सचिन परियार आईसियुमा हुदा, आरोप उनको बुवा तेजेन्द्रलाई लाएर भाइरल बनाउने र करोडौ कमाउने कहाँ गए ?

इनेप्लिज २०७९ पुष ९ गते १०:४३ मा प्रकाशित

बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएको उनी निकट कमल सरगमले जानकारी दिए ।

सचिन परियार आईसियुमा हुदा सम्पर्क बिहिन भनियका बुवा तेजेन्द्र परियार रुदै मिडियामा आएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि बालगायक सचिन परियार अस्पताल भर्ना भएका थिए ।

युट्युबमा अन्तर्वार्ता दिएर भाइरल समेत बनेका उनले चर्चित टीभी श्रृंखला ‘मेरी बास्सै’ र अभिनेता राजेश हमालसँग केही सांगीतिक भिडियोमा अभिनय गरेका छन् ।

सरगमले फेसबुकमा तस्वीरसहितको सूचना पोस्ट गर्दै खर्च अभावमा सचिनको उपचार राम्रोसँग हुन नसकेको र उनी बोल्न सक्ने अवस्थामा नरहेको उल्लेख गरेका छन् ।

उपचार खर्च जुटाउन ईशा फाउण्डेसन लगायतले पहल गरिरहेको पनि उनले जानकारी दिएका छन् । अस्पताल भर्ना भएका सचिनलाई भेट्न गायक विमल अधिकारीलगायतका कलाकार पनि शिक्षण अस्पताल पुगेका छन् । सचिनका बुवाआमाले पनि उपचारमा सघाउन अपील गरिरहेका छन् ।

गुल्मीका सचिन केही समय सोसल मिडियाको हरेक प्लेटफर्ममा हिट भए। पहिलोपटक गुल्मीबाटै एक युट्युब च्यानलमा अन्तर्वार्ता दिएका सचिनको बोल्ने शैली र हँसिलो आनीबानीले धेरैलाई तानेको थियो।

सचिन युट्युबमा मात्रै होइन ‘टिकटक’मा पनि हिट थिए। अहिले भने उनि बिरामी भएर आईसियुमा रहेर छन् ।

https://www.youtube.com/watch?v=XS9hfH6FxK0&t=1s

प्रतिक्रिया