के . बी . पारखीको ‘मनको मन्दिर’ मुक्तक सङग्रह प्रकाशित

इनेप्लिज २०७९ मंसिर १४ गते २३:४६ मा प्रकाशित

जापानमा बसेर साहित्य लेखनमा सक्रिय के . बी . पारखीको ‘मनको मन्दिर’ मुक्तक सङग्रह हालै प्रकाशित एको छ ।समाजमा भएका विकृति विसङ्गति, जीवनका उतारचढाव , प्रेम, बिछोड, राजनीति, जीवन दर्शन, मानवीय प्रवृत्ति, देशप्रेम र आँशु – हाँसोका अनुभूतिहरू उनका मुक्तकका क्षितिज हुन् ।

मुक्तक सङग्रहमा १५२ मुक्तकहरू समावेश गरिएका छन् ।

सानैदेखि साहित्य लेखनमा रूचि राख्दै आएका उनले लेखनसँगै पत्रकारिता तथा साहित्यिक संघसंस्थामा महत्वपूर्ण सक्रियता जनाइ रहेका छन् । उनी अनेसास, साहित्यिक चौतारी, मुक्तक सागर, मुक्तक प्रतिष्ठान जस्ता संस्थामा पनि आवद्व छन्।

लेखक स्वयम् प्रकाशक रहेको मुक्तक सङग्रहको मूल्य २ सय ५० रुपैया रहेको छ।

उक्त पुस्तक नेपालभरका मुख्य पुस्तक पसलका साथसाथै अनलाइनबाट पनि छिट्टै बिक्रीको ब्यवस्था गरिने मुक्तककार पारखीले बताएका छन्

प्रतिक्रिया