“सुश्री पारिजात किताव-यात्रा” चितवनमा  सम्पन्न

इनेप्लिज २०७९ मंसिर २७ गते १०:४० मा प्रकाशित

२६ मंसिर भरतपुर

हालै प्रकाशनमा आएको र साहित्यिक जगतमा चासो र चर्चामा रहेको “सुश्री पारिजात” कृतिको किताव यात्रा शुरू भएको छ ।

किताव यात्राको शुरूवातको क्रममा साहित्यकार गोविन्द गिरी प्रेरणाले चितवन नारायणघाटमा अवस्थित सम्पूर्ण किताव नारायणघाटमाभेटघाट तथा अन्तर्कृया गरेका छन् ।

सम्पूर्ण कितावका तर्फबाट आयोजित सो समारोहमा आयोजकको तर्फवाट लेखराम सापकोटाले आगन्तुकहरूलाई स्वागत गरेका थिए ।त्यसपछि भूपिन व्याकुलले संक्षिप्त मन्तव्य दिएका थिए लेखक र कृतिको वारेमा भने डिआर पोखरेलले गहन मन्तब्य प्रस्तुत गर्दै आफूलेथाहा नपाएका धेरै कुरा पुस्तक पढेर जानकारी प्राप्त भएको बताए । लेखक गोविन्द गिरी प्रेरणाले पारिजातको जीवनका विविध पाटालेआकर्षित भएर तथा एक समर्थ साहित्यकार भएकोले जीवनी वेख्न प्रेरित भएको वताए ।

कार्यक्रममा उपस्थित प्राय सबैले केही जिज्ञासा राखेका थिए र लेखक प्रेरणाले उत्तर दिएका थिए ।

कार्यक्रम करिव २ घण्टा चलेको थियो ।

सुश्री पारिजात किताव यात्रा २७ गते ४ बजे हेटौंडा बजारको खोपे गल्लीस्थित होटल अमरावतीमा हुने भएको छ ।

प्रतिक्रिया