यो सम्झने मनले सम्झिरहन्छ……….

इनेप्लिज २०७९ कार्तिक २६ गते २३:४५ मा प्रकाशित

यो सम्झने मनले सम्झिरहन्छ तिमिलाई  

एक पल नदेख्दा  बसु म कसरि आशु बगाई  

यो सम्झना पनि कस्तो, यो दिलको कहानि कस्तो

नभेटि  नमान्ने यो मन पनि भयो कस्तो कस्तो

यि नयनले हेरिरहु लाग्छ सधै मलाई यहाँ

तिम्रो हाल खवर नसोधि बस्न सक्थे  म कहाँ

तिम्रो मिठो सम्झना छ मेरो यो दिलमा

जति सम्झौ अझै सम्झिरहौ लाग्छ मनमा      

फर्कि फर्कि अझै हेर्छु ए सुन्दरि

यो शृष्टिकै सुन्दर रुप हेर्दै रमाएछु बेस्सरि   

गोबिन्द राज ओझा (राजन)

दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया