विभिन्न ३९ विधामा दोश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७९ प्रदान

इनेप्लिज २०७९ कार्तिक २३ गते १०:५५ मा प्रकाशित

काठमाडौं, २३ कात्तिक

नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यमा विभिन्न ३९ विधामा अवार्ड प्रदान गर्दै दोश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७९ सोमबार बेलुका काठमाडौंको जमल स्थित नाचघरमा सम्पनन भएको छ । समारोहमा ५० हजार एक रुपैयाँ सहित यो वर्षको क्वालिटी इन्टरटेनमेन्ट लाईफ टाईम एचिभमेन्ट अवार्ड बरिष्ट ध्वानी सम्पादक दीका गुरुङलाई प्रदान गरिएको छ । साँढे तीन दशकदेखि यो क्षेत्रमा सक्रिय गुरुङले नौ हजार भन्दा बढी गीत संगीतमा ध्वानी सम्पादन गरेका छन् ।

यस्तै सो समारोहमा यो वर्षको क्वालिटी इन्टरटेनमेन्ट चलचित्र तथा संगीत पत्रकारिता पुरस्कार २५ हजार एक रुपैयाँ सहित पत्रकार डब्बु क्षत्रीलाई प्रदान गरियो । अढाई दशक भन्दा लामो समयदेखि क्षेत्री पत्रकारितामा सक्रिय छन् ।

प्रमुख अतिथि प्रथम उपराष्ट्रपति झा सहित आयोजक संस्था क्वालिटी फिल्मस्का अध्यक्ष उमेश गुरुङ, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, कलाकार संघका उपाध्यक्ष मोहन निरौलालगायतले सो अवार्ड तथा पुरस्कार प्रदान गरे ।

कार्यक्रममा विभिन्न ३९ विधामा दोश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड प्रदान गरियो । समारोहमा आधुनिक गीत तर्फ सर्वोत्कृष्ट गायकको अवार्ड हिजो अर्कै सँग (आफ्टर)बाट यस कुमारले, आधुनिक गायक जुरी अवार्ड सुजन तिगेला लिम्बुले, आधुनिक गीत सर्वोत्कृष्ट गायिकाको अवार्ड बतास बनिबाट सुजाता केसीले प्राप्त गरे ।
यस्तै आधुनिक गीतबाटै सर्वोत्कृष्ट संगीतकारको अवार्ड यो तापमाबाट योगेन्द्र उपाध्यायले, पपुलर अवार्ड सन्तोष केसीले, जुरी अवार्ड राजकुमार बगरले प्राप्त गरे ।

यस्तै अधुनिक गीतकारको सर्वोत्कृष्ट अवार्ड शिब पौडेलले, गीतकार जुरी अवार्ड प्रकाश सुवेदीले, सर्वोत्कृष्ट महिला गीतकार अवार्ड ज्योती गुरुङले, नवगायन अवार्ड भुपेन्द्र थापामगरले, सर्वोत्कृष्ट डायस्पोरा गीतकार अवार्ड पूर्णबहादुर थापा दीपक माइथानेले हाँसिल गरे । आधुनिक गीतमै म्युजिक भिडियो तर्फ सर्वोत्कृष्ट पुरुष मोडलको अवार्ड मेरो जीवनबाट प्रकाश श्रेष्ठले, पपुलर मोडल अवार्ड तिम्रो मायाँले न होबाट यसराज गचारले, जुरी अवार्ड निराजन प्रधानले र पब्लिक च्वाईस अवार्ड दीपक थापा माईथानेले प्राप्त गरे । अधुनिक तर्फ नै सर्वोत्कृष्ट महिला मोडलको अवार्ड चाहिँदैन तिम्रो मायाँबाट केकी अधिकारीले, जुरी अवार्ड एशिला राईले, डायस्पोरा मोडल अवार्ड पार्वती थापाले, पब्लिक च्वाईस अवार्ड सुस्मिता श्रेष्ठले, तिमीले कालो कालोबाट सर्वोत्कृष्ट निर्देशकको अवार्ड गँभिर बिष्टले र जुरी अवार्ड सोनाम पाख्रिनले प्राप्त गरे ।

यस्तै लोकदोहोरी तर्फ सर्वोत्कृष्ट गायकको अवार्ड मुग्लिन पुल तरीबाट मौसम गुरुङले, डायस्पोरा अवार्ड दीपक बसन्त कार्कीले, पपुलर गायकको अवार्ड अमृत सापकोटाले हाँसिल गरे । सर्वोत्कृष्ट लोक दोहोरी गीत गायिकाको अवार्ड मुग्लिन पुल तरीबाट कालिका रोकाले, पपुलर गीत गायिकाको अवार्ड टीका पुनले, जुरी अवार्ड कल्पना सुनुवारले, नव गायकको अवार्ड केहर सिंह प्यासीले, लोक दोहोरी नव गायिकाको अवार्ड रिता बरालीले हाँसिल गरे । लोकदोहारी गीत संगीतकारको अवार्ड मेरी सानुबाट टिका बम्जनले, लोकदोहारी गीत गीतकारको अवार्ड मायाँ गरुम्लाबाट कमल सरगम चौलागाईले, गीतकार जुरी अवार्ड सन्तोष गिरीले प्राप्त गरे । म्युजिक भिडियो तर्फ लोकदोहोरी गीत भिडियो तर्फ सर्वोत्कृष्ट मोडल पुरुष अवार्ड धु्रब हिमालीले, जुरी अवार्ड कमलबहादुर जोशीले, सर्वोत्कृष्ट महिला मोडल अवार्ड आरुसी मगरले, जुरी अवार्ड मायाँ राम्जालीले, म्युजिक भिडियो निर्देशक अवार्ड मौसम हिमालीले र जुरी अवार्ड बबिता श्रेष्ठले प्राप्त गरे ।

यस्तै पप गीत तर्फ सर्वोत्कृष्ट गायकको अवार्ड वान टु वान टुबाट संजिब सिंह रानाले, पब्लिक च्वाईस अवार्ड सँगम लिम्बुले, पप गीतबाटै गायकको जुरी अवार्ड चमेली नेपाली गीतबाट अर्जुन खरेलले प्राप्त गरे । यस्तै सर्वोत्कृष्ट गायिकाको अवार्ड सेल्फी डाँडाबाट चन्द्रकला लिम्बुले, नव गायकको अवार्ड दिलिप कुमार मिश्रले, नव गायकको जुरी अवार्ड रेशराज लिम्बुले, पप गीत संगीतकारको अवार्ड सैलुँगे मेलाबाट अनिल लामाले, सर्वोत्कृष्ट मेकअप आर्टिष्टको अवार्ड कता कता (हेलो जिन्दगी)बाट गीता पौडेलले प्राप्त गरे ।

यस्तै लोकगीत तर्फ सर्वोत्कृष्ट गायकको अवार्ड तिमी मेरोबाट गणेश गुरुङले, जुरी अवार्ड गायक दुर्गा गुरुङले हाँसिल गरे । सर्वोत्कृष्ट गायिकाको अवार्ड कविता गुरुङले, पब्लिक च्वाईस अवार्ड गायिका दुर्गा गुरुङले, लोक गीत युगल गायन अवार्ड टीका गुरुङ÷ भिमकला गुरुङले, जुरी अवार्ड माया स्याङबो र इन्करेजमेन्ट अवार्ड दीपा गुरुङले हाँसिल गरे ।

यस्तै पर्व गीततर्फ लाली पाउडरबाट सर्वोत्कृष्ट पर्व गीत गायिकाको अवार्ड शान्ती शाही चन्दले, सर्वोत्कृष्ट पर्व गीत डायस्पोरा गायिकाको अवार्ड रातो सारीबाट मन्जु रसाईलीले, जुरी अवार्ड के गर्यो करिमैले गीतबाट गायिका प्रमिला गैरेले र पब्लिक च्वाईस अवार्ड रिया खड्काले, सर्वोत्कृष्ट राष्ट्रिय भावको गीतको अवार्ड राजन पालुँवा लिम्बुले प्राप्त गरे ।

यस्तै भाषा भाषी गीततर्फ सर्वोत्कृष्ट तामाङ गीत गायकको अवार्ड उकाली चढ्दाबाट जीवन बोम्जन तामाङले, तामाङ गीत गायिकको अवार्ड शशीकला मोक्तानले, तामाङ सेलो सर्वोत्कृष्ट गायकको अवार्ड सोल्टिनी कान्छीबाट बिशाल योञ्जनले, सर्वोत्कृष्ट राई गीत गायकको अवार्ड पुष्प राईले, सर्वोत्कृष्ट लिम्बु गीत गायकको अवार्ड अशोक मुकारुङले, लिम्बु गीत गायिकाको अवार्ड आनी याक्थुम्बाबाट रुक्साना लिम्बुले, लिम्बु भाषा नव गायिकाको अवार्ड स्वस्तिका सावादेनले, राईभाषा उत्कृष्ट गायिकाको अवार्ड अनुका राईले र चोलीमा फसगई होलीबाट सर्वोत्कृष्ट अवधि भाषा गीत गायिकाको अवार्ड दुर्गा दाहालले जिते ।


यस्तै भाषाभाषी गीत तर्फ सर्वोत्कृष्ट पुरुष मोडलको अवार्ड सुरज लामाले, सर्वोत्कृष्ट भाषाभाषी महिला मोडलको अवार्ड सितल तामाङले, लिम्बु भाषा गीत महिला मोडलको अवार्ड पुष्पाञ्जली तिलिँगाले, भाषाभाषी गीत सर्वोत्कृष्ट गीतकारको अवार्ड सेसेमीसे नाल्बो लिम्बुले, सर्वोत्कृष्ट म्युजिक भिडियो छायाँकारको अवार्ड रबिन्द्र बरालले, संगीत संयोजकको अवार्ड स्वर्ग झै रमाईलोबाट डोलराज बाह्राघरेले, सर्वोत्कृष्ट बाद्यबादकको अवार्ड बाँसुरी बादनबाट धनबहादुर गुरुङले, सर्वोत्कृष्ट ढाका फेशन अवार्ड सरु ढाका उधोगबाट सरु लिम्बु राईले र सर्वोत्कृष्ट म्युजिक कम्पनी अवार्ड हमाल म्युजिक प्रा.लि.बाट सज्जन हमालले हाँसिल गरे ।
अवार्ड समारोहमा विभिन्न व्यक्तिहरु सम्मानित भए । जसमा संगीत क्षेत्र गायकहरु नवराज जँग थापा, अनिल गुरुङ, जीतबहादुर रावत, राजन गुरुङ, सिजन मगर सिञ्जाली, नारायण थापा, रमेश कुमार विश्वकर्मा, राजशुक्र लिम्बु सम्मानित भए । यस्तै गायिका तथा सञ्चारकर्मी सरिता भारती, गायिकाहरु शोभा त्रिपाठी, उमा श्रेष्ठ, रमिला गुरुङ, गीतकार टेकबहादुर गुरुङ, म्युजिक भिडियो निर्देशक राज किङ वाईवा पनि कार्यक्रममा सम्मानित भए ।

अभिनेता धिरेन शाक्य, अभिनेत्री तेन्याङ (सुरु) गुरुङ राना, कलाकार रश्मी पाण्डे, साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’, ब्यबसायी जनक तामाङ, समाजसेवी चमेली थापा, निर्देशक रोशनकुमार श्रेष्ठ, संगीतकार राजेन्द्र बजगाई, संगीत संयोजक राजु खड्का, व्यबसायी मिलन लामा, दृष्य सम्पादक निशान घिमिरे, भिडियो निर्देशक दीप गुरुङ, कोरियोग्राफर अश्विनीकान्त झा, सहकारीकर्मी सन्तोष पुडासैनी पनि कार्यक्रममा सम्मानित भए ।

सम्मानित अरु श्रष्टामा संगीत व्यबसायी निर्मलराज ढकाल, सूर्य बहादुर मगर, नन्दराम परियार, नृत्य निर्देशक भईराम श्रेष्ठ, पर्यटन व्यबसायी शँकर अधिकारी, ग्राफिक डिजाईनर गणेशबहादुर बुढाथोकी, अधिवक्ता प्रतिमा कार्की, मेकअप आर्टिष्टहरु टेकराज पाण्डे, जमुना पुन, सञ्चारव्यबसायी सुमित प्रताप जबरा, जेष्ठ समाजसेवी बेदी नारायण खापुङ लिम्बु रहेका थिए ।

अवार्ड समारोहमा चर्चित गायक आशिष सचिनले दाह्री फुल्यो सहित केही गीत प्रस्तुत गरेर दर्शकलाई नचाए । यस्तै अभिनेता गजित बिष्टको नृत्य, अभिनेत्री अरुसी मगरको नृत्यसँगै गायक टिका बमजनको गायन प्रस्तुतिले पनि कार्यक्रमको रौनकता बढायो ।

तस्बिर : बद्री थापा

प्रतिक्रिया