पुजीवादी समाजको सभ्यतामा देश ढल्दै छ,
सबै कुरा पुजीमा नै चल्दै छ,।
पुजीले कयौंको जीन्दगी मोजमा,
कयौंको बेकार र बोझमा छ।
पुजीमा जवानी लिलामी हुन्छ रे
पुजी भएपछि मलाई केले छुन्छ रे?
भौतिक सुख सयल बजारबाट किने रे
वर/बन्धुको कुरा पनि पुजीवाला सगै छिने हरे
कोहि रोडमा छन त,
कोहि करोडमा।
कति लुटिएका छन,
कति सम्बन्ध जुटिएका छन
कति सम्बन्ध फुटिएका छन ,
कतिका सम्बन्ध हरू टुटिएका छन ।
नेता भनाउदा करोडौं को गाडी सबार छ
जनताको खुट्टा लगाउने चप्पल छैन
किसानलाई बेला मल छैन
जो जुकै मरोस बाचोस् कसैलाई यहाँ बाल भएन।
कोही महलमा सयल गर्दैछन ,
गरिबहरू त्रिर्पाल / बासको चित्रको कटेरोमा मुनि मुन्टो लुकाउदैछन।
कसैलाई पिजार बर्गर पचेको छैन
कसैको २-४ छाक्नै अन्न पेटमा पसेको छैन।
कसैले पाचतारे होटलमा लन्च र डिनार गर्छ
कोहि झुपडिमा खान नपाएर मर्छन।
नेता भनाउदा विदेशमा गएर उपचार गर्छन
तिनैलाई नेता बनाउने जनता सिटामोल नपाएर मर्छन।
श्वास हुईन्जेल सम्म आश हुने रहेछ आखिर मानव चेलामा।
सवैको अन्तिम बिन्दु, जाने त हो खोलामा
कतिको त आसमा नै जीन्दगी लासमा परिणत हुदाँ पनि
गहभरि आँसु बनाउनु बाहेक केही गर्न सकिन
मैलेचाहि केही गर्न सकिन।
न्याय नपाए गोर्खा जानू भने कथन पनि माटोमै मिल्यो।
न्यायलय मरेको छ,
मलाई पर्नु जति पिर परेको छ,
पिर गर्नुबाहेक केही गर्न सकिन ।
कतिको जीन्दगी विजोगमा देख्छु
हैसियत अनुसारको सहयोग गर्छु
कतिलाई सहयोग गर्न नसकेर
शिर निउराएर हिडछु नदेखे झै गरि।
कलियुगमा मानवता भन्ने कता हरायो
यस्तो विकृति पुजीवादीहरू गरायो
सत्ता सगँ राज्य डरायो
मष्तिकलाई पैसा पैसा भन्ने मनोरोगले लडायो।
कोहिले पीडालाई खु:सीमा लढाए
सहन नसक्नेले दुई-चार बोतल चढाए
कसैले कसैको जीन्दगी नै सढाए
कसैले आफैले आफनो जीन्दगी चढाए।
प्रतिक्रिया