निर्वाचन

बीरकाजी बस्नेत २०७९ मंसिर १५ गते ०:२३ मा प्रकाशित

नेपालमा हालै भएको संघिय र प्रदेश सभाको निर्वाचनको परिणाम करिब करिब सम्पन्न भएको छ । निर्वाचन प्रणाली अनुसार प्रत्यक्ष तर्फ नेपाली कांग्रेस र समानुपातिक तर्फ एमाले पहिलो दल बन्ने जस्तो देखिन्छ । सबै परिणाम पछी पहिलो र दोस्रो दल छुट्टीएला पनि । अन्य समयको भन्दा यो पटकको निर्वाचन सुरु देखिनै केही भिन्न प्रकृतिको थियो । एकातिर बामलोकतान्त्रिक नामको पांच दलिय गठबन्धन थियो भने एमालेको पनि जसपा र राष्ट्रिय प्रजातन्त्र पार्टी संग केही तालमेल थियो । भर्खरै खुलेको स्वतन्त्र पार्टी देखी तराइको जनमत पार्टी र पश्चिम तराइको नागरिक उन्मुक्ती पार्टी पनि पहिलो पटक प्रतिस्पर्धामा थिए । यसै पनि बिद्यामान निर्वाचन प्रणाली बाट कुनै एक पार्टिले बहुमत हांसिल गर्ने संभावना न्युन छ भने नयाँ दलको उदयले प्राय सबै दल अल्पमतमा परेको देखिन्छ । सर्ब प्रथम गठबन्धनको कारणले नेपाली कांग्रेसले सिट संख्या बढी जितेको भएपनी उसले प्राप्त गर्ने लगभग ३५ लाख जती मत बाट सात लाख जती मत गुमाएर सताइस लाख जतिमा झरेको देखिन्छ । ठुलो दल कांग्रेस सहित आफु बाट चोइटिएको एसपा र दुई अरु बामपन्थी र एक मधेस केन्द्रित दल आफ्नो बिरुद्धमा भएपनी एमाले केही ज्याद्रो जस्तो देखिएको छ । ने क पा माओवादी भने धेरै तल परेर तेस्रो दल हुँदै स्वत्न्त्र पार्टिको हैसियत संग बराबरिको लागि प्रतिस्पर्धामा छ । १० सिट जितेको भएपनी एसपाले राष्ट्रिय पार्टिको रुप लिन हम्मे परिरहेको देखिन्छ । रा प्र पाले भने पुरानो नेत्त्रित्व परिवर्तन सँगै आफ्नो हैसियतलाई केही माथि उचाल्न सफल भएको छ । यसरी हेर्दा स्वतन्त्र पार्टी ,रा प्र पा , जनमत र उन्मुक्ती पार्टिले अस्त्तित्व देखाउन र हैसियत प्राप्त गर्न सकेका छन ।

६४ सालमा उदियमान भएको माओवादी र छेत्रीय राजनीतिमा अघी आएका जसपा र लोसपा पार्टिहरु तुलनात्मक रुपले बाउन्निएका छन । उम्मेद्बारीको कुरा गर्दा भागवण्डाको कारण केही कम संख्यामा दिएको कांग्रेसले मिनेन्द्र रिजाल ,स्वर्णिम वाग्लेहरु पन्छाएर उमेश श्रेष्ठ र बिनोद चौधरी हरुलाई काखी च्यापेको थियो । त्यस्तै एमाले ले पनि घनश्याम भुसाल ,भिम रावल ,युबराज ज्ञावली हरुलाई पन्छाएर सर्बेन्द्र खनाल झपट बोहोरा आदिलाई अघी सारेको थियो भने माओवादीले पनि हरिबोल गजुरेल लगायत केही भेट्रान नेताहरुलाई प्रतिस्पर्धा बाट बाहिरै राखेको थियो । ठुला दलहरुलाई हेर्नेहो भने ४८ सालको चुनाबी परिणाम सँग मिल्दोजुल्दो अवस्था देखिन्छ । पहिलो कांग्रेस ,दोस्रो एमाले र संयुक्त जनमोर्चाको नाम बाट माओवादी तेस्रो थिए । अहिले त्यस्तै खालको अवस्था देखिन्छ । चुनाबी जितहारलाई हेर्ने हो भने पनि केही हेभी वेट भनिनेहरु पच्छरिएको देखिन्छ भने युवापंक्ती अगाडि आएको देखिन्छ । सुजाता कोइराला ,बाल कृष्ण खांड बिजय गच्छदार जस्ता नेता कांग्रेस बाट हार ब्योहोरेका छन भने एमालेका केही पोख्रेल हरु जस्तो इस्वर पोख्रेल ,संखर पोख्रेल कृष्ण भक्त पोख्रेल देखी माओवादीका गिरिराजमणी पोख्रेल सम्मले हार ब्योहोरेका छन । त्यस्तै देव गुरुङ देखी पम्फा भुसाल सम्मले पराजय भोगे । लाहान र गौर काण्डबाट तराइको राजनीतिमा उदाएका उपेन्द्र यादवले सि के राउत जस्ता अराजक बिगत भएका र बर्तमानमा मुलधारमा आएका सँग चुनाव हार्न पुगे ।

यता राजेन्द्र महतोले चुनाव हारे भने लक्षमण लाल कर्णको जमानत जफत भयो । महन्त ठाकुर र पहाडे मधेसी सरद सिंह भण्डारीले भने चुनाव जितेका छन । एसपाका झलनाथ खनाल ,बिरोध खतिवडा र राम कुमारी झांक्रिले पनि पराजयको स्वाद चाखेका छन । कतिपय आफ्नै पूर्व सहकर्मी र चेला चपेटाबाट मात खान पुगे । मार्क्सबादी प्वाख काटिएर पहिचान बादी बनी उपेन्द्र यादवको छहारिमा ओत लाग्न पुगेका अशोक राइलाई निर्बाचित भएर संसदमा पुग्न एमालेको नै साहारा लिनु पर्‍यो । यदी गठबन्धनको साहारा नमिलेको भए माधब नेपालको पार्टिको हालत ५६ सालको बामदेवको माले पार्टिको जस्तो हालतमा पुग्ने देखिएको छ । थारु समुदायको असन्तुस्टिलाई रेसम चौधरिले पनि श्रीमती र बाउ मार्फत क्यास गर्न सफल भएका छन । उन्मुक्ती पार्टिलाई अलग गरेर हेर्ने हो भने जातिय छेत्रीय नारा भजाएर तर खान पुगेका हरुलाई पन्छाएर राजनीतिक र बैचारिक मत नेपाली जनताले दिएको देखिन्छ । तर सबै अल्पमतमा रहेकाले सतामा जाने र सरकार गिराउने कर्म चल्ने अवस्था छ भने आगामी पांच बर्ष यो संसद टिक्ला त भन्ने प्रश्न पनि खडा गरेको छ । त्यसै गरी नेपाली राजनीति पुन गोलचक्करमा फस्न सक्ने देखिन्छ । हुन त अहिले सम्म नेपालका कुनै पनि सदन एकमुस्ट एकै सरकार अन्तर्गत ५ बर्ष चलेका छैनन । यसो हुनुमा नेताहरुमा रहेको सता लोलुपता बिदेशी हरुको अनाबस्यक हस्तक्षेप र चासो पनि जिम्मेवार छन । ५१ को मध्यावधी पछी कसैको पूर्ण बहुमत नहुँदा १९ सिट्मा चुनाव जितेको तत्कालिन रा प्र पाले एमाले र कांग्रेसको आलोपालो कांधमा चढी पटक पटक प्रधानमन्त्री पद हत्त्याउन सफल भएको थियो ।

त्यती बेला पनि सांसद खरिद बिक्री ,सुरा सुन्दरी देखी ,कहिलै बिदेश भ्रमण गराएर भए पनि सत्ता टिकाउनु परेको थियो । यस्तो खालको गोलचक्कर ५६ सालमा कांग्रेसले बहुमत ल्याए पनि रोकिएन र त्यहि दलबाट पटक पटक सत्तामा पुग्न खुटा तान्ने काम हुने गरेको हो र घरी कृष्ण प्रशाद भट्टराई घरी गिरिजा कोइराला र सेर बहादुर देउबा प्रधानमन्त्री हुन पुगे । अन्तत संसद बिघटन मार्फत देउबाले सता तत्कालिन महाराजा ज्ञानेन्द्रको हातमा बुझाई दिए । ६२ -६३ को राजनीतिक परिवर्तन पस्चात उदाउंदो माओवादी ठुलो दल भए पनि बहुमत नपुग्दा घरी तेस्रो दल एमाले त घरी मधेस केन्द्रित दलको सहयोगमा सरकार त बनायो । तर सेनापती प्रकरण पस्चात राजनीति पुन गोलचक्करमा फस्न पुग्यो । प्रचन्ड र रामचन्द्र पौडेल १५ पटक जती सम्म उमेद्वार बनी रहे पनि बहुमत पुर्याएर सरकार बनाउन असमर्थ भए । त्यसले संबिधान निर्माण गर्नु को सट्टा प्रचन्ड ,माधव ,झलनाथ र बाबुरामलाई प्रधानमन्त्री बनाउदै प्रधान न्यायधिस खिलाराज रेग्मिलाई सत्ता दिएर दोस्रो चुनाव भयो । पहिलो भएको दल कांग्रेस संबिधान जारी गर्नु अघी सरकारको नेत्त्रित्व गर्ने र दोस्रो दल एमाले संबिधान जारी भए पछी नेत्त्रित्व गर्ने सहमती बिपरित संबिधान जारी पछी पुन शुसिल कोइराला नै दाबेदार बन्न पुगे । छ उपप्रधान मन्त्री लिएर के पि ओली जोड्जाड युक्त प्रधानमन्त्री बन्न पुगे । त्यसको केही समय पस्चात पुन प्रचन्ड र देउबाको आलोपालो सत्तामा जाने गोल चक्कर चल्यो । आलोपालोको गोलचक्कर सकिदा नसकिदै कम्युनिस्ट एकताको मन्चन भयो र जनादेश पनि प्राप्त भयो । त्यहा पनि सत्तमा बस्ने र भागबण्डा मार्फत सत्ता चाहिने बामपन्थीय झगडाले दुई तिहाइ बहुमत नजिकको जनमत बोकाको मुखमा कुभिण्डो हुन पुग्यो र बिपक्षी नेता देउबालाई सता समर्पण गर्न पुग्यो । यो ताजा निर्वाचन परिणामले पनि पहिलेकै पञ्च गठबन्धन वा अन्य खाले गठबन्धन सहित सतामा जाने र सत्ता बाट झार्ने गोलचक्कर बाहेक उपलब्धिमुलक आशा गर्नु पर्ने ठाउ रहेन । अस्तु

प्रतिक्रिया