चुनावमा बिजयी भएका भर्जिनियाका अमेरिकी सांसदको ६१ बर्ष उमेरमा निधन,पुन बिशेष निर्वाचन गर्नु पर्ने

इनेप्लिज २०७९ मंसिर १३ गते १२:२९ मा प्रकाशित

गत नोभेम्बर ८ को चुनावमा समेत बिजयी भएका भर्जिनिया डेमोक्र्याटिकका अमेरिकी सांसद डोनाल्ड म्याकचिनकोको ६१ बर्ष उमेरमा निधन भएको छ । अमेरिकी तल्लो सदनमा ४३५ सदस्य हुनु पर्नेमा उनको मृत्युसंगै अब ४३४ स्थान मात्र सदस्य हुने भएका छन् ।

अब उनको क्षेत्रमा पुन बिशेष निर्वाचन गर्नु पर्ने भएको छ । भर्जिनियाका डेमोक्र्याट अमेरिकी प्रतिनिधि डोनाल्ड म्याकचिनको गत सोमबार निधन भएको उनको कार्यालयले जनाएको छ ।

“हाम्रा साथी, कांग्रेसका डोनाल्ड म्याकचिनको निधनमा हामी सबै स्तब्ध भएका छौं,” उनका प्रमुख कर्मचारी टेरा राउन्ट्रीले विज्ञप्तिमा भनिन । सन् २०१३ बाट कोलोरेक्टल क्यान्सर(अबुर्द रोग )बाट ग्रसित थिए ।

“नयाँ प्रतिनिधि निर्वाचित नभएसम्म, हाम्रो कार्यालय खुला रहनेछ र हाम्रा सेवाहरु जारी रहनेछ,” उनले भनिन ।

उनि २०१६ भर्जिनियाको चौथो कांग्रेसीय जिल्लाको प्रतिनिधित्व गर्न पहिलो पटक निर्वाचित भएका थिए।

प्रतिक्रिया