प्रेरणाको “सुश्री पारिजात किताव-यात्रा” को दोश्रो कार्यक्रम हेटौंडामा सम्पन्न 

इनेप्लिज २०७९ मंसिर २७ गते २३:०३ मा प्रकाशित

२७ मंसिर भरतपुर

चितवनवाट शुरू भएको हालै प्रकाशनमा आएको र साहित्यिक जगतमा चासो र चर्चामा रहेको “सुश्री पारिजात” कृतिको कितावयात्राको दोश्रो कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ ।

साहित्य संगम मकवानपुरको आयोजनामा हेटौंडा बजारको खोपे गल्लीस्थित होटल आशिर्वादको सभाकक्षमी आयोजित सो कार्यक्रममा कवि तथा समालोचक निमेश निखिलले हेटौंडेली साहित्यकार प्रेरणाको यो महत्वपूर्ण कृति भएको वताउंदै यो कृति पारिजातकोजीवनको समग्र अध्ययन गर्न चाहने सबैका लागि जरूरी ग्रन्थ भएको बताए । साहित्यकार गोविन्द गिरी प्रेरणाले किताव लेखनको क्रममा आफूले अनुभव गरेका विविध प्रसंगहरू वताएका थिए ।

कार्यक्रममा उपस्थित केही पाठकले पारिजातको जन्ममितिको वारेमा तथा अन्य जिज्ञासा राखेका थिए र लेखक प्रेरणाले उत्तर दिएकाथिए ।

किताब यात्राको तेश्रो कार्यक्रम २८ गते ईटहरीमा सम्पन्न हुनेछ, त्यसका लागि प्रेरणा ईटहरी तर्फ प्रस्थान गरेका छन् ।

प्रतिक्रिया