तिम्रो माया नक्कली पो रहेछ, मैले बेलैमा चिन्न सकिन।
दुनियाँ नाटक गरि नजिकिए कि थियौ,
लिलामीवाला तिम्रो माया/ जवानी मैले त किन्न सकिन।
तिमीलाई पैसावाला माया चाहिएको रहेछ,
रात/दिनै ओछ्यान किन्दै पैसा दिदै हिडनेवाला,
तर म सोझोले त्यो कुरालाई छिन्न सकिन।
तिमीलाई बोक्रे भलादमी ब्यक्ति मनपर्दो रहेछ,
तर म सदैव वास्तविक जीवनको खोजी थिए र छु।
तिमीलाई फेरिफेरि शरिरिकलाई माया गर्ने मायालु चाहिएको रहेछ,
तर मलाई भावनात्मक रूपमा माया गर्ने माया गर्ने मायाको खोजिमा थिए।
तिमीलाई नाईट क्लब र बार छिरेर सगै मदिरापिउने वाला प्यार चाहिएछ,
तर म साधारण जीवन ज्युने अनि जुस र पानीमात्र पिउने परेछु।
तिमीलाई पाप धर्मको ख्याल नग्रने नास्तिक चाहिएको थियो,
तर म आस्तिक परेछु, मेरो कुल धर्मले त्यो गर्न मिल्दैन।
तिमीलाई गोजीवाला चाहिएको थियो
अनि मलाई सोझी र संस्कारीवाला।
तिमीलाई हजारौंको हात ,साथ र लात चाहिएको थियो
तर मलाई एक हात र आजिवन साथ चाहान्थे।
तिमी क्षणिक रमाइलो मै रम्ने र जम्नेवाला पर्यौ,
तर म जीवन्त खुसीको खोजिमा थिए।
कोही सम्बन्ध विच्छेद गरेर वस्नुपर्ने,
कोहीले ३-४ ओटा विहे गर्न कम्मर कस्नुपर्ने पर्ने,
कोहीले आत्माहत्या नै गर्नु पर्ने,
कोही आजिवन विधुवा भई बस्नुपर्ने,
कसैलाई अर्काकी स्वास्नी भगाउनु पर्ने,
कोहीलाई २-३ छोरा/ छोरी छाडेर अर्कै पुरूष सगँ लाग्नुपर्ने,
कस्तो अचम्मको यो दैवको लिला पनि,
चित्त बुझाउनु परेको छ मेरो भाग्य यस्तै रहेछ भनि।
जवानीको खेला नै हो कि,
चलेको हो यो फेसन
खै के? खै के? भनौ म के
कस्तो चलेको मैले त बुझनै नसकिने यो सेसन।
जे जे भएपनि बितेका कुरामा गुनासो नगर्नु है,
जीवनमा जो आयो त्यसैको मात्र भरपर्नु है।
के पाईयो, के गुमाईयो भनेर चिन्ता नगर्नु है,
आखाले देखेको , मनले रोजेको/खोजेको भन्दा नि भाविको लेखान्तमा भरपर्नु है।
आखिर जीवन दुख/सुखका साथ कटाउनुनै त छ,
जति पीडा भएनि मनभित्र नै अटाउनुनै त छ।
जसरी/तसरी , जे आफुसगँ छ त्यसैमा जीवन चलाउनु
मनभरि पीडा भएनी अनुहारको मन्द मुस्कानले मान्छेको मन जलाउनु।
यस्तै यस्तै कथा र ब्यथा छ, कलियुगको प्यार र मायामा,
जे जे गरे पनि जीवनको उतार्धमै नपरून कोही पनि छायामा।
अलि जलप लगाएको सुन जस्तै छ कलियुगको प्यार,
मैले समाजमा जे देखे त्यहि लेखे ,त्यसमा चिन्ता नलेऊन यार।(२)
प्रतिक्रिया