युवाहरूलाई बाई बाई नेपाल भन्नबाट रोकौ

इनेप्लिज २०७९ मंसिर २५ गते २३:०४ मा प्रकाशित

केही बस्तुहरु प्रति गरीने प्रेमभाव त्यतिवेला बढी प्रकट हुन्छ जब त्यो बस्तु हराउछ या आफुबाट टाढा हुन्छ । जे पाउन सकिदैन वा परिस्थितिले टाढा बनाउछ त्यसको मॉया बढी नै लाग्छ भनौ आफुलाई भन्दा बेसी । बिदेशको बसॉई हुनेहरुका लागी त स्वदेशको यात्रा पछीको बिछोडको क्षण थामीनसक्नुको भारी हुन्छ ।

बिदेशको बसॉई हुनेहरुका लागी त स्वदेशको यात्रा पछीको बिछोडको क्षण थामीनसक्नुको भारी हुन्छ ।

सम्पूर्ण परिवारजन, ईष्ट मित्र, मान्यजन र साथिहरु जस्ले ह्रदयदेखीकै माया भाव र स्नेह प्रदान गरि बसाईलाई आनन्ददायक तुल्याई दिनुहुन्छ। सबै प्रति हार्दिक नमन भन्न मात्र सक्छौ । चाहॉदा चाहदै पनि कति स्नेही मनहरु सँग भलाकुसारी गर्न सकिदैन र नसकेकोमा क्षमा माग्दै अबका यात्राहरूमा पुरा गर्ने बाचा गर्दै “वाई वाई नेपाल “ भनिन्छ। यसो भन्न थालेको पनि धेरै बर्ष भै सकेछ।

थाकेहोलान मेरा आफन्तका मनहरु जसरी म थकीत भएको छु। रीत्तीए होला मेरीआमाका ऑशुहरू जसरी हीमनदीहरु सुक्दै छन। हुन पनि किन नहोस केही बर्ष बिचार गरौ भन्दै विदेशीएको यात्री बिभिन्न किसीमका परिस्थितिले गर्दा चाहेर पनि स्वदेशमा मनको धोको पुग्ने गरी बस्ने समय निकाल्न सक्दैन । कहिलेकाही त स्मृतिहरु बगीरहेको डुगां जस्तै होस भन्ने लाग्छ तर अमिट छाप रहेकोले त्यसो हुदैन र सहन गाह्रो हुन्छ । कयौ मनहरुलाई यस्तै लाग्दो होला र त विचराहरु अकल्पनीय घटना घटाउन पुग्छन।

उसो त विश्वकै उत्कृष्ट मुलुक अमेरिकाको बसाई चानचुने छदैछैन ॥ हरेक कोणबाट भरीपुर्ण छ तथापी केही नभएको जस्तो सबैले महसूस गरेको पाईन्छ । रितिरिवाज चालचलन उही हुन्छ । सांस्कृतिक कार्यक्रमहरु लगातार भईनै रहन्छ भनौ अझै बेशी नै हुन्छ तर के पुग्दैन पुग्दैन तरकारीमा नुन नपुगेको जस्तो मौलिकता नै पाईदैन ।माटोको गन्ध, हजुर बुबाहरुका गफ हजुरआमाहरुका कथा अनि आमा बा हरुका हॉसो नै पाईदैन । बनाबटी नातामा उस्तै प्रकारको हॉसो र खुशीहरुले काउकुति मात्र लाग्ने गर्दछ । नेपालको राजनीतिक अवस्था र नेताहरुको सोचले लाखौ नवयुवाहरुमा नकारात्मक सोचमात्र ल्याएको छ परिणामस्वरूप विदेशीन वाध्य भएका छन। विचरा तिनलाई थाहाछैन भौतिक सुख मात्र सबैथोक होईन भनेर ।

बनाबटी नातामा उस्तै प्रकारको हॉसो र खुशीहरुले काउकुति मात्र लाग्ने गर्दछ ।

यो सबको जिम्मा लिन कोही अगाडी आउदैन । पिण्ड खानेबेलाका हजुरबाहरुले नातिहरुका रगत पिईरहेको भान पर्न लागीरहेको छ । ५० डिग्री सेन्टीग्रेडको तापमा चुहाएको पसीनालाई मिनरल वाटर भनि पिईरहेका छन्। एउटा हनोहार युवा जस्ले बाल्यकाल देखी नै राजनीतिमा लागेर महत्वपूर्ण ज़िम्मेवारीहरु पनि कुशलता पुर्वक सम्पन्न गरेपछी अब म जिम्मालिन्छु र देशको यो अबस्थालाई परिवर्तन मेरै पालामा गर्छु भन्दै आउदा ह्रदयदेखी नै स्वागत नगरेर कुर्चीको मोहलाई अझछताछुल्ल पारी सत्ता, शक्ति र क़ानूनको दुरुपयोग गरी सत्तालिप्सामा व्यस्त रहेकोले यो राजनीतिक नेतृत्व नै आजको नेपाल विकासको बाधक हो भन्ने पारेको छ ।

सबैले आ-आफ्नो ठॉउबाट आवाज उठॉउनु होला।

ब्यवस्थालाई जोगाई राख्न र जनताको अबस्थालाई परिवर्तन गर्नका खातिर फेरी एक पटक जनताले दिएको मौकालाई युवाहरुलाई साथदिएर हदै सम्मको उपयोग गरौ।

अन्यथा रामराम भन्न सकिन्छ तर कॉध थाप्न सकीदैन। मेरो अपिल नितान्त हाम्रा युबाहरूलाई विदेशमा हैन स्वदेशमा नै बस्न सक्ने बातावरण बनाउनको लागी जनमतको कदर गर्दै युवाहरुलाई नेतृत्वमा पुर्याउ भन्ने हो ॥ सबैले आ-आफ्नो ठॉउबाट आवाज उठॉउनु होला।

बिष्णु बराल
बाल्टीमोर अमेरिका
संयोजक
एजुकेशन एण्ड स्कील डेप्लोमेट कमीटी एनआरएनए एनसीसी यु एस ए

प्रतिक्रिया