मेरिल्याण्डमा बिजुली प्रसारण खम्बामा सानो बिमान ठोक्किए पछि २ जनाको उद्धार ,८५ हजार घर अन्धकारमय

इनेप्लिज २०७९ मंसिर १२ गते ११:५५ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको मोन्टगोमेरी काउन्टीको बिजुली प्रसारण खम्बा (पावर ट्रान्समिसन टावर) मा सानो बिमान ठोक्किए पछि २ जनाको सकुसल उद्धार गरिएको छ । बिमान ठोकिए पछि ८५ हजार घरमा करिव ६ घण्टा सम्म अन्धकारमय भएको थियो भने हाल बिजुली संचालनमा आएको जनाईएको छ ।

दुई जना सवार रहेको उक्त सानो विमान गत आइतबार साँझ मेरील्याण्डको मोन्टगोमेरी काउन्टीमा रहेको बिजुली प्रसारण खम्बामा ठोक्किएको अधिकारीहरूले बताए ।

त्यहाँ अड्किएको उक्त बिमान करिव एक सय फिट तल खसे पछि फसेका दुई जनाको उद्धार गरिएको छ । उनीहरुलाई गम्भीर घाइते अवस्थामा आघात केन्द्र (ट्रमा सेन्टर)मा लगिएको दमकल बिभागले जनाएको छ ।

उक्त क्षेत्रमा बिद्युत आपूर्ति गर्ने सँस्था पेप्कोका अनुसार मोन्टगोमेरी काउन्टीमा करिब छ घण्टासम्म करिब ८५,००० मानिस बिजुलीविहीन भएका थिए। लगभग १२५ वटा सडकमा राखिएका यातायातका (ट्राफिक सिग्नल )संकेतहरूले काम नगरेको र चालकहरूलाई सबै चौक बाटोमा पहिलो आउनेले जान पाउने तरिकाले सवारी साधन लैजान आदेश दिइएको थियो।

मोन्टगोमेरी काउन्टीका बिद्यालय र मोन्टगोमेरी महाबिद्यालहरू बिजुली बन्दको कारण सोमबार बन्द हुने एनबिसीवाशिंगटन न्यूजले समाचारमा उल्लेख गरेको छ ।

मोन्टगोमेरी काउन्टी अग्नि नियन्त्रण तथा उद्धार सेवा प्रमुख स्कट गोल्डस्टेनले सोमबार बिहान १ बजे भने कि बिमान चालक र यात्रुलाई सफलतापूर्वक उद्धार गरिएको थियो बताए ।

विमानचालक डिसीका ६६ वर्षीय प्याट्रिक मर्कल र यात्री लुजियानाका ६६ वर्षीय जेनेट विलियम्स भएको पुष्टि भएको छ ।

प्रतिक्रिया