माटो

रूपेश कार्की (बद्री प्रयास) २०७९ कार्तिक ६ गते ११:०९ मा प्रकाशित

यस पृथ्वीमा १२ प्रतिशत मात्र खेतीयोग्य जमिन छ त्यहि पनि विश्वमा मानवबिकासको क्रम सगै  उर्वर जमिन को कमि हुँदै गएको छ।भएका ६०%जमिन हरू कङ्किट मा स्थानतरण भईसकेका छन कति हुनेअवस्थामा छन ।जुन अवस्था  निरन्तर  रहि रहने हो भने हामी मानवले नै आफनो अस्तित्व  आफैले समापन गर्ने छौ, एक दिन। मानव जीवनमा गाँस, बास र कपास पहिलो आधारभुत तह हुन। जस्लाई अर्को अपरिहार्य  तत्व जल ,जमिन ,वायु,भुमि हुन जुन बिना मानव इतिहासको कल्पना समेत गर्न सकिँदैन।विश्वको जनसंख्या  तिब्रगतिमा वृद्धि भई रहदाँ मानिसले आफनो बास स्थल वा भवन बनाउदा खेतीयोग्य  जमिन लोप हुँदै गईरहेको छ।

अर्को तिर आवासिय  क्षेत्रको निमित भन्दै उर्वर भुमिलाई पुजिवादीहरूले व्यापारीकरण गरिरहदाँ हाम्रो  अस्तित्व नै सकंट मा पर्ने देखिदै आएको पाईन्छ।व्यापारी, भु-माफिया मिलिममत‍ो गर्ने कर्मचारी हरूलेले भने अरवौ अकुत सम्पति कमाएको देखिन्छ।प्लटिङको नाम मा कतै अस्तित्व नै समापन त हुने होईन? विश्व को धेरै देशले यसलाई उचित ब्यवस्थापन अभ्यास  गरि रहदाँ नेपाल भने यसको कुनै मतलब  छैन नेपालको कुल भुभागको २९ % मा खेतीयोग्य  माटो छ त्यहि पनि २०६२/२०६३ पछिका ७० प्रतिशत छोटेलालहरू,आफुलाई वुद्दीजीवी भनाउदा हरूले आफुलाई हित हुनेखालमा भुमि ऐन ल्याउने र कमाउधन्दा चलाएर फाईदा उठाए तर त्यस्को असर तिनिहरूलाई पनि भविष्यमा  पर्नेछ “आफुले खनेको खाडलमा मानव पुस्ता आफै पर्दैछन” ।त्यसलाई  पनि पुजिकरण गर्दा हामी  जस्तो  अविकसित  राष्ट्रले के हालत भोग्नु पर्ला? कसैले यसलाई मध्यनजर र अध्ययन  गरेका छौ? यसको नतिजा क आउछ? अवको  हाम्रो आगामि पुस्ता के हालत के हुन्छ होला? १००/१५० वर्षमा कुन अवस्थामा पुग्लान नेपालीहरू? कता जादैछ मानव पुस्ता ? गाँस,बास र कपास बिना  पनि मानव चोला सम्भव होला र? के अवको हाम्रो  पुस्ताले चिनले बनाएको प्लाष्टिक को चामलमा जीवनयापन गर्नु पर्ने हो? के विज्ञान वातावरण ,मानव र प्रकृति  भन्दा माथि छ र ? यसो  हेर्दा माथिका प्रश्न  हासिमजाक लाग्नेखालका भए पनि अहिले नै हामीले आवासिय क्षेत्र र खोतियोग्य जमिनको पहिचान गरि उचित  व्यवस्थापन  गरेनौँ भने भावि सन्तततिको कल्पना पनि नगर्दा हुन्छ। परनिर्भर भएर कतिबर्ष बाचिएला? अहिले नै खाद्यान्न आपूर्ति ९१% छ जाबो ९% मात्र छ हाम्रो, यदि भारतले रोक लगायो भने केहुन्छ हाम्रो हालत कुनै  विज्ञ र नेपाल सरकारले केही सोचेको छ?

अनेकौ नाममा जस्तै : सडक निर्माण, सहरीकरण र विकासको निमित उर्वर जमिनमा निर्माणका ठुला ठुला मेसिनहरू मनलाग्दी  हिसावले विना अध्ययन यस्ताकाम गर्दा,एक त उर्वर जमिन वर्षेनी   २० पर्तिशतले कमिहुदैछ ,अर्कोतिर  प्राकृतिक प्रकोप बढेको  ६१% को दरले बढदै छ।यसको असर वातावरण पर्दैछ,धेरै प्राणि लोप भैसकेका छन, केहि लोपोन्मुख मा छन भने मानवअस्तित्व संकटमा परेको छन।

केहि पुजीवादीहरूले आफ्नो व्यवसाय चलाउनको निमित्त सरकार र त्यसका सम्वन्धित  निकायहरूलाई नै लिलामी गरेर आफ्नो हितमा काम गरेपनि असर पर्ने भनेको मानव सभ्यतामै हो यसको चेतना हुनु जरूरत छ।आखिर हामी आफैभुमरीमा पर्ने हौ, प्रकृति  ले त हामीलाई बर्दान स्वरूप उपहार मानवले  पाएका मात्रै हौ।

अन्त्यमा: मेरो अनुरोध नेपालीहरू र नेपाल सरकारलाई

नेपाल एक कृषि  प्रधान देश, त्यसमा पनि भुपरिवेष्टिक राष्ट्र ,फरक फरक भुगोल जस्तै: हिमाल, पहाड र तराई भएको देशको मानव भएको हैसियत पनि एकचोटी  गम्भीरता  पुर्वक निस्वार्थ ,अकुत पुजी प्रलोभन बिना छातीमा हात राखेर आफु र आफ्नो सन्ततिलाई  सम्झेर माटोको संरक्षण गर्ने वेला आएको छ। जस्ले जे, जसरी  सक्छौ  त्यसै गरि माटोको संरक्षण  गरौ अरूलाई मात्र दोषारोपण  नगरौ अन्यथा ” ठाउँ  न थर बुढीको रहर” जस्तो सावित  नहोस।

नेपाल सरकारले  गर्नु पर्ने कार्यहरू:

१)सम्वन्धित  विज्ञहरूसगँ  प्ररामर्श सल्लाह गरि प्रतिवेदनतयार पार्ने,विश्लेषण,अनुसन्धान  गरि  भुमिको वर्गीकरण गर्ने

२)भुमि संरक्षण  सम्वन्धित  कानुन वनाई कार्यनयन गराउने

 ३)वर्गीकरण  गरिएको भुमिको ब्यवस्थापन गर्ने टेवा पुर्याउने

४)उर्वर  भुमिमा खेति गराउन सम्वन्धित धनीलाई  प्रोत्साहन  गर्ने  आर्थिक  अवस्था कमजोर भएमा उचित व्यवस्थापन गराउने।गर्न नसक्नेको हकमा सरकारले भाडा लिने र कृषि मुलक कार्यक्रम सञ्चालनगर्ने जसले रोजगारीको सिर्जना  गर्ने छ।

५) आवसिय भुमिमा मात्र निर्माणको स्वीकृति  दिने ।

५) भु- सर्वेक्षण पछि मात्र सरकारको तर्फबाट गरिने विकास निर्माण कार्य जस्तैःसडक, खेलमैदान,विमानस्थ आदि कुरामा वजेट स्वीकृत गरने गराउने। जस्ले गर्दा दिगो विकास हुन्छ ।राष्ट्र, राष्ट्रिय र मानव अस्तित्व  रक्षा हुन्छ,प्राकृतिक  प्रकोपमा कमि आउछ ,स्वरोजगारी हुन्छ।

प्रकृति भन्दा माथि विज्ञान र मानव जग हुदैन यदि हुन खोज्यौ भने त्यसको क्षति स्वंयम मानव पुस्ता प्राणीजगतले व्यहोर्नु पर्ने हुन्छ”।

 माटो बचाअौ, जीवन बचाअौ“अभियानका अभियान कर्ता “सद गुरु” जो यहि अभियानलाई सफल पार्ने हेतुले विश्वका १५० ओटा देशको मोटरसाइकलमा भ्रम गरि हरेक देशका सरकार,मन्त्री, अनुसन्धानकर्ता र अभियान कर्ता सगँ आफ्नो ज्ञान वाढदै यो अभियान र यसको उदेश्य र फाइदाहरू प्रकाश पार्दै नेपाल समेत सेक्टेमबर २ तारिख मा एउटा सम्मेलनमा  सम्पन्न  गर्नुभयो जुन भव्य र सभ्य थियो। जहाँ विज्ञ, जानकारक,अभियन्ता र कृषि  मन्त्री ,मन्त्रीहरू, भुतपुर्व/ निवर्तमान  प्रधानमन्त्री हरूले स्वयम  उपस्थित हुनुभयो। कृषि  मन्त्री  र प्रधानमन्त्री ले त सहम जनाई हस्ताक्षर पनि जनाएछन तर यसको कार्यनयन  हुनेमा चाहिँ शंका छ। किनकि  यिनिहरूमा लोभी ,पापी र नैतिकवान छैन। केही पैसामा बिक्री  हुन्छन।आफन्तावाद ,पुजिवाद, कमाउवाद र रमाउवाद भन्दा माथि यिनीहरू जानैसक्दैनन्। मलाई मलाई  अचम्म लागेको कुरा चाहिँ अभियानको सहमति भई  र कार्यनयन गराउन हस्ताक्षर  गर्न लाई यिनीहरूलाई लाज लागेन्छ? “के लाज भन्ने कुरा कलियुगमा निबस्त्र  हिडदा मात्र हुने हो?”

 “माटो जोगाअौ,सम्पुर्ण प्राणीको जीवन जोगाअौ र  मानव अस्तित्व जोगाअौ”यो नै मानव धर्म हो।यसैमा सवैको हित र जित छ।

जय गोरख

✍️रूपेश कार्की (बद्री प्रयास) साहित्यकार तथा लेखक

रूपेश कार्की (बद्री प्रयास)

✍️रूपेश कार्की (बद्री प्रयास) साहित्यकार तथा लेखक

प्रतिक्रिया