दीपक पन्त । नेपाली राजनीतिको रंगमंचमा यूवा नेतृत्वको कुरा गर्दा चिर परिचित नाम हो , गगन थापा ।
उनै थापा हालै सम्पन्न भएको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ४ बाट नेपाली काँग्रेस पार्टीको उम्मेदवार भइ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
थापाले आफ्नो निर्वाचनमा प्रचार प्रसार कै क्रममा आफू अब देशको ड्राइभिंग सिटमा बस्न आकांक्षी भएको र देश बिकासको आमुल बिगुल फुक्न हतार रहेको जानकारी गराउदै भोट अपिल गरेका थिए ।
त्यसो त २०७४ सालको संसदीय निर्वाचन पछि गठन भएको केपी ओलीको नेतृत्वको तत्कालिन नेकपाको झन्डै दुइ तिहाइको सरकारको राप / तापका बीच सानो आकारमा खुम्चेको काँग्रेसको आवाज संसद भित्र प्रतिपक्षको बुलन्दरुपले गुन्जाइ राख्ने यूवा सांसद थिए गगन थापा ।
उक्त समयमा थापाले एक प्रतिपक्ष पार्टीको संसदमा खेलेको भूमिका , उनको अभिव्यक्तिको शैलीले यूवा कांग्रेसीहरुहौसिएका थिए । बाम एकताको राप उन्माद दन्कदै गर्दा संसदमा बिपक्षी नेपाली काँग्रेस भन्ने पार्टी पनि छ भन्नेआभाष दिलाउनेमा बिषेशत गगन थापा र डा. मिनेद्र रिजाल नै थिए ।
बिषेशत: तत्कालिन प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ति प्रति थापाले बुँदा गत रुपमा खरो टिप्पणी गरि रहे । सो समयमा ओली -थापाको जुहारीले राजनीति वृतमा गगन चर्चामा रही रहे ।
बिषेशत: तत्कालिन प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ति प्रति थापाले बुँदा गत रुपमा खरो टिप्पणी गरि रहे । सो समयमा ओली -थापाको जुहारीले राजनीति वृतमा गगन चर्चामा रही रहे ।
सामाजिक संजाल देखि काँग्रेसी यूवा पुस्ता गगन प्रति आशाबादी हुन पुगे । गगनको चर्चा र प्रसंशा दिनहुँ सामाजिकमिडिया तथा नेपाली मिडियामा देखा पर्न थाल्यो । ओलीको संसद बिघटनमा समेत संविधान मिचेको ब्याख्य गर्दैसडक संघर्षमा देखिएका थापा, अदालतले संसद पुनस्थापना देखि परमादेश दिदै नयाँ नेतृत्वको सरकार बनाउनेआदेशले उनको राजनैतिक उचाई बढाई दियो । भलै गठबन्धन देउवा नेतृत्व सरकारमा उनि मन्त्री मण्डलमा समेटिन सकेनन् ।
एमसीसी प्रकरणमा जन अपेक्षा बिपरित खरो रुपमा एमसीसी पक्षपोषण थापाले गरेका थिए । जनमत विभाजनकै अबस्थामा अन्तत: सबै पार्टीले मौन स्वीकृति गर्दै एमसीसी संसदबाट पास गरे पछि यस प्रकरणमा पनि राजनीतिकरुपमा उनको एजेन्डाले जितेको थियो । भलै एमसीसीका आयामहरु भविष्यले निर्धारण गर्ला तर गगनले अन्य दलहरुले जस्तो द्वैध चरित्र देखाएनन् ।
यसरी बिभिन्न काल खण्डमा राजनीतिको उचाइको उभार नाप्दै आएका थापा ,काँग्रेसको १४ औं महाधिबेशन सम्मआँउदा पुस्तान्तरको मुद्दालाई प्रमुख एजेन्डा बनाए । सो अनुरुप पार्टी सभापति देउवाको बिकल्पमा डा. शेखरकोइरालाको समुह बनाए । पहिलो पुस्ताले अब बिश्राम लिनु पर्ने र देश, पार्टी सुधारका लागि नेपाली कांग्रेस भित्रपुस्तान्तर हुनु पर्ने कुरा जोडदारले उठाए । प्रारम्भिक प्रतिस्पर्धामा कांग्रेसका अन्य नेता गणेशमान पुत्र प्रकाशमान , निधि पुत्र बिमलेन्द्र , बरिष्ट नेता पौडेल लगाएत सबै दोस्रो तहका नेताहरुले पुस्तान्तरणको बिकल्प नभएको बताएपनि राजनैतिक सौदाबाजिका बीच यी समुह वा व्यक्तिहरु एकै रातमा “यु टर्न” भएका थिए । फल स्वरुप देउवाकोबिरासत जोगिएको थियो । तै पनि पुस्तान्तरणको मुद्दा बोकेका गगन र बिस्वप्रकाश जस्ता यूवा नेताहरु पार्टीकामाथिल्लो निकाय महा -मन्त्रीमा निर्वाचित भए ।
तैपनि पार्टी कार्य समितिमा देउवा पक्षधरको बहुमतले देउवा दरवारको जग अझै बलियो देखिएको छ ।
पार्टीको आन्तरिक प्रतिस्पर्धाले दिएको नतिजाले देउवाको एकल विरासतमा प्रश्न त त्यहिँ समयमै उठेको हो । तैपनि पार्टी कार्य समितिमा देउवा पक्षधरको बहुमतले देउवा दरवारको जग अझै बलियो देखिएको छ ।
समय सँगै आफ्नो चुलिएको राजनीतिक उचाइलाई “क्यास” गर्न थापा , अब बन्ने सरकारको नेतृत्व गर्ने दावा पेशगरिरहेका छन् ।
त्यसो त थापाको कार्यकारी बन्ने सपना महाभारत कालिन युद्दमा चक्रब्युहमा फसेका प्रखर युवा योद्दा अभिमन्यु जस्तैअबसान हुने हो वा श्रीरामको लंका विजय जस्तै विजय पथमा पुग्ने हो ? हेर्न बाँकी नै छ ।
सरसर्ती बाहिरबाट हेर्दा अभिमंयुलाई चक्रब्युह तोडेमा हामी साथ दिन्छौ भन्ने बलबान भीमसेन देखि नकुल सम्मका योद्दाहरु चक्रब्युह भित्र छिर्नै सकेनन् । चक्रब्युह भित्र पहिल्यै रहेका सात महारथीहरु ,दोर्णाचार्य , कर्ण ,अशोश्थामा , दुर्योधन , सकुनी , दुशासन , क्रिपाचार्यहरुले महारथी युवा योद्दा अभिमन्युको हत्या गरे ।
अहिलेको अवस्था पनि तेस्तै देखिन्छ ।नेपाली राजनीतिको चक्रब्युह भित्र परिबर्तनका आशा पालेका नेपाली जनतापुग्नै सक्दैनन् । अनि महाभारत कालिन ७ महारथी जस्तैबाट थापाको नेतृत्व चुम्ने सपना हत्या हुन सक्ने सम्भावना बलियो देखिन्छ ।
जसरी जयद्रर्थ जस्तो दुर्योधन समुहको योद्दा चक्र्ब्युह्को मुखमा बसी कोही कसैलाई चक्रब्युह भित्रछिर्न दिएन । त्यसरी नै देउवाका बफादार सेनाहरुले थापा जस्तो युवा पिढिलाइ नेतृत्वको बागडोर समात्न किमार्थ जानदिने छैनन्।
त्यस माथि पनि एक मात्र युवा नेता तथा कांग्रेस महामन्त्री बिस्वप्रकाश शर्माले मात्र गगनको सपनामा साथ दिने आबाज उठाएका छन् ।
महाधिबेशन ताका पुस्तान्तरणको सुगा रगट्ने पार्टी उपाध्यक्ष धनराज देखि चन्द्र भण्डारी सम्मको कुनै अभिव्यक्ति आएको देखिदैन । पार्टीको दोस्रो उमेर समुहका नेता गणहरु पूर्ण बहादुर खड्का देखि सशाङ्क , बिमलेन्द्र देखिसिटौला ,प्रकाशमान ,रामचन्द्र देखि शेखर सम्म कसैको खुल्ला साथ दिएको देखिदैन । शेखर बाहेका अरु नेता त किआफू हुनु पर्ने नभए देउवाको बिकल्प नभएको बकालत गर्दै हिडी सकेका छन् ।
अर्को तर्फ भर्खरै प्राप्त चुनाबी परिणाम हेर्दा गठबन्धन सरकारवाट प्राप्त चुनाबी नतिजामा कांग्रेस ठुलो पार्टी बने पनि काँग्रेसको नैतिक साख गिर्दो छ । यसले ल्याएको संसद संख्या अंकमा काँग्रेसको रहे पनि नैतिक रुपमा त्यसको शेयरका लागि गठबन्धन दलहरुले पनि औला उठाउनेछन् । काँग्रेस एक्लैको बहुमत छैन् । अन्य गठबन्धन दलका अन्यनेताहरु उहिँ पुराना पुस्ताका नेता प्रचण्ड, नेता नेपाल, नेता ठाकुर नै नेतृत्वको दावामा देखिन्छन् । अत: यो अबस्थामामिलाउने/ मिल्ने वा मिलाउन जानेको देउवा वा आफैँ नेतृत्व मात्र स्विकार्ने अवस्था सहयात्री गठबन्धन दलको छ ।
देशी बिदेशी शक्ति केन्द्रहरु पनि पुरानै खोपीमा सगुन दिन / लिन लालायित देखिन्छन् । यसै साता छिमेकी मित्र राष्ट्रभारत लगायत अन्य देशका राजदुतहरुको बाक्लिएको राजनैतिक भेटघाटले गगनले चक्रब्युह् तोड्न सक्ने सम्भावनानिकै कम देखिन्छ ।
हुन् त नेपाली काँग्रेस भित्र त्याग , पुस्तान्तरण हुँदै नभएको पनि होइन । सुबर्ण सम्शॆरको त्याग, गणेशमानको त्याग , कृष्ण प्रसाद,शुशिल कोइरालाको सादगी जीवन , झन्डै गगनकै उमेरमा गिरिजाले शेरबहादुरलाई संसदीय दलमा नेताहुन् अघि बढाएकै हुन् ।
हुन् त नेपाली काँग्रेस भित्र त्याग , पुस्तान्तरण हुँदै नभएको पनि होइन । सुबर्ण सम्शॆरको त्याग, गणेशमानको त्याग , कृष्ण प्रसाद,शुशिल कोइरालाको सादगी जीवन , झन्डै गगनकै उमेरमा गिरिजाले शेरबहादुरलाई संसदीय दलमा नेताहुन् अघि बढाएकै हुन् ।
तर बर्तमान परिबेशमा काँग्रेस सभापति शेर बहादुर देउवाले जन आकाँक्षा अनुरुप पुस्तान्तरण मुद्दामा इट्टा थप्ने दिशातर्फ उन्मुख हुने कुरामा प्रशस्त शंका गर्न सकिन्छ । तसर्थ पुस्तान्तरण तर्फ उनको कदम बढ्ने कुरा निकै टाढाको बिषय हो । यदि त्यता तर्फ पार्टी सभापतिको ध्यान गयो भने पनि द्वारपाल बसेका जयद्ररथहरुको टाउको पक्कै दुख्नेछ ।त्यसो त ज्योतिषीको सातौँ पटकको भबिश्यबाणी साकार पार्न छोडेर नयाँ यूवालाई बाटो छोड्ने कुरा देउवा आफैकोलागि पनि त्यति सजिलो नहोला ।
नेतृत्वकै वरिपरि घुमेर गणेश प्रवृतिमा सुमेरु पर्वत घुमेको प्रमाणीक गराई प्रथम पूजा योग्य भएका लम्बोदरहरु नै टिकट पाएका वा समानुपातिकमा सिफारिस भएका संसदहरुले नयाँ संसदलीय नेता छान्न ऊ , के कति स्वतन्त्र रहनेकुरा बिस्वास गर्न सकिदैन् । अत: काँग्रेस सभापति देउवाले नयाँ उत्तराधिकारी नखोज्दा सम्म पुन: पुस्तान्तरनको मुद्दा अभिमन्यू बध जस्तै अन्याय पूर्ण समाधिमा थन्कने कुरा सहजै आंकलन गर्न सकिन्छ ।
दीपक पन्त
मिल्वाकी , अमेरिका
प्रतिक्रिया