चुनाव आयो

अर्जुन थापा २०७९ कार्तिक २५ गते ३:०७ मा प्रकाशित

छिमेकी रिसायो
साथीभाई टाढियो
घरघरमै झन्डा गाडीयो
नजिकको टाढीयो
आफ्नै गुटमा बाडीयो
गाउ समाज भाडियो

नेताहरुको लर्को
विकासको कुरा चर्को
बुढापाका हर्को
कोहि मान्छन झर्को
कोहि कता तर्क्यो
कोहि उता फर्क्यो

नेता गर्छन ठुला कुरा
हुने हैनन कहिले पुरा
पोहोर कै छन अधुरा
बाचा कसम रहे अपुरा
मुखमा राम राम बगलीमा छुरा
चुनाव जिते खर्च उठाउछन पुरा

जनता जनार्दन उस्तै
विकी दिन्छन सस्तै
एक बोतल मै मस्तै
सबै रह्यो हिजो जस्तै
नेता शहर पसे बस्तै
जनता मजदुरी मै व्यस्तै

विकास भन्ने धोक्रो
रह्यो सधै खोक्रो
सबले देखाए बोक्रो
चुरो नभाका टोक्रो
जिम्मा युवामा थोप्रो
धुस्याहा भ्रष्टचारीलाई लोप्रो

-अर्जुन थापा

प्रतिक्रिया