अनेसासको ध्यानाकर्षण !!!

इनेप्लिज २०७९ कार्तिक २५ गते २:५८ मा प्रकाशित

समाचारदाता

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले एक विज्ञप्ति सार्वजनिक गर्दै सामाजिक सञ्जालमा आएका केही असहज आवाजलाई सम्वोदन गरेको छ । केही दिन पहिले केही व्यक्तिहरूले अनेसासको आर्थिक पारदर्शिता र पूर्व पदाधिकारीहरू माथि लगाएको कपोलकल्पित आरोप पछि यो विज्ञप्ति आएको हो । विज्ञप्तिमा अनेसासलाई पारदर्शी बनाउन वर्तमान केन्द्रीय कार्यसमिति लागि परेको र केही जिज्ञासा भए सिधैँ सम्पर्क राख्न अनुरोध गरिएको छ ।

( प्रेष विज्ञप्तिको पूर्ण पाठ )

श्रीमान् आजीवन सदस्यज्यू,
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज

विषयः जानकारी तथा ध्यानाकर्षणका सन्दर्भमा !

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाली भाषा र साहित्यका क्षेत्रमा क्रियाशील एक अन्तर्राष्ट्रिय साझा संस्था हो । यसले नेपालीदेखि भारतहुँदै विश्वका कुनाकुनामा रहेका नेपाली मनलाई जोड्ने काम गरिरहेको छ । करिव २४ सय आजीवन सदस्य रहेको भाषा र साहित्यको क्षेत्रको ठूलो संस्थालाई समयानुकूल शुध्दिकरण र परिमार्जित गर्दै जाने मोडमा हामी उभिएका छौँ । जिम्मेवारी लिएको तीन महिनामा हामीले देखाउन लायकका कामहरू तर्जुमा गरिरहेका छौँ । विशेषतः आर्थिक पारदर्शिताका कुरादेखि सदस्यसँग सूचना प्रवाहसम्मका कुराका हामी काम गरिरहेका छौँ । कृति प्रकाशन र नियमित साहित्यिक गतिविधि र हाम्रा दैनिक कार्यमै पर्ने भइहाले ।

यस्तै कार्यमा संलग्न रहदारहद‍ै पनि केही सामाजिक सञ्जालमा संस्थाप्रति जिज्ञासा राखेर विचार र दृष्टिकोण प्रकाशित र प्रशारित भइरहेकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।

संस्थाको नवीकरणका कुरादेखि हिसाव किताव पारदर्शिताका कुरा उठाइएको छ । यसर्थ यहाँहरूलाई केही जानकारी गराउनु हाम्रो कर्तव्य र जिम्मेवारी पनि रहेको हामीले ठानेका छौँ । अनेसास विल्कुलै स्वयम् सेवामा चल्ने संस्था भएकोले आर्थिक पक्षलाई स्पस्ट रुपमा देखाउनु हामी सबैको उत्तरदायित्व पनि हो । अन्तर्राष्ट्रिय संस्था भएकोले भौतिक रुपले एकै ठाउँमा भेलाभएर संस्थाका गतिविधि सार्वजनिकगर्दै विचारविमर्श गर्ने संयोग नजुरे पनि वार्षिक साधारण सभामा हाम्रा प्रतिवेदनहरू सार्वजनिक गर्ने परम्परा कायमै रहेको छ । सम्भवत् यस किसिमको कार्यक्रम नियमित रुपले गर्ने अनेसास अग्रपंतिमा आउने संस्था हो ।
आजीवन सदस्यज्यूहरुलाई आफ्नो संस्थाप्रतिको माया र अपनत्व महशुस गर्ने यो एउटा राम्रो अवसर पनि हो । यसैले संस्थालाई खवरदारी गर्न र नेतृत्ववर्गलाई होसियारी गराउनु यहाँहरूको जिम्मेवारी पनि हो ।

यसैले निकट भविष्यमा नै आजीवन सदस्यताको स्थायी नम्वरसहितको परिचय पत्र प्रदान गर्ने योजनामा लागेका छौँ । आजीवन सदस्यहरुलाई सूचना संप्रेषण गर्न ‘अनेसास दर्पण’को अनलाईन संस्करण सुरु गरेका छौँ । इमेलमार्फत सम्वन्ध सूत्र बनाउने काममा प्राविधिकहरूसँग संयोजन गरिरहेका छौँ ।
विगतमा भएका राम्रा कामको प्रशंसा र सुधार गर्नु पर्ने कार्यलाई समीक्षा गर्ने कार्य पनि चलिरहेको छ । संस्थाको नवीकरण पूरा गरेर अडिट र वार्षिक रुपले तिर्नुपर्ने करको काम त संस्थालाई चुस्त दुरुस्त सक्रिय राख्ने नियमित महत्वका कार्य भइहाले ।

हामी हाम्रो घर राम्रो बनाउन सजक, सचेत र सक्रिय छौँ । केही समय पक्क‍ै लाग्छ , तर घरलाई ‘घर’ बनाउन यहाँहरूको आश र विश्वासप्रति सम्मानगर्दै केही जिज्ञासा भए हामीलाई नै राख्न विनम्र आग्रह गर्दैछौँ ।

विमला निरौला
महासचिव
गोवर्द्धन पूजा
अध्यक्ष
अनेसास केन्द्रीय कार्यसमिति

१० नोभेम्वर, २०२२

प्रतिक्रिया