परिजितालाई मतदान गर्न आधिकारिक एप्स डाउनलोड गर्न आह्वान ,अब जनताको मतदानबाट उनि अघि बढ्ने

इनेप्लिज २०७९ कार्तिक २१ गते १:०९ मा प्रकाशित

अमेरिकी द भ्वाइस को २२ औ शृंखलामा प्रतिस्प्रद्धामा रहेकी १७ बर्षिय परिजिता वास्तोलालाई मतदान गर्न आधिकारिक एप्स डाउनलोड(अनुप्रयोग अधोभार) गर्न टिम परिजिताले सबैमा आह्वान गरेको छ ।

अर्को हप्ता देखि मतदान प्रारम्भ हुने भएकोले अग्रिम रुपमा बिश्व भरि छरिएर रहेका सबै नेपाली समुदाय सदस्यहरुलाई मतदान गर्नको लागि अग्रिम रुपमा तयारी हुन् टिम परिजिता(टोली परिजिता)ले सबैमा आग्रह गरेको छ ।

टिम परिजिता जिताउ अभियानले द भ्वाईसको आधिकारिक एप्स डाउनलोड(अनुप्रयोग अधोभार) आ-आफ्नो संचार उपकरण(सेल फोन/मोबाइल)मा अहिले देखि नै राख्न अनुरोध गरेको छ । नोभेम्बर १४ देखि प्रारम्भ हुने मतदानमा सबैलाई सरल र सजिलो हुने टिम परिजिताको भनाई रहेको छ ।

बिधुतिय माध्यम (अनलाइन )बाट मतदान प्रक्रिया अगाडी बढ्ने भएकोले अमेरिकाका नेपाली समुदायले जति सक्दो छिटो आधिकारिक एप्स डाउनलोड(अनुप्रयोग अधोभार)गर्न टिम परिजिताले बिशेष अनुरोध गरेका छन् ।

साथै नेपाल लगायत बिश्वभरि यत्र तत्र सर्वत्र छरिएर रहेका नेपाली समुदायले पनि एकै पटक आधिकारिक एप्स डाउनलोड(अनुप्रयोग अधोभार) गर्न अनुरोधको साथै वेबसाइट(संजालस्थल)बाट पनि मतदान हुने हुनाले यस तर्फ पनि टिम परिजिताले सबैलाई टिम परिजितासँग जोडिदै मतदानको लागि तयार हुन् समेत अपिल गरेका छन् ।

आगामी नोभेम्बर ७ का सोमबार पनि अन्य प्रतियोगीहरुको प्रतिस्प्रद्धा हुनेछ भने परिजिता सहभागी हुने छैनन । परिजिताले गत हप्तानै अर्को चरणमा प्रवेश गरि सकेकी छिन । अहिलेसम्म उनी निर्णायकहरुको मतदानबाट मात्र यस अवधि सम्म रहन सफल भएकी छिन । तर नोभेम्बर १४ देखि जनताको मतदानले मात्र अगाडी बढ्ने हुनाले १७ बर्षिय प्रतिभाशाली परिजिता वास्तोलालाई अर्को चरणमा पुर्याउन हामी सबैको साथ ,सहयोग,समर्थनको आवश्यकता पर्ने हुनाले टिम परिजिताले सबैलाई पूर्व तयारी रहन समेत अनुरोध गरेको छ ।

टिम परिजिता जिताउ अभियानमा कोही पनि जोडिन सक्ने छन् । नोभेम्बर १४ का दिन प्रस्तुति समापन हुनासाथ मतदान प्रक्रिया सुरु हुनेछ र नोभेम्बर १५ का दिन केवल १३ जना मात्र प्रतिस्प्रद्धामा रहने छन ।

परिजिता र द भ्वाइसको प्रस्तुति र अन्य गतिबिधि सहित हामी नियमित रुपमा निरन्तर समाचार र अन्य जानकारी लिएर उपस्थित हुनेछौ ।

साथै परिजिता र द भ्वाइसका लागि ईनेप्लिज हेर्न र पछ्याउन समेत सबैमा आग्रह गर्दछौ

The Voice को अफिसियल एप्स डाउनलोड गर्नका निमित्त यो लिंक क्लिक गर्नुहोस् :

https://www.nbc.com/the-voice/exclusives/voice-app?fbclid=IwAR0Rps-hAZsCfm6eLHdGnZDDdBx5DIOYhTsBcLQ5Mis4RAwhtLNzo3DSD4c

टिम परिजितासंग जोडिन यहा थिच्नु होला : https://www.facebook.com/groups/831233151520702/

प्रतिक्रिया