(साहित्यिक समाचार) वसन्ततिलका छन्दकाे अभ्यास गर्दै “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-३९” सम्पन्न

इनेप्लिज २०७९ मंसिर १३ गते २२:५५ मा प्रकाशित

काठमाडौँ,
टुक्का साहित्य समाजकाे आयाेजनामा २०७९ मङसिर ९ गते “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-३९” सम्पन्न भएकाे छ। छन्द प्रशिक्षक अनिल खग्रासले प्रशिक्षण गर्नु भएकाे उक्त अभ्यासमा नेपाल भारत लगायत विश्वका विभिन्न देशहरूबाट १८ नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण टुक्का साहित्य समाजका अध्यक्ष तथा परिकल्पनाकार ताराप्रसाद चापागाईँले गर्नु भएकाे थियाे ।

विभिन्न छन्दहरू सिकाउँदै छन्दमा टुक्का कविता लेखनकाे विकास गरि नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ छन्दमा टुक्का लेखन अभ्यास श्रृङ्खला सञ्चालन भई रहेकाे छ । यस श्रृङ्खलाका सहभागीहरूले वार्णिक छन्द अन्तर्गत वसन्ततिलका छन्दमा पुनः अभ्यास गर्दै टुक्का कविताहरू सिर्जना गरेका थिए।

कार्यक्रमकाे समापन गर्दै अध्यक्ष चापागाईं तथा प्रशिक्षक खग्रासले प्रयाेगवादी नव काव्यिक उपविधा टुक्का कवितामा छन्दकाे प्रयाेग गर्दै केही मात्रामा भए पनि छन्दमा काव्य सिर्जना गर्न प्रेरित गर्दै नेपाली भाषा साहित्यकाे जगेर्ना गर्ने प्रयास गरिएकाे जानकारी गराउदै उत्साहपूर्वक सहभागी भई वसन्ततिलका छन्दमा सुन्दर टुक्का कविताहरू सिर्जना गर्नुभएका सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

~~~~~~~~~~~~~~~~
::: वसन्ततिलका छन्द :::
~ १४ अक्षर हुन्छन्।
~ यसमा त, भ, ज, ज गण र अन्तिममा दुईवटा दीर्घ वर्ण  हुन्छन्।
~ सूत्र :– ssi   sii   isi   isi   ss
~~~~~~~~~~~~~~~~

अभ्यासकाे क्रममा सङ्कलन गरिएका वसन्ततिलका छन्दका केही टुक्का कविताहरू 

[१]
सुन्दा म हुन्छु बहिरो छलले समाती,
पग्लिन्छु मैन जसरी झन पोल्छ छाती।
▪️अनिल खग्रास
[२]

१.                                                 

जित्दैछ सांसद अझै किन झ्वाम्म पार्ने 
यो देश लुट्न कसिने अनि दाम दार्ने ।
२.
पाइन्न देश गतिलो अब नर्क पार्न 

सक्छौ बनाउनु कि ता पछि पर्छ हार्न ।
•चूडा निर्भीक

सिम्पानी गोरखा
[३]
१.                                   
भन्थ्यौ तिमी हृदयमा बस है त  बास,
रानी  बनी  महलमा  गर  राज  खास ।
२.
बिर्स्यौ  सबै  वचन ती  अब याद छैन,
शङ्का छ त्यो पुरुषको मुटु होकि हैन ।
•वसन्त अनुभव
धाेराही, दाङ
[४]
हामी त जीवन सजाउन लागि पर्छाै,
जस्तो नि काम छ डटेर अगाडि सर्छाै।
•शाेभा आचार्य गाैतम
काठमाडौँ
[५]
जादैन खेर त झुकेर  दिलै रसायौ
बाेकेर बाेझ कसरी दुनियाँ हसायौ ।
•अम्विका अधिकारी
झापा विर्तामोड
[६]
१.
ढालेर बोट विरुवा किन हो रमाको,
दुख्दैछ टन्न मुटुमा विषयी जमाको।
२.
छानेर फाल्नु सबले विषयुक्त पासो,
वीथी मिलाइ दिनुहुन्छ छुटाइ चासो।
•अच्युत घिमिरे
भुटानबाट
[७]
उर्ल्यौ नदीसरि तिमी अनि भोट माग्यौ,
कुर्लीरह्यौ ढुकुरझैं अहिले त भाग्यौ ।
•डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा ।
[८]
१.
देखेर नै समझदार भएर जान,
जानेर को जनम आउछ हेर मान।
२.
मार्ने अझै मन भएर त छौ नि गाढा ,
सारै रछौ मनकठोर रह्यौ कि टाढा।
•बेदु न्यौपाने
काठमाडौ
[९]
खाएर याे विकृतिले, सब रुष्ट पार्याे
साेझा सिधा जनहरू, कसरी पछार्याे ।
•ताराप्रसाद चापागाईँ
धुनिबेसी ।
[१०]
१.
छानेर नै   युवकमा  उपहार प्यार ,
विद्वान् भई भुवन यो जसरी सुधार ।
२.
नेता यहाँ बनिसके जनता पगाले ,
फालौं विकार धमिलो मनको कलाले ।
•भगवती दवाडी
दमक,झापा
[११]
माया बसे दिल छुने मन हुन्छ गाढा,
भागी तिमी मन दुखाइ नजाउ टाढा ।
•रचना मोक्तान “यात्री”
नमोबुद्ध न. पा. -५, काभ्रे
[१२]
१.
आख्यान बालन त्यहाँ नकुरेर राजै,
ताकेर  माथपर  राज  चुमेर आजै ।
२.
फाँकेर  डाह  नभुली  तनमा  भगायौ,
पक्का छ साधन निमेष जता जगायौ ।
•जमुना आचार्य
सिन्धुपाल्चोक
[१३]

जस्तो नि आँट अझ ढाँट छलेर सर्छौ
उस्तै छ  काम जगतै भरि घात गर्छौ ।
•प्रेम थापा “मन”
बागलुङ
[१४]
भागेर जीवन बच्यो, जब ज्यान माग्यो,
खाली भयो घर सबै, परिवार भाग्यो ।
•अरुण कु.भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।
[१५]
१.
आयो गयो अब चुनाव टर्यो झमेला,
जित्ने पुगे सदनमा नगरी अबेला ।
२.
भत्ता पकाउन सबै गरछन् हतार,
के बन्छ देश यसरी जनता नमार !
•बिबस पारदर्शी
भद्रपुर झापा
[१६]
हाँगा सबै छिमलिए  गिँड मात्र छोडी
गल्ती हुँदा फल मिल्यो  बस कान गोडी।
•बाबुराम गौतम
गुल्मी
[१७]
१.
बेला त यो  कठिन हेर चिसो छ पानी,
तातो लुगा न छ गरीब  कठै नधानी ।
२.
मान्छे चिनाै त कसरी म छली र जाली,
झुक्याउँछन् नरम बाेल्दै भनेर  पाली ।
•रामप्रसाद पुरी
बादेल खाेटाङ ।
[१८]
तेता नजाउ अब दील चिरेर मेरै
केही नदेर सब  प्यार  लिएर धेरै !
▪️पवन कुमार बुढाथेाकी
काठमाडौं

::::: जय टुक्का! जय साहित्य!! :::::

प्रतिक्रिया