अस्ट्रेलियावासी अच्यूतको “ढल्किएको आकाश” काठमाडौंमा विमोचन

इनेप्लिज २०७९ मंसिर १७ गते १५:५० मा प्रकाशित

नेपाल वाहिर नेपाली साहित्य दिन पर दिन फस्टाउंदैछ । विश्वका विभिन्न मुलुकलाई कर्मभूमि वनाएका सर्जकहरू नेपालमा आई कृति विमोचन गर्ने सुन्दर परम्पराले निरन्तरता पाएको छ ।

यसै क्रममा अष्ट्रेलियालाई कर्मभूमि वनाएका सर्जक आनन अच्युतको तेश्रो कृति “ढल्किएको आकाश” को नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा एक समारोहका वीच विमोचन सम्पन्न भयो ।

विमोचित कृतिको वारेमा वोधराज पौडेल तथा पुरूषोत्तम न्यौपानेले समीक्षात्मक टिप्पणी गर्नु भएको थियो । समीक्षक दुवैले कृतिका विशेषता र कमजोरी औंल्याएको थिए । कार्यक्रममा साहित्यकार गोविन्द गिरी प्रेरणा तथा सिने कलाकार आर्यन सिग्देलले शुभकामना मन्तब्य प्रस्तुत गर्नु भएको थियो ।

लेखक आनन अच्युतको विमोचित कृति “ढल्किएको आकाश” उनको तेश्रो कृति तथा पहिले कथा संग्रह हो । यसमा १४ कथाहरू संग्रहित छन् । यसअघि उनका “वासन्ती प्रेम” तथा “ झंझावात” दुई उपन्यास प्रकाशित छन् ।

“ढल्किएको आकास” पुस्तक विएन पुस्तक संसारले बजारमा ल्याएको हो !

प्रतिक्रिया