गीतकार एबम फिल्म निर्देशक चेतन कार्कीको गीति एल्बम ‘म चेतन’ लोकार्पण

इनेप्लिज २०७९ कार्तिक १८ गते २१:२३ मा प्रकाशित

गीतकार एबम फिल्म निर्देशक स्वर्गीय चेतन कार्कीको पहिलो गीति एल्बम ‘म चेतन’ लोकार्पण गरिएको छ। नारायण ओलीको एकल संगीत रहेको एल्बमलाइ गीतकार कार्कीको ८४ औं जन्मजयन्तीको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरेको गरिएको हो । वरिष्ठ नृत्य निर्देशक भैरब बहादुर थापा,चेतन कार्की प्रतिष्ठानकी अध्यक्ष कलाकार मिथिला शर्मा ,चेतन कार्कीकी धर्मपत्नी गंगा कार्की गायिका कुन्ती मोक्तान ,म्युजिक नेपालका संस्थापक अध्यक्ष सन्तोष शर्मा लगायत कलाकारहरुले सयुक्त रुपमा म चेतन’ लोकार्पण गर्नु गर्नु भएको हो ।

नौ वटा गीतहरु समाबेश उक्त एल्बममा नारायण ओली, दिप श्रेष्ठ, कुन्ती मोक्तान,अन्जु पन्त,बानिका प्रधान,महेश सेवा, निशान भट्टराई,अस्मिता अधिकारी, रचना रिमाल र प्रविन बेडवालको स्वर रहेको छ। म्युजिक नेपालले उत्पादन र सार्वजनिक गरेको यस संग्रहमा रहेका गीतहरूको म्युजिक एरेन्ज शिलबहादुर मोक्तान,फणीन्द्र राई,गोपाल रसाइलीले गर्नुभएको हो। कार्यक्रममा ‘म चेतन’ एल्बममा समाबेश गायक दिप श्रेष्ठको आवजमा रहेको गीत ”विरहमा ”गीतको म्युजिक भिडियो प्रदर्शन गरिएको थियो । राजिव लोहनी निर्देशित उक्त भिडियोमा कलाकार कोसिस छेत्री र नम्रता सापकोटाको अभिनय रहेको छ । भवानी शिल्पकारको क्यामेरा र टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोको डी ओ पी रवि सायमी हुन् ।

फिल्म निर्देशक, लेखक तथा साहित्यकार समेत रहेका चेतन कार्कीको २०७८ जेठ २ गते ८३ वर्षको उमेरमा निधन भएको थियो । ‘जुन निदाउन थाले तारा निदाउन थाले’ , ‘बैनीको दया छ भने रोदी घर दाइ नाचे नभने’, ‘बुझ्नै सकिनौ तिमिले आँखाको भाखा मेरो’ ,’माया पिरतीको चोखो कथा’ , ‘कान्छी हे कान्छी’ , ‘कलकल सलसल’ , ‘लाज लाग्छ’,’सपनीमा देखेथिये’ ,’मोहनी आँखा’ जस्ता कैयन् कालजयी गीतका सर्जक कार्कीले विश्वास, पहिलो प्रेम, मनको आँखा, भूमरी लगायत फिल्म निर्देशन गरेका थिए ।

प्रतिक्रिया