नेपाली कांग्रेस संसदीय दलको नेतामा युवा नायकको आवश्यकता निर्विकल्प छ

इनेप्लिज २०७९ पुष ६ गते ०:३७ मा प्रकाशित

खगेन्द्र अधिकारी वासिंटन, डी. सी. । राष्ट्रियता, लोकतन्त्र, सुशासन, कानूनी राज, नागरिक सम्मान र सामाजिक स्थिरताका पक्षमा दृढतापूर्वक नेतृत्व गरेर देशको शासन प्रणालीलाई गति दिन गगन थापा जस्ता सक्षम युवा कांग्रेस, आजको दिनमा समय र जनताको माग हो।

गगन थापाका अनुसार नेपाली कांग्रेसको समुन्नत नेपाल र सम्मानित नेपाली बनाउॅंने अठोट दीर्घकालिन लक्ष्यमा रहेर मनन गर्दा सकारात्मक दृष्टिकोण भित्र परेको महसूस हुन्छ।यस उपयुक्त र उपलब्धिमुलक अनि उपयोगी धारणालाई हृदयंगम गर्दा आँफैमा अति नै संवेदनशीलता भएको ज़िम्मेवार पूर्ण सोच प्रष्ट हुन जान्छ ।

अहिले नेपालको मूख्य चुनौति भनेको मुलुकको शासन प्रणालीमा युवा नेतृत्व मार्फ़त अभिभावकीय भूमिकाको निर्वाह गरेर आवश्यकीय सुधार सहित सहि ब्यबस्थापन गरेर स्थिरता कायम गर्नु नै हो भन्ने बुझिए बाट यसलाई सफलतापूर्वक अवतरण गर्न देशको समुन्नत विकास गरेर देशभक्त जनतालाई उपलब्धिमुलक सेवा प्रदान गर्नलाई, नेपाली कांग्रेसको दल भित्र आवश्यकीय परिवर्तन गर्न जरुरी छ।

यो भनेको निकट भविष्यमा देशलाई कार्यकारिणी नेतृत्व दिनको लागि संसदीय दलको नेता चयनमा गगन थापा अर्थात् युवा प्रतिनिधि (नेता) छान्ने उपयुक्त समय नै हो भन्न कोसिस गरिएको हो।

उपरोक्त महत्वपूर्ण ज़िम्मेवारीलाई मध्यनजर गर्दै अगाड़ीको लामो यात्राको तदारुकतामा सबैले साथ दिनु सान्दर्भिक ठहरिन्छ।नेपाली कांग्रेसमा गगन थापा जस्ता युवा नायकको छनौट गर्नु समयको माग सहित निर्विवाद रुपमा विकल्पलाई निर्विकल्प बनाउनु सबै नवनिर्वाचित माननीय ज्यूहरुको बरारी हिस्सा सहितको दायित्व हो।

यो भनेको निकट भविष्यमा देशलाई कार्यकारिणी नेतृत्व दिनको लागि संसदीय दलको नेता चयनमा गगन थापा अर्थात् युवा प्रतिनिधि (नेता) छान्ने उपयुक्त समय नै हो भन्न कोसिस गरिएको हो।

अत: नेपाली कांग्रेस पार्टी संसदीय दलको नेता चयन गर्ने सच्चा अवसर र अग्नि परिक्षणको बेलामा सबै नवनिर्वाचित माननीय सांसद ज्यूहरुले आँफु समक्ष आएको यस ज़िम्मेदारी पूर्ण सुअवसरलाई उत्पादनमुलक ढंगले निर्वाह गर्दै आफ्नो एैकेबद्दताको भूमिकामा सकारात्मक हुँदै सक्रिय रुपमा अवलम्बन गर्नु पर्दछ भन्ने मेरो ठम्याई छ।

अन्तमा र सारांशमा भन्नु पर्दा, हालै सम्पन्न भएको आम निर्वाचनमा सार्वभौम जनमत नयाँ परिवर्तनको पक्षमा आएकोले त्सस सत्यतालाई सबैले महसुस गरेर अगाडीको यात्रा तय गर्नु जरुरी हुन्छ।

यसकारण सबैले परिवर्तन र युवा प्रतिनिधिको गगन थापाको पक्षमा रहनु होला भन्नेमा ढुक्क लागेको छ ।

देशमा उन्नतिको खाका कोर्ने देखि नेपाली कांग्रेस पार्टीको सुन्दर भविष्य निर्धारित गर्नका लागि पनि नयाँ परिवर्तनको पक्षमा संसदीय दलको निर्वाचनमा सबै माननीय सांसदहरुले सहभागी भै साच्चैको परिवर्तनको सन्दर्भमा युवा उमेद्वार गगन थापा को पक्षमा उभिएर भाग लिनु हुनेछ भन्ने बिस्वास सहित अनुरोध गर्दछु।

प्रमुख रुपमा तपाईहरु संसदीय दलभित्र पार्टीका आन्तरिक मतदाता मात्र नभएर सार्वभौम जनताबाट चुनिएर आएका जनप्रतिनिधि सांसदहरु हुनुहुन्छ, तपाईहरुले देशैभरको सार्वभौम जनमतको प्रतिनिधित्व गर्नुपर्छ र गर्नु नै हुनेछ। यसर्थ यसलाई यस प्रकारका मुल बिषयहरुमा मनन् गर्दै ईमानदार भएर यसलाई कदर पनि गर्न धेरै नै जरुरी ठहरिन्छ।

तपाईहरुलाई जनताबाट बिजयको समर्थन प्रकट भएको छ। यसलाई जनताको आकांक्षा अनुरूप बुझ्न अनिवार्य हुन्छ। सार्वभौम ताजा जनसमर्थनलाई ख्याल गर्नु तपाईहरुको परंकर्तब्य अबस्य नै, हुन्छ नै।

तपाईहरुलाई जनताबाट बिजयको समर्थन प्रकट भएको छ। यसलाई जनताको आकांक्षा अनुरूप बुझ्न अनिवार्य हुन्छ।

मुल रुपमै नेपाली कांग्रेससँग जनताका अपेक्षाहरु प्रमुख र बिशेष रुपमा जोडिएका हुनाले सुखद सुशासन र दर्बिलो परिणामका लागि अब हुने संसदीय दलको निर्वाचन मतदान प्रक्रियामा तपाईहरुको समर्थन पनि यसै मुताबिक़ युवा उमेद्वार गगन थापा प्रति हुनु जनपक्षिय साथै जनोपयोगी हुनेछ ।

मुलत: सरकार सञ्चालन प्रक्रियामा ज़िम्मेवार हुँदा कांग्रेसले जनताका लागि गर्ने कामहरु देखाउने मात्र नभै ति कामहरु साच्चै नै जनोपयोगी हुनु आवश्यक छ।आजका दिनमा यि कुराहरु युवा प्रतिनिधि बाट मात्र संभव छ।

यसकारण सबैले परिवर्तन र युवा प्रतिनिधिको गगन थापाको पक्षमा रहनु होला भन्नेमा ढुक्क लागेको छ । देश, जनता एवं कांग्रेस पार्टीको सुन्दर भविष्यका लागि विचार र बिबेक पूर्वक मत समर्थन गर्नु होला।

आउने दिनहरुमा विगतको भन्दा पृथक ढंगबाट सरकार चलाउन नसके आम मानिसमा राजनीतिक दलहरुका बारेमा वितृष्णा उत्पन्न भएर दलहरु प्रति भरोसा समाप्त हुँदै उनिहरु प्रतिको आस्था समेत सकिने स्पष्ट छ।

उपरोक्त महत्वपूर्ण परिस्थितिहरुलाई नज़रअन्दाज़ नगरी यसलाई महसूस र बिशेष रुपमा ख़्याल गरेर जनताको मर्मविरुद्ध जान नहुने तर्कसंगत तथा यथोचित भनाईलाई बुझि दिन सम्मान सहित माननीय सांसद ज्यूहरु सहित सम्बंधित सबैमा आग्रह गर्दछु।

आगे तपाईहरुको बिस्वास र ईच्छा हो भन्दै, मेरो ब्यक्तिगत धारणा संप्रेषण गरेकोछु।

धन्यवाद!!

भवदीय,

खगेन्द्र अधिकारी
वासिंटन, डी.सी.
संयुक्त राज्य अमेरिका

प्रतिक्रिया