फिल्म “ब्ल्याक प्यान्थर”

नवीन रायमाझी २०७९ मंसिर २३ गते ०:०० मा प्रकाशित

एमसीयू (मार्वल सिनेमैटिक यूनिवर्स) को गत महिना रिलिज भएको सिनेमा “ब्ल्याक प्यान्थर: वकान्डा फरेभर” यो बिषयले महत्वपूर्ण छ कि यो भन्दा पहिले को “ब्ल्याक प्यान्थर” सिनेमा हरुमा नायक को भूमिका मा अभिनय गर्ने अभिनेता चेड्विक बोसम्यान लाई श्रदान्जली दीइएको छ। बोसम्यान को २८ अगस्त २०२० को दिन क्यान्सर रोग को कारण निधन भएको थियो। सिनेमा निर्माण कम्पनी ले यो सिनेमामा अरु कलाकारको स्थानमा उनको निधन भएको देखाएका छन्, यो कुनै पनि कलाकार हरुको लागि गर्ब को बिषय हो।

सिनेमा को कथा अनुसार वकान्डा को राजा टी चाला (चेड्विक बोसम्यान) एउटा गम्भीर बिरामी सँग लडिरहेका छन्। राजा को बैनी सुरी (लेटिटिया राइट) र आमा क्वीन रमान्डा (एन्जेला बेसेट) ले राजा लाई रोग बाट बचाउने सबै कोशिस गर्दा पनि सफल हुन् सक्दैनन्। पछिल्लो सिनेमामा टी चालाको काकाको छोराले वाइब्रेनियम नामको जडिबुटी आगो लगाएर खत्तम गरिदिएको थियो तर टी चालाले यस्तो जडिबुटी सबैलाई बाड्ने बचन दिएको कारण सुरी ले एउटा प्रतिभाशाली बिधार्थी रिरी (डोमेनिक थर्न) को सहयोग मा त्यो जडिबुटी कता छ भन्ने पत्ता लगाउन तल्लिन छिन। यसैबीच सुरी को सबै समुह लाई कुनै अज्ञात समुहले मारिदिन्छ। उता समुन्द्र मा बस्ने अर्कै प्राणी को नेता नेमार (टेनोच हुएर्टा) भने त्यो जडिबुटी आफु सँग भएको तर कसैलाई नदिने कुरा गर्छ। वकान्डा लाई युद्द मा जितेर त्यो जडिबुटी प्राप्त गर्ने आशामा रहेको अमेरिका र नेमारको सेना सँग युद्द गरेर जडिबुटी प्राप्त गर्ने चुनौती सुरीको काँधमा आइपुग्छ। के सुरीले युद्द जितेर वाइब्रेनियम नामको जडिबुटी प्राप्त गर्न सक्छिन? उनलाई कस्तो कस्तो समस्या सँग लड्नु पर्छ? यो सबै थाहा पाउन सिनेमा नै हेर्नु पर्छ।

निर्देशक रेयान कूगलरले करिब दुई घण्टा ४५ मिनेट लामो सिनेमा मा दर्शक हरुलाई बाध्न सफल छन्। सिनेमामा तपाईं हास्नु हुन्छ, रुनुहुन्छ र रोमान्चित पनि हुनुहुन्छ। निर्देशक ले तपाईं लाई वकान्डा र समुन्द्र को काल्पनिक सँसार मा लैजान्छन र तपाईं त्यो सँसार देखेर रोमान्चित हुनुहुन्छ, जसको श्रेय कला निर्देशक मार्ली आर्नोल्ड र उनको समुह लाई जान्छ। लुड्विग ग्रोन्सन को संगीत र अटुमन को छायाँकन उत्कृष्ट छ, समुन्द्र भित्र को दृशले तपाईं लाई बढि रोमाञ्चित बनाउछ। सबै कलाकारहरुको अभिनय को कुरा गर्दा टेनोच हुएर्टा र लेटिटिया राइटको अभिनय उत्कृष्ट छ भने अरु कलाकारहरुको अभिनय सामान्य छ, किनकि यो सिनेमा मा अभिनय भन्दा प्रबिधि अगाडी छ ।

“ब्ल्याक प्यान्थर” को सिनेमा का पारखी हरुको लागि यो सिनेमा ले निकै मनोरन्जन दिन्छ भने पहिलोपटक यो सिनेमा हेर्ने दर्शक हरुलाई यसको कथा ले अलमल पार्न सक्छ।

नवीन रायमाझी

पत्रकार तथा लेखक

प्रतिक्रिया