यो जिन्दगिमा मलाई माया गर्ने मान्छे…………

इनेप्लिज २०७९ पुष ९ गते ११:०१ मा प्रकाशित

यो जिन्दगिमा मलाई माया गर्ने मान्छे खोजिरहेको छु
पाए भने उनिलाई ईश्वरको वरदान मान्नेछु
मेरो कुरा बुझिदिने सधै साथ दिने कसैलाई त पाउछु
सयौ जुनि सँगै बाचौ भन्ने मायालु खोजिराछुँ

यसैपालि सिउदो सजाउन कसैलाई खोजिराछुँ
रिस उठ्ला मायाले फकाउनेछिन सोचिरहेको छु
नबोलि तिमिलाई नभेटी बस्न सक्दिन भन्नेलाई खोजिराछुँ
किन बोल्दैनौ केहि बोल कसले भन्छ प्रतिक्षामा छु

गल्ति हुदा आफ्नो गल्ति स्विकार गर्न सक्नेको प्रतिक्षामा छु
यसैपालि सिउदो सजाउन कसैलाई खोजिराछुँ
मैले भनेका कुरा मनमा लिओस
मिठो कुरा गर्ने,सत्य बोल्ने मान्छे मनमा बसोस

मेरो सधै ख्याल राख्ने जिवनको साथि मैले पाउ
जिन्दगिमा संघर्ष गर्न सक्ने मान्छेलाई मन पराउ
सधै साथ दिन्छु भनि वाचा गर्नेको प्रतिक्षामा छु
यसैपालि सिउदो सजाउन कसैलाई खोजिराछुँ

रिस उठ्ला मायाले फकाउने खोजिराछुँ
यो जिन्दगिमा मलाई माया गर्ने मान्छे खोजिरहेको छु

गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया