लोकार्पणःभग्नावशेषमाथि टोलाएको परेवा

इनेप्लिज २०७९ मंसिर ११ गते ११:५३ मा प्रकाशित

आज राजमित्र स्मृति प्रज्ञा प्रतिष्ठानको तर्फबाट सुशील नेपालद्वारा लिखित कवितासंग्रह “भग्नावशेषमाथि टोलाएको परेवा”को लोकार्पण काठमाण्डौंमा सम्पन्न भयो ।

सभाको सभापतित्व ईस्वरी अधिकारी नेपाल(सुमन नेपाल) र विशिष्ठ अतिथिको आसम ग्रहण भू.पू न्यायधिस लिला बहादुर वस्न्यातज्यूले गर्नु भएको थियो ।

सभामा प्रमुख अतिथि विष्णुविभू घिमिरे र विशिष्ट अतिथिमा गोरखापत्रका भूपू सम्पादक अध्यक्ष तारा बराल हुनुहुन्थ्यो ।

अत्यन्त सफल उक्त कार्यक्रममा अन्तराष्ट्रिय नेपाली साहित्यसमाजका नेपाल च्यापरका सभापति राधेश्याम लेकालीले पनि स्वागत मन्तव्य दिनुभयो ।

समारोहमा प्रकाश सायामी, शरतच्चद वस्ती , ममता मृदुल र विटु केसीले पुस्तकबाट लेखकका कविता बाचन गर्नुभयो भनें कवि दिनेश अधिकारीले कविता ओजपूर्ण रहेको वताऊंनु भयो ।

उक्त अवसरमा समालोचक प्रमोद प्रधानले सुशील नेपालको लेखनको इतिहांसको उद्धाटन गर्नु भयो भने शैलेन्द्रु प्रकाश नेपालले कविता भित्रका मर्महरूको व्याख्खा गर्नु भयो ।

समारोहमा विशिष्ट सम्पादक तथा पत्रकार हरिहर विरही सपत्निक उपस्थित हुनुभएको थियो विराटनगरका समकालिन मित्रहरू नारायण तिवारी,महेश प्रसाई, रमेश तुफानका साथै साथीभाइ र नातेदारहरूको बाक्लो उपस्थिति थियो ।

अमेरिकाबाट पाल्नुभएकी साहित्यकार कवियत्री दीपा राई पुन र गोविन्द गिरी प्रेरणाको उपस्थितिले कार्यक्रमको गरिमा बढाएको थियो ।

यहाँ उक्त समारोहका केही तस्वीरहरू प्रस्तुत गरेको छु ।

सभाको संचालन उदयीमान् साहित्यकार ममता मृदुलले गर्नुभएको थियो ।

प्रतिक्रिया