यहाँ दुनिया आफ्नै स्वार्थमा रमाएको छ
मन देखि माया गर्ने मान्छे पाउन गाह्रो छ
इन्द्रेणिको सातै रंग प्यार माग्दै हिडछन
जुन तारा सबै धर्तिबाट देखिन्छन
हृदयलाई साथि राखि तिम्रो छेउमा पुग्न गाह्रो छ
मनले चाहेको माया पाउन गाह्रो छ
तिमिलाई आफ्नो सम्झि अंगाल्न खोजेको हुन्छु
लज्जाएर तिमि भागेर जान्छौ अनेक कल्पना गर्छु
तिमि आयौ भेट गर्यौ प्यार गर्छौ भन्न गाह्रो छ
मन देखि माया गर्ने मान्छे पाउन गाह्रो छ
यहाँ दुनिया आफ्नै स्वार्थमा रमाएको छ
मन देखि माया गर्ने मान्छे पाउन गाह्रो छ
गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी
प्रतिक्रिया