नेपालबाट आउनु भएका आमाहरुको लागि नि:शुल्क ब्रेस्ट स्क्रिनिङ

इनेप्लिज २०७९ पुष ७ गते १०:४० मा प्रकाशित

दिदी-बहिनी समाज भिक्टोरियाले अस्ट्रेलियाको भिक्टोरिया राज्यभरीका बिभिन्न शहरमा स्थापना गरेको आफ्ना शाखाहरु मार्फत नेपालबाट आउनु भएका ५० बर्षमाथिका आमाहरुको लागि “PREVENTION IS BETTER THAN CURE” नीतिलाई अख्तियार गर्दै नि:शुल्क रुपमा ब्रेस्ट स्क्रिनिङ कार्यक्रम सन्चालन गर्दै आएको छ ।

यसै क्रममा भिक्टोरियाको मेलबर्नपछिको ठूलो शहर जिलोङमा पनि अभिभावकको रुपमा नेपालबाट आउनु भएका आमाहरुको लागि दिदी-बहिनी समाज भिक्टोरिया जिलोङ शाखाले उक्त कार्यक्रम पहिलो पटक आयोजना गरेको छ ।

दिदी-बहिनी समाज भिक्टोरिया जिलोङ शाखाको संयोजक रेनु लम्सालका अनुसार ११ जनाको लागि बुकिङ गरिएकोमा ३ जना आमाहरु नेपाल फर्किसक्नु भएकोले यो पटकको कार्यक्रममा ८ जना आमाहरु सहभागी हुनु भएको थियो ।

कार्यक्रममा भिक्टोरियन बहुसांस्कृतिक आयोगका सल्लाहकार एबं ग्रेटर जिलोङ नेप्लिज कम्युनिटिका GGNEC Lead Strategist and Practice Lead ज्ञानेन्द्र उप्रेतीको पनि उपस्थिति थियो ।

कार्यक्रममा सहभागी सबै आमाहरुले यसरी आफूहरुका लागि अस्ट्रेलिया जस्तो देशमा नि:शुल्क रुपमा यसरी यस्तो अबसर जुटाइदिएकोमा दिदी-बहिनी समाज भिक्टोरिया जिलोङ शाखाप्रति आभार प्रकट गरे ।

प्रतिक्रिया