निर्वाचनपछि प्रचण्ड प्रधानमन्त्री बन्ने रेनु दाहालको दाबी, ओलीसँग सहकार्य नहुने (भिडिओसहित)

इनेप्लिज २०७९ कार्तिक २८ गते २३:१६ मा प्रकाशित

काठमाडौं, २८ कार्तिक । भरतपुर महानगरकी मेयर रेनु दाहालले मंसिर ४ गतेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भ टुट्ने बताएकी छिन् । उनले निर्वाचनपछि एमाले र माओवादीबीच सहकार्य हुने सम्भावना नरहेको दाबी गरिन् ।

आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । निर्वाचनपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्ने सम्भावना रहेको पनि उनको भनाई छ ।

उनले यो निर्वाचनमा माओवादी दोस्रो दल बन्ने प्रयासमा रहेको सुनाईन् । उनले माओवादी र नेकपा (एकीकृत समाजवादी) बीच एकताको सम्भावना रहेको बताईन् । निर्वाचनपछि देशमा वामपन्थीहरुबीच एकता प्रक्रिया अघि बढ्ने उनको विश्वास छ ।

प्रतिक्रिया