अनेसास बिओटी निर्वाचन समितिको ध्यानाकर्षण!

इनेप्लिज २०७९ मंसिर २३ गते २:१२ मा प्रकाशित

अहिले अनेसास बिओटीको निर्वाचनको प्रक्रिया अगाडि बढिरहेको यहांहरु सवैमा विदितै छ । यस सन्दर्भमा आसन्न बिओटी निर्वाचनलाई असर पार्ने गरी अर्थात संस्थाको छवि धमिलिने गरी आचारसंहिता विपरित सदस्य र उम्मेदवारहरुमा आरोप प्रत्यारोप गर्ने गराउने काम भैरहेकोप्रति निर्वाचन समितिको ध्यानाकर्षण भएको छ । निर्वाचन समिति यथेष्ठ आधार प्रमाण विना आचारसंहिता वाहिर गएर हुने कुनैपनि क्रियाकलाप तुरुन्त रोक्न सबैमा आग्रह गर्दछ।

कुनै कसैप्रति कसैलाई चित्त नबुझेमा विधान बमोजिम कारवाहीका लागि आधार प्रमाण सहित सम्बन्धित निकायमा पेश गर्न सकिने छ। कसै उपर आधार प्रमाण बेगरको आरोप मात्रै लगाउदै गर्दा आरोप प्रमाणित नभएमा स्वयं आरोप लगाउने पक्ष पनि कारवाहीको लागि योग्य ठहरिन सक्ने तथ्यतर्फ पनि ध्यानाकर्षण गराइन्छ।

निर्वाचन सबै समस्याको समाधान होइन, यो त समय समयमा संस्थामा चलिरहने प्रक्रिया मात्र हो । निर्वाचनको यो महत्वपूर्ण समयमा सवै कुरा निर्वाचनसंग जोडेर गरिनु कीमार्थ सान्दर्भिक हुंदैन र विधान एवं विवेकसम्मत पनि ठहर्दैन ।

निर्वाचन प्रक्रिया शुरुभैसके पछि स्वतःस्फूर्त चलिरहेको निर्वाचन प्रक्रियालाई नकारात्मक असर पर्ने गरी बिना प्रमाण संस्था वा सदस्य र उम्मेदवारको छवि धमिल्याउने क्रियाकलाप गर्ने अधिकार कसैलाई पनि हुंदैन र संस्थाभन्दा माथि कुनै पनि ब्यक्ति हुंदैन भन्ने कुरामा निर्वाचन समिति विश्वास राख्दछ ।

कसैकोबारेमा सार्वजनिक ठाउंमा कुनै पनि सिकायत गर्दा कानूनीरूपले पुष्टि हुने आधार प्रमाण छन भने संस्थाको सम्बन्धित कानूनी वा सांगठनिक निकायमा गएर निरूपण गर्ने अधिकार सबैलाई छ र यहांहरुले सोही प्रक्रिया अपनाउनु हुनेछ भन्ने निर्वाचन समितिको अपेक्षा छ।

साहित्यिक संस्थाका यहांहरु बुद्धिजीवि बिओटी सदस्यज्यूहरू यस पवित्र निर्वाचन प्रक्रियामा आ-आफ्नो मर्यादा र आचारसंहिताको दायरामा रही शिष्ट सभ्य प्रचार प्रसार गरी निर्वाचनमा सहभागी हुनुहुनेछ भन्ने अपेक्षा पनि निर्वाचन समितिले लिएको छ । साथै यहांहरु सवैलाई यो निर्वाचन प्रक्रियामा सहभागी भई आआफ्नो स्थानबाट सहयोग गरिदिनु भएकोमा हार्दिक धन्यबाद दिन चाह्न्छौं ।

भवदीय,
अनेसास बिओटी निर्वाचन समिति।

प्रतिक्रिया