लक्ष्मी जयन्ती २०२२ साक्रमेन्टो क्षेत्रको डेविस शहरमा सम्पन्न

इनेप्लिज २०७९ कार्तिक १५ गते २२:३२ मा प्रकाशित

लक्ष्मी जयन्ती २०२२ (लक्ष्मीप्रसाद देवकोटा जयन्ती) गत हप्ता अक्टोबर ३०, २०२२ मा सदा झैं बृहत् साक्रमेन्टो क्षेत्रको डेविस शहरमा सम्पन्न भएको छ । यो कार्यक्रम सन् २०१६ सालदेखि यस शहरमा भव्यताकासाथ शुरु हुन थालेको हो । उक्त शहरको मेरी एल स्टेफेन्स पु्स्तकालयको हलमा सम्पन्न भएको कार्यक्रमको आरम्भ महेश गौतमजीले स्वागत मनतव्य, प्रमोद अमात्यजीले कार्यक्रम खाका र नीरन्जन वाग्लेजीले महाकविको कविता अंश पाठ गरेर गर्नु भएको थियो । यस कार्यक्रमको संचालन स्वस्तिका स्वस्तिजी र बाबु आचार्यजीले गर्नु भएको हो ।

कार्यक्रम संचालन अगाडि भेटघाट, पुस्तक प्रदर्शन, विक्री वितरण तथा चियापानको अनौपचारिक कार्यक्रम रहेको थियो । मञ्चमा कुनै औपचारिक आसन ग्रहन, माला खादा, भाषण आदी गतिविधि बेगर सहज र सरल तवरमा रचना वाचन र श्रवणको कार्य सम्पन्न भएको थियो ।

रचना वाचनमा विनोद पौड्याल, कृष्णमान श्रेष्ठ, अमर तामाङ्ग, सर्वज्ञ वाग्ले नवराज कार्की, दुर्गा दाहाल तथा सुरेश भट्ट हुनुहुन्थ्यो । त्यस्तै रितादेवी प्रधान, शान्ति पौडेल, मधु पोख्रेल, र स्वस्तिका स्वस्तिले पनि आफ्ना रचना सुनाउनु भएको थियो । साथै, बाबु आचार्य, मुरारी पौडेल, सुरेन्द्र वाग्ले, महेश गौतम, नीरञ्जन वाग्ले तथा प्रमोद अमात्यले आआफ्ना रचना सुनाउनु भएको थियो ।

अनुशासित, शान्त वातावरणमा कार्यक्रम सफलताकासाथ सम्पन्न भएको थियो । अन्तमा हल्का खाना, फोटो सेसन र विचार विमर्श र अर्को वर्ष फेरि भेला हुने वाचा सहित कार्यक्रम समाप्त भएको थियो ।

प्रतिक्रिया