भर्जिनियामा हिमालय फ्री क्लिनिक स्वास्थ्य बिमा नहुने व्यक्तिको लागि संचालन हुँदै

इनेप्लिज २०७९ मंसिर १२ गते १:५९ मा प्रकाशित

भर्जिनिया राज्यको स्यानटीली शहरमा हिमालय फ्री क्लिनिक(नि:शुल्क) स्वास्थ्य बिमा नहुने व्यक्तिको लागि संचालन हुने भएको छ । यही आउदो शनिवार डिसेम्वर ३ तारिखका दिन हिमालय फ्री क्लिनिक स्वास्थ्य बिमा नहुने व्यक्तिको लागि संचालन हुने संचालकहरुले जानकारी दिएका छन् ।

सीमित सिट भएको हुदा समयमै जाँच गराउने समय समय एपइन्टमेन्ट मिलाउनको लागि ७०३ ३५६ ३८७४ मा सम्पर्क (फोन )गरेर आफ्नो नाम र फोन नम्वर(सम्पर्क संख्या ) सहित मेसेज ( सन्देश /खबर)छोड्नु अनुरोध गरिएको छ ।

निशुल्क स्वास्थ्य जाँच गर्ने हिमालय फ्री क्लिनिकले सम्पर्क गरेको वा मेसेज ( सन्देश /खबर)छोडेको हामी २४ घण्टा भित्र सम्पर्क गरिने जनाईएको छ । समय बिहान ९ देखि १२ बजे सम्म निशुल्क जाँच संचालन हुनेछ ।

कार्यक्रमको विवरण यस प्रकार छ :

Clinic Day:

Date: Saturday, December 3, 2022

Time: 9:00 am to 12:00 noon

Address: Ox Hill Baptist Church (Ground level, from back)

4101 Elmwood St., Chantilly, VA 20151

Himalaya Free Clinic

Phone: 703 356 3874

प्रतिक्रिया