मेरो यो संसारको………..

गोबिन्द राज ओझा (राजन) २०७९ मंसिर १४ गते १०:५६ मा प्रकाशित

मेरो यो संसारको खुसि हौ तिमि
मेरो मनको मायालु हौ तिमि

त्यो डाडा माथि रमाउन पुगे
मायाको सुनौलो समय मैले बुझे
तिमिले चाहे जति माया दिन सकुला र मैले
मनको सत्यतालाई स्विकार्नु नै पर्छ हामिले

मन बुझाउन तिमिलाई आफ्नो ठानि बोलाए
खुसि मनले माया गर्‍यौ मन खुसि बनाए
तिमिले मलाई कथा सुनायौ सबै आफ्नो
यो समयको सबै कुरा भन्छु मैले जानेको

गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया