फैसलाको २७ बर्षसम्म फरार व्यक्ति पक्राउ

इनेप्लिज २०७९ मंसिर १० गते १५:०८ मा प्रकाशित

ईलाका प्रहरी कार्यालय सालझण्डी

मिति २०७९/०८/१० गते

३ फरक न्युजः

चोरी मुद्धामा कैद र जरिवाना फैसलापछि २७ बर्षसम्म फरार व्यक्ति पक्राउ

     रुपन्देही । रुपन्देही जिल्ला अदालतको मिति २०५२/०९/२५ गतेको फैसलाले २ वटा फरक फरक चोरी मुद्दामा दोषी ठहर भई विगत २७ वर्षदेखी लुकिछिपी वसिरहेका पुजारी थारुलाई सालझण्डी प्रहरीले पक्राउ गरेको हो । देवनारायण थारु र तत्कालिन श्री ५ सरकारको जाहेरीले चोरी मुद्दामा कैद र जरिवाना ठहर भई हालसम्म फरार रहेका साविक दुधराक्ष-०८ हालको सैनामैना न.पा-०८ वस्ने  वर्ष ४९ को पुजारी थारुलाई ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले मिति २०७९/०८/०९ गते पक्राउ गरी फैसला कार्यान्वयनको लागी जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराएकोमा सोहि दिन नै कारागार चलान गरिएको हो ।

मानिस मृत्यु भएको सवारी ज्यान मुद्धामा कैद ठहर भई ९ बर्षदेखी फरार व्यक्ति पक्राउ

 रुपन्देही । रुपन्देही जिल्ला अदालतको मिति २०७०/१०/०७ गतेको फैसलाले सवारी ज्यान मुद्दामा दोषी ठहर भई विगत ०९ वर्षदेखी लुकिछिपी वसिरहेका सिताराम थारुलाई सालझण्डी प्रहरीले पक्राउ गरेको हो । डिलाराम घिमिरेको जाहेरीले सवारी ज्यान मुद्दामा ३ महिना कैद ठहर भई हालसम्म फरार रहेका साविक सालझण्डी गा.वि.स-०८ हालको सैनामैना न.पा-११ वस्ने वर्ष ४० को सिताराम थारुलाई ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले मिति २०७९/०८/०९ गते पक्राउ गरी फैसला कार्यान्वयनको लागी जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराएकोमा सोहि दिन नै कारागार चलान गरिएको हो  ।

लापरवाही तरिकाले टेक्टर चलाउँदा मानिस मृत्यु भएको सवारी ज्यान मुद्धामा २ वर्ष कैद ठहर भई ६ बर्षदेखी फरार व्यक्ति पक्राउ

२०७३ सालमा सैनामैना नगरपालिकाको वाँसगढि स्थितमा लापरवाहीसाथ सवारी चलाई मानिस मृत्यु भएको घटनामा रुपन्देही जिल्ला अदालतको मिती २०७३/११/१७ गतेको फैसला अनुसार सवारी ज्यान मुद्दामा २ वर्ष कैद र रू.२००० रुपैया जरिवाना ठहर भई विगत ६ वर्षदेखी फरार रहीरहेका साविक सालझण्डी गा.वि.स-०६ हालको सैनामैना न.पा-११ वस्ने वर्ष ३३ को हिरा भण्ने मोहनलाल थारुलाई ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी प्रहरी निरिक्षक जगन्नाथ मरासिनी सहितको प्रहरी टोलीले मिति २०७९/०८/०९ गते पक्राउ गरी फैसला कार्यान्वयनको लागी जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराएकोमा सोहि दिन नै कारागार चलान गरिएको हो  ।

प्रतिक्रिया