नेपालको समसामयिक राजनीतिको चर्चा : परशुराम भण्डारी

इनेप्लिज २०७९ कार्तिक १६ गते २२:३९ मा प्रकाशित

नेपालको समसामयिक राजनीतिको बारेमा केही चर्चा गर्नु जमर्को गर्दैछु । आगामी मंसीर ४ गते नेपालमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचन एकै दिन हुदैछ । यो निर्बाचनका बारेमा जनताको मत के कस्तो रहेको छ त ? त्यसका बारेमा मतदाताहरूका अभिमत के के छन त तिनका बारेमा चिरफार गर्न कोशिश गर्ने छु ।

१ नेपाली कंग्रेशलाई आफै एक्लै चुनाब जित्न सकिन्न भन्ने छ त्यसैले गठबंधन गर्यो । अरू कमुनिष्ट मिले भने ५ बर्ष अगाडि कै स्थिति हुन्छ भनेर न आफूलाई खोजी खोजी हत्या गर्ने हिंसामा बिश्वास गर्ने माओवादीसंग चुनाबी तालमेल गरेको आरोप सर्बसाधारणहरूको छ ।

२ नेकपा माओवादी आफ्नो धरातल सकिएको , जनमत कमजोड भएको कारण र कमुनिष्ट नै पार्टी एमालेको रिसले नेपाली कांग्रेससंग जे जस्तो शर्तमा भए पनि मिल्न तयार भएको देखिन्छ ।

३ जनता समाजबादी पार्टीलाई पनि आफ्नो अस्तित्व जोगाउनका लागि नै यो गठबंधनमा मरेर लागेको देखिन्छ । यस पार्टीका नेता डा बाबुराम भट्टराईलाई पिंध नभएको लोटा वा चेपारोको संज्ञा दिइदो रहेछ। माओवादी नेता प्रचंडलाई ठूलो भ्रस्टाचारको आरोप लगाएका बाबुरामलाई त्यो आरोपले जनताका माझ मत माग्न अत्यन्त गाह्रो भएको छ । डा बाबुराम भट्टराईको प्रचण्डलाई गोरखामा सुम्पनुको स्वार्थ नै काठमांडूमा आफ्नू छोरीलाई जिताउने रणनीति पनि हो । साथै युवाको आवाज र मागलाई संबोधन गरे जस्तो पनि हो , उनको रणनीति सर्प पनि मर्ने लाढी पनि नभाचिने हो । एक सूत्रीय उदेश्य जसरी हुन्छ एमालेलाई हराउनु नै हो ।

४ माधव नेपाल समुहको समाजबादी पार्टी को एकसूत्रीय उदेश्य जो जससंग पनि गठबंधन गर्ने तर जसरी पनि एमालेलाई हराउने रणनीति देखिन्छ । एमालेले टिकट नदिएका बिद्रोहीहरुलाई कसरी आफ्नो पक्षमा लान सकिन्छ त्यो उदेश्य झलनाथ र माधव नेपालको देखिन्छ । इलामको अबस्था हेर्दा झलनाथ बलियो उमेद्वार देखिन्छन भने माधव नेपालको पनि सबैको साथ र सहयोगले जित्ने संभाबना देखिन्छ । एनालेबाट चोइटिएको यो समुहको चुनाब चिन्ह प्रति जनता त्यति पपुलर भएको देखिन्न । चारवटा दलहरूले इमान्दारका साथ मत दिए मात्र यी दुइ नेताहरुले चुनाब जित्ने छन् नत्र निक्कै गाह्रो देखिन्छ ।

५ राष्ट्रीय स्वतंत्र पार्टी नेपालका प्रचार राम्रो छ , यसका अध्यक्ष रबि लामिछानेले जित्ने संभाबना बढी छ ,काठमांडूमा पनि यो पार्टीबाट चुनाब नै जित्ने भोट आउन गाह्रो छ तर यो पार्टीले देशका सबै ठाऊबाट सम्मानजनक मत प्राप्त गर्ने छन । प्रत्यक्षमा उल्लेखनीय संख्यामा बिजयी नभए पनि समानुपातिकमा यिनीहरुको राम्रै मत आउने देखिन्छ । आउदो स्थानीय निर्बाचन र प्रतिनिधि र प्रदेशमा यो पार्टीको राम्रो संभाबना देखिन्छ । यो पार्टीमा सबै युबाहरू उमेद्वार भएका कारण सबैको आकर्षण बढेको देखिन्छ तर पार्टीका क्रियाशील सदस्य र संगठित सदस्यहरू आफ्नो पार्टी प्रति बितृष्णा बढी पनि बार नाग्न गाह्रो देखिन्छ ।

६ अहिलेको उदीयमान शक्तिको रूपमा राष्ट्रीय प्रजातंत्र पार्टी देखिन्छ, यो पार्टीमा नितांत युवा उमेद्वारहरू रहेको ,सत्तामा रहेका पार्टीहरुले काम राम्रो गरे पनि त्यो कामको प्रचार कम भएको कारण त्यसको फाइदा यो पार्टीले लिने देखिन्छ । यो पार्टीले राजतंत्र पुनर्स्थापित गर्ने मुद्दालाई जनताले त्यति रूचाएको देखिन्न तर उनीहरुले राखेको माग हिन्दू राष्ट्रलाई मतदाताहरूले अत्यधिक स्वीकारेको देखिन्छ । राष्ट्रीय प्रजातंत्र पार्टीले “ हामी राजतंत्रको बारेमा अहिलेको ब्यबस्था अनुरूप स्वीकार गर्छौ तर हिन्दू राष्ट्रको अडानमा छौ “ भन्ने नारा लिने हो भने धेरै कांग्रेस र कमुनिष्टहरुका मत यो पार्टीमा आउने छन ।

७ अहिलेको निर्बाचनमा धेरै मतदाताहरूको ध्यान नितांत स्वतंत्र उमेद्वारहरुले आकर्षण गरेका छन् । काठमांडूको क्षेत्र न ७ मा उमेद्वार बनेका आकर्षण पोखरेल निक्कै पपुलर देखिन्छन । रबि लामिछानेको पार्टीका उमेद्वारहरु र स्वतंत्र उमेद्वारहरुका चुनाबी घोषणा पत्रमा तात्विक फरक देखिन्न । धेरै मतदाताहरूको चाहना राष्ट्रीय स्वतंत्र पार्टी र स्वतंत्र उमेद्वारहरू एउटै ठाऊमा उभिए हुने थियो भन्ने पाइयो ।यी दुइ समुहका उमेद्वारहरुका मत बिभाजनका कारण पुरानै पार्टीका उमेद्वारहरू बिजयी बन्ने संभावना देखिन्छ ।

८ “मंसीर ४ एमाले सरकार” नारा लिएर आएको एमाले अहिलेको निर्बाचनमा एउटा सशक्त ठूलो शक्तिका रूपमा रहेको देखिन्छ । एमालेले भरखरै तामझामका साथ नौलो तरिकाबाट चुनाबी घोषणा जारी गरेको छ । एक बर्ष अगाडि सत्ताबाट बाहिएको एमालेका लागि सबै तिर फलामकै च्यूरा बनेको छ । उसलाई सबैभन्दा ठूलो चुनौती भइरहेको सरकारलाई ढाल्दै संसद बिघटन गर्नु , केही असन्तुष्ट नेताहरुलाई टिकट नदिनु , कोरोनाको समयमा औषधि खरीदमा लगाइएको अनिमितता जस्ता बिषयलाई एमालेले जनतालाई प्रष्ट्याउन सकेको छैन । एमालेको शासन कालमा बिकासका बारेमा यो पार्टीका कार्यकर्ताहरूले जनताका वीचमा नपुर्याउनु यो पार्टीको ठूलो भूल भएको छ । यो पार्टीमा रहेका केन्द्रीय नेताहरू जो केपी वलीका नजिकमा रहेर काम गरे ती प्रति मतदाताहरू अत्यन्त नकारात्मक छन । एम सि सि मुद्दामा एमाले मौन बसेका कारण उसलाई खासै घाटा देखिदैन । तर एम सि सि मुद्दामा गठबंधनलाई निक्कै घाटा हुने देखिन्छ ।

यो निर्बाचनमा मतदाताहरूले पार्टीलाई भन्दा पनि ती पार्टी भित्रका असल चरित्र भएका उमेद्ववारहरुलाई मतदान दिने देखिन्छ जस्तो कि मोरंगको ३ नम्बर क्षेत्रमा रहेका मतदाताहरू भन्छन हामी एमाले छोड्दैनौ तर डा सुनीललाई भोट हाल्छौ , त्यस्तै हामी कांग्रेस छोड्दैनौ तर रेखा थापालाई भोट हाल्छौ । त्यस्तै रबिन्द्र मिश्रको हकमा पनि काठमांडू १ म त्यही देखिन्छ । झापामा नेपाली कांग्रेसका नेता बिश्व प्रकाश शर्मा त्यस्तै रा प्र पा का अध्यक्ष राजेन्द्र लिंगदेन यस्तै भोटहरु पाएर जित्ने देखिन्छन । तर पनि धेरै मतदाताहरूले गठबंधनलाई स्वीकार गरेको देखिन्न । धेरै मतदाताहरू सबै खराब तर खराब मध्येको एउटालाई छान्छौ भन्छन भने धेरै मतदाताहरूले निर्बाचनमा भाग लिनै नजाने पनि बताएका छन ।

(यो लेख कसैका प्रति आकर्षित गर्नका लागि लेखिएको होइन )

प्रतिक्रिया