मोरङ क्षेत्र नं ६ बाट नेकांका केन्द्रीय सदस्य डा. कोइराला र ६(२) बाट मन्त्री कार्की बिजयी

इनेप्लिज २०७९ मंसिर ९ गते ११:०६ मा प्रकाशित

विराटनगर, ९ मङ्सीर । सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार मोरङ निर्वाचन क्षेत्र नं ६ बाट सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला ३५ हजार २२४ मत प्राप्त गरी बिजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वीमा नेकपा एमालेका लालबाबु पण्डितले २२ हजार ९४६ मत प्राप्त गरेको मोरङ जिल्ला मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।

तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले नौ हजार १४० मत प्राप्त गर्नु भएको छ ।

निर्वाचन क्षेत्र नं ६(२)वाट प्रदेश सभामा नेपाली कांग्रेसका उम्मेदवार एवं प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की १० हजार ४५० मत प्राप्त गरी बिजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण बस्नेत(पर्शुराम)ले नौ हजार २७३ प्राप्त गर्नुभएको छ ।

तेस्रो स्थानमा राप्रपाका राजेशकुमार मास्केले तीन हजार ८३७ मत प्राप्त गर्नु भएको हो ।

प्रतिक्रिया