अमेरिकाकी श्रष्टा लक्ष्मी श्रेष्ठ र नेपालकी मीना श्रेष्ठ सम्मानित

इनेप्लिज २०७९ मंसिर १९ गते २:१४ मा प्रकाशित

काठमाडौं मंसिर १८,

नारी श्रष्टा समाज प्रदेश नं १ का तर्फवाट काठमाडौंमा आयोजित एक समारोहवीच अमेरिकाको न्यूयोर्कलाई कर्मभूमि वनाएकी स्रष्टालक्ष्मी श्रेष्ठ र नेपालकी कवयित्री मीना श्रेष्ठलाई सम्मान हस्तान्तरण गरियो ।

गत मंसिर १ मा सम्मान कार्यक्रममा उपस्थित हुन नसक्नु भएका श्रष्टा द्वयलाई कार्यक्रमका अतिथिहरू शैलेन्दु प्रकाश नेपाल, गोविन्दगिरी प्रेरणा, तुलसीहरि कोइराला तथा समाजकी अध्यक्ष ममता मृदुलले फूलमाला, दोसल्ला, फूलको गुच्छा तथा सम्मानपत्र हस्तान्तरणगरिएको थियो ।

कार्यक्रममा सम्मानित श्पष्टाहरू, अतिथिहरू तथा समाजकी अध्यक्षले मन्तव्य प्रकट गरेका थिए ।

स्मरणीय छ सम्मानित स्रष्टा लक्ष्मी श्रेष्ठ अमेरिकाको न्यूयोर्कलाई कर्मभूमिको रूपमा अपनाई साहित्य सिर्जनामा लागेकी छिन् । उनका३ कृति प्रकाशित भैसकेका छन् ।

त्यसै गरी कवयित्री मीना श्रेष्ठ राजनीतिकर्मी पनि हुन् र उनका कविता संग्रहहरू प्रकाशित छन् ।

प्रतिक्रिया