मोरङ –६ मा डा कोइराला, : ४ –मा मोदी र ५– मा स्वतन्त्र उम्मेदवार योगीको अग्रता निरन्तर

इनेप्लिज २०७९ मंसिर ६ गते २३:१० मा प्रकाशित

विराटनगर,६ मङ्सीर । मोरङ जिल्लामा आइतवार सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन अन्तर्गत क्षेत्र नं ६ को प्रतिनिधि सभातर्फ सत्ता गठबन्धन दल नेपाली कांग्रेसका डा शेखर कोइरालाले पाँच हजार ८२ मत ल्याउनु भएको ।

मोरङका प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर वुढाथोकीले आज ७ः३० बजे सार्वजनिक गर्नु भएको १३ हजार चार सय ११ मतगणनामा गर्दा नेकपा एमालेका लालबाबु पण्डितले चार हजार चार सय ४० र राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले एक हजार पाँच सय ५५ मत प्राप्त गर्नु भएको छ ।

क्षेत्र नं ६ (क) प्रदेश सभातर्फ नेकपा एमालेकी रिता न्यौपाले पाँच हजार एक सय ९५ , नेकपा माओवादी केन्द्रका जीवन आचार्यले तीन हजार आठ सय ७६ र राप्रपाका हिरा भट्टराईले दुई हजार नौ सय ५८ मत ल्याउनु भएको छ। उहाँहरुले मतगणना भएको १३ हजार तीन सय सय ७७ मा उक्त मत प्राप्त गर्नु भएको हो ।

यस्तै मोरङ क्षेत्र नं ४ को प्रतिनिधि सभातर्फ सत्ता गठबन्धन दलका उम्मेदवार नेकपा माओवादी केन्द्रका अमनलाल मोदीले १० हजार एक सय ७५ मत ल्याएर अग्रता कायम राख्नु भएको छ ।

नेकपा एमालेका विनोद प्रसाद ढकालले छ हजार पाँच सय ८८ र राप्रपाका रबी रिजालले छ सय १२ मत प्राप्त गर्नु भएको छ । उहाँहरुले मतगणना भएको १९ हजार तीन सय २५ मा सो मत प्राप्त गर्नु भएको हो ।

यसैगरी क्षेत्र नं ४‘१’ प्रदेश सभातर्फ सत्ता गठबन्धनकातर्फबाट नेकांका गुरुराज घिमिरेले सात हजार आठ सय ३२ ,नेकपा एमालेका जयप्रकाश चौधरीले सात हजार छ सय ७५ र राप्रपाका आशनारायण माझी थारुले एक हजार चार सय ३१ मत ल्याउनु भएको छ । उहाँहरुले मतगणना भएको १९ हजार दुई सय ९० मा सो मत प्राप्त गर्नु भएको हो ।

यस्तै मोरङ क्षेत्र नं ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल(जोगी)ले आठ हजार पाँच सय ९४ मत ल्याउनु भएको छ।

उहाँका प्रतिस्पर्धी नेकपा माओवादीका केन्द्रका शिवकुमार मण्डलले पाँच हजार सात ६४,जनता समाजवादी पार्टीका राजकुमार यादवले पाँच हजार एक सय ८९ मत ल्याउनु भएको छ।

उहाँहरुले २३ हजार ७३० मतगणनामा सो मत प्राप्त गर्नु भएको हो ।
यसैगरी क्षेत्र नं ५‘१’ प्रदेश सभातर्फ नेपाली कांग्रेसका गयानन्द मण्डल गनगाईले १३ हजार ६५, नेकपा एमालेका सन्तोषकुमार साहले आठ हजार तीन सय २२ र स्वतन्त्र उम्मेदवार रुपेशकुमार मण्डलले तीन हजार सात सय ७६ मत प्राप्त गर्नु भएको छ।

उहाँहरुले ३१ हजार छ सय ३६ मतगणनामा सो मत प्राप्त गर्नु भएको हो ।

प्रतिक्रिया