अमेरिकन कर्नर ईलाममा “सुश्री पारिजात” पुस्तक चर्चा

इनेप्लिज २०७९ पुष १ गते २:४२ मा प्रकाशित

२८ मंसिर ईलाम

आफ्नो नविनतम जीवनी पुस्तक प्रकाशन तथा २२ गते विमोचनपथि गत २६ गते चितवनको नारायणघाटबाट किताब यात्रा शुरू गर्नुभएका बहुभाषाका लेखक गोविन्द गिरी प्रेरणाको पुस्तक चर्चा कार्यक्रम ईलाममा सम्पन्न भएको छ ।

ईलाममा उद्योग वाणिज्य संघको भवनमा अवस्थित अमेरिकन कर्नरमा उद्योग वाणिज्य संघ अमेरिकी कर्नरद्वारा आयोजित कार्यक्रममाकवि विमल वैद्यले लेखक गोविन्द गिरी प्रेरणाको चिनारी गराउनु हुंदै तीसको दशकको समर्थ लेखकवाट महत्वपूर्ण कृति आएको वताउनुभयो ।

कार्क्रममा लेखक प्रेरणाले आंफ्नो लेखन यात्राको विषयमा तथा “ सुश्री पारिजात” लेखनका क्रमका अनुभव र अनुभूतिहरू सुनाउनुभएको थियो ।

प्रमुख अतिथि ईलाम क्षेत्र नं १ का संघिय सांसद महेश बस्नेतले लेखक प्रेरणासंगको आफ्नो चिनारी चालिसको दशकमा भएको वताउंदैगहकिलो पुस्तक प्रकाशनका लागि बधाई दिनु भयो ।

कार्यक्रममा विशिष्ट अतिथि युध्दप्रसाद वैद्य, इलाम नगर प्रमुख केदार थापा तथा कार्यक्रमका अध्यक्ष अध्यक्ष उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वर चिपालुले शुभकामना मन्तव्यतथा अध्यक्षिय मन्तवव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा प्रकाश थाम्सोहांग, प्राज्ञ कोमल निरौला, जयनारायण भट्टराई, तुलाराम पुरी, दीपक लुंगेली, धर्म गौतम लगायतले विविधसीहित्यिक जिज्ञासा राख्नु भएको थियो र लेखक प्रेरणाले जवाफ दिनु भएको थियो ।

प्रतिक्रिया