अमेरिकामा टिकटक कविता र गजल प्रतियोगिता सम्पन्न

इनेप्लिज २०७९ मंसिर २७ गते २:२५ मा प्रकाशित

हरिमोति साहित्य समाजद्वारा अमेरिकाबाट टिकटक टेक्नोलोजीको माध्यमबाट चलाइएको कविता एवं गजल प्रतियोगिताको कार्यक्रम हालै सम्पन्न भएको छ ।

पांचौ चरणमा संचालन भएको सो कविता र गजल प्रतियोगितामा प्रथम पुरस्कार भक्तबहादुर ठकुरी, द्वितीय हरि कंडेल, तृतीय भावना लामिछाने र चौथो जीवन राईले पाउनु भएको थियो ।

कार्यक्रमका परिकल्पनाकार एवं प्रायोजक हरिप्रसाद अर्याल (मुटुको टुक्रा) हुनुहुन्थ्यो भने कार्यक्रम प्रस्तोता
कवि गजलकार गण्डकीपुत्र हुनुहुन्थ्यो ।

टिकटकबाट लाइभ गरिएको यस कार्यक्रमको निर्णायकहरुमा लेखक तथा साहित्यकारहरु शिव त्रिपाठी, गीता अधिकारी “जून” र दुर्गा क्षेत्री रहनु भएको थियो ।

प्रथम, द्वितीय, तृतीय र चौथो हुनेहरुलाई क्रमशः रु. २५ हजार, रु १५ हजार, रु १० हजार र रु ७ हजार ५ सय पाउनेहरुलाई सर्टिफिकेट दिइएको थियो । यस्तै सान्त्वना पुरस्कार पाउनुहुनेहरुलाई जनही ५ हजार दिइएको थियो ।

सान्त्वना पुरस्कार पाउनु हुनेहरुमा भीमा खतिवडा, कल्पना भुषाल, निर्मला थपलिया, सत्यराज जोशी, प्रज्ञा खड्‌का, रोमा लम्साल र रेणुका पौडेल हुनुहुन्थ्यो ।

उत्कृष्ट टिकटक भिडियो पुरस्कार भीमा खतिवडाले, उत्कृष्ट अनुसासन पुरस्कार प्रतिमा रिजालले, उत्कृष्ट प्रस्तुति पुरस्कार सत्यराज जोशीले र उत्कृष्ट सम्मान पुरस्कार शान्तिअधिकारी र नानीमाया सुनुवारले संयुक्त रुपमा पाउनु भएको थियो ।

प्रतिक्रिया