मेरिल्याण्डको इन्धन चौकीमा महिला कामदारलाई गोली हानी हत्या गरेको अभियोगमा संदिग्ध प्रकाउ ,गर्भवती महिलाको समेत हत्याको आरोप

इनेप्लिज २०७९ मंसिर २७ गते १२:१८ मा प्रकाशित

मेरिल्याण्डको इन्धन चौकी(ग्यास स्टेसन )मा एक महिला कामदारलाई गत हप्ता गोली हानी हत्या गरेको अभियोगमा एक संदिग्ध पक्राउ परेका छन् । उनले थप दुईवटा प्रथम श्रेणीको हत्याको आरोपको सामना गर्नु परेको एनबिसीवाशिंगटनले जनाएको छ ।

प्रहरीका अनुसार मोन्टगोमेरी काउन्टीमा ग्यास स्टेशन क्लर्क(इन्ध चौकीकी सहायक कर्मचारी )को हत्या गरेको आरोपमा खेपी रहेका संदिग्धले नयाँ आरोपहरूको सामना गरिरहेको जनाएका छन् । अभियोजनकर्ताहरूले गोली हानिएपछि आफ्नो आवास गृहमा भेटिएकी गर्भवती महिलाको मृत्युको लागि संदिग्ध टोरी मूर पनि जिम्मेवार रहेको बताएका छन्।

अभियोजकहरूले टोरी मूरलाई उनको ह्वाइटओक आवास गृह (अपार्टमेन्ट)मा फेला परेको गर्भवती महिलाको मृत्युको आरोप लगाएका छन् । उनलाई गर्भमा रहेको बच्चाको मृत्यु समेत भएकोले प्रहरीले आरोप लगाएको छ ।

ती महिला २६ वर्षकी थिइन् भने र ८ महिनाकी गर्भवती रहेको अभियोजनकर्ताहरुले बताएका छन् । अधिकारीहरूले अहिलेसम्म उनको नाम सार्वजनिक गरेका छैनन्।

मोन्टगोमेरी काउन्टी राज्यका अधिवक्ता जोन म्याकार्थीले महिलालाई धेरै बन्दुकको गोली लागेर उनको मृत्यु भएको बताएका छन् । प्रहरीका अनुसार मुरको क्लर्क मृतक आयलेव वोन्डिमुसँग विवाद भएको थियो र उनलाई धेरै पटक गोली हानिएको थियो।

प्रतिक्रिया