष्ठ गीतकार डा. कृष्णहरी बरालबाट सुरेन्द्र महर्जन अमरको एकतिसौं कृति सार्वजनिक 

इनेप्लिज २०७९ पुष १५ गते १०:४२ मा प्रकाशित

वरिष्ठ गीतकार डा. कृष्णहरी बरालले एक समारोहबीच वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा रहेको उहाँको एकतिसौं कृति ”सपना गीति एल्बम” सार्वजनिक गर्नुभयो । एल्बम सार्वजनिक गर्दै विगत लामो समयदेखि साहित्य सृजनामा लाग्नु हुने साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को निरन्तर साहित्य सृजनाले समग्र साहित्य र गीत, संगीत क्षेत्र अझ बलियो हुने बताउनु हुँदै उहाँको यस सपना नामक गीति एल्बमले सफलता पाउने आशा व्यक्त गर्दै साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ एकदम राम्रो स्रष्टा हुनुहुन्छ । गीत लेखन क्षेत्रमा उहाँको योगदान एकदम राम्रो रहेकोे र अरु एल्बमहरूले जस्तै यस एल्बमले पनि स्रोताहरूको माया पाउने आशा व्यक्त गर्नुभयो ।

सार्वजनिक सपना एल्बममा ”आकाश छुने सपना” बोलको गीतमा चर्चित गायिका मेलिना राई र मणि सुन्दर लिम्बुको युगल स्वर रहेकोमा संगीत/एरेन्जर पावल चाम्लिङ्ग राईको रहेको छ । दोस्रोमा ”मायाले हँसाउँछ” बोलको गीतमा पनि गायिका मेलिना राई र विक्रम चाम्लिङ्गको युगल स्वर रहेको छ । संगीत/एजेन्जर राम कार्कीको रहेको छ । तेस्रोमा ”गल्ती के भयो म बाट” बोलको गीतमा स्वर/संगीत चिरञ्जीवी भण्डारीको रहेको छ भने एरेन्जर आशिष लामाको रहेको छ ।

एल्बमको चौथो गीत ”सोचें बाँच्ने आधार” मा सरिता प्रजापतिको स्वरमा संगीत/एरेन्जर पुष्कर सुनुवारको रहेको छ । सपना गीति एल्बमको पाँचौ एवं अन्तिम गीत ”तिम्रै साथ हिँडेको देख्छु” बोलको गीतमा प्रताप दास र बुनु उप्रेतीको स्वर रहेको छ भने उक्त गीतको संगीत सुर्य कमल राईको र एरेन्जर संजय हमालको रहेको छ । ओएसनेपालको प्रस्तुतिमा सार्वजनिक सपना एल्बम बजारमा आएको हो ।

प्रतिक्रिया