के अपूर्वको हाँस्यव्यग्ंय प्रस्तुति अपराध हो

डा. गोबिन्दसिंह रावत, क्यानडा २०७९ कार्तिक ६ गते ९:५२ मा प्रकाशित

हिजो रंगकर्मी सहयात्री तथा साहित्यकर्मी शब्दपथका संचालक किशोर पहाडीले आफ्नो फेसबुकमा ‘कलाकारमाथि अत्यचार भयो सरकार====================’ भनेर अपूर्वमाथि फौजदारी मुद्दा लगाउने प्रयाससम्बन्धी समाचारको कटिङ्ग राखेर विरोध गरेको देखेर कलाकारको समर्थनमा यो लेखबाट एक्यवद्धता जनाउन मन लाग्यो । अहिले बजारमा एउटा समाचार जंगलाको आगो जस्तै फैलिएको छ ‘अपूर्वविरुद्ध फौजदारी अभियोगमा ४ मुद्दा, ५ वर्षसम्म कैद दावी’ । हुन त उनलाई दुईलाख पचास हजार धरौटीमा रीहा गरिएको छ । तर पनि एउटा कलाकारले कलाकारिताबाट कति नै पैसा कमाउँन सक्छन् र उसले यति ठूलो रकम धरौटी तिर्न सकोस, भन्ने प्रश्न आउँछ ।

अभिनयका नौवटा रसमा हाँस्य रस पनि एउटा रस हो । भरतमूनिको नाट्य शास्त्रमा प्रहर्सनलाई पनि नाटकको एउटा प्रकार मानिएको छ । नाटकमा हाँस्य रसलाई अनिवार्य मानिन्छ । यहीँ हाँस्य संवादले नाटकमा रोचकता ल्याउने गर्छ । मनोरञ्जन पस्कने गर्छ । प्रारम्भमा कुनै पनि साँस्कृतिक कार्यक्रममा प्रहर्सनको व्यापकता थियो । अनि विस्तारै व्यक्ती प्रस्तुतिले व्यापकता पाउँदै गयो । यहीँ व्यक्ती प्रस्तुतिमा क्यारिकेचरले ठाँउ पाउँदै गयो । क्यारिकेचर अर्थात कुनै व्यक्ती विशेषको नक्कल गर्नु हो । प्राचिन समयमा समाजका प्रतिष्ठित व्यक्तीहरु र नेताहरुको क्यारीकेचर गर्ने गरिन्थ्यो भने कालान्तरमा नाम चलेका समाजका परिचित कलाकारहरुको क्यरिकेचरले प्राथमिकता पाउन थाल्यो । हाँस्यका लागि जातीय भाषाको लवजको व्यग्ंय प्रस्तुतिको प्रयोगले पनि स्थान पाउँदै गयो । यसमा विशेष गरेर एउटा जातिले बोल्ने लवजलाई अर्को जातिका कलाकारले हाँस्यात्मक प्रसङ्ग जोडेर प्रस्तुत गरेर दर्शक÷श्रोता हसाँउने गरिन्छ । नेपालमा तराई, मधेश, नेवार, गुरुङ्ग, मगर, शेर्पा आदि विभिन्न जातीका लवज प्रयोग गरेर हाँस्य प्रस्तुतिहरु दिने गरेको र दिदै आएको सर्वविदितै छ । कमेडियन अर्थात हाँस्यव्यव्ँयको प्रस्तुतिमा विस्तारै व्यक्ति प्रस्तुतिलाई स्टेण्डअप कमेडी भनिन थाल्यो । यसले व्यापकता पाउँदै गएपछि नयाँ–नयाँ कालकारहरु देखा पर्न थाले । यस्तो स्टेण्डअप कमेडीलाई प्रोत्साहित गर्न स्टेण्डअप कमेडी क्लबहरु पनि खोलिन थाल्यो । आजको व्यस्त जीवन शैलीबाट केहीबेर आनन्द लिनका लागि मानिसहरु यस्ता स्टेण्डअप कमेडी क्लबमा आउन थाले र यसले व्यापकता पाउँदै गयो । यस्तै स्टेण्डअप कमेडियनका रुपमा परिचित थिए अपूर्व क्षितिज सिंह । भारतबाट चार्टर एकाउण्टको अध्ययन गरेर कलाकारिता रोजेका अपुर्वले हाँस्यव्यग्ंय प्रस्तुतिका कारण मुद्दा खेपीरहेका छन् ।

आजको मितिमा नेपालमा मुद्दा हाल्ने फैसननै चलेको छ भने वकिलहरुका लागि खाने भाडो बनेको छ । एउटा वकिललाई समातेर कसैको विरुद्धमा मुद्दा दर्ता गराए पनि हुन्छ । वकिलले नहुने मुद्दा पनि दर्ता गराई दिन्छन् र न्यायधिशले पनि नबुझेकै भरमा मुद्दा अगाडि बढाई दिन्छन् । यस्तोमा मुद्दा लगाउनेले झिङ्गे दाँऊ लगाएको हुन्छ भने वकिलले पैसा कमाउने मौका पाएकोले मुद्दा दायर गरी दिन्छन् । अनि समय बढाउँदै बडाउँदै अदालतको दुख खेप्न निर्दोष व्यक्ती बलिको बोका बन्ने गर्छन् ।

फेरी आऊ हाँस्यव्यग्ंयकै प्रसङ्गमा । पञ्चायत कालमा राजा र राजपरिवारबाहेक अन्य जो कोहीलाई पनि व्यँग्य गरेर हाँस्य प्रस्तुति दिने छुट थियो । रेडियो नेपालको रसरङ्ग कार्यक्रममा सहभागी हुँदा पहिला स्क्रिप्ट बुझाउनु प¥थ्यो । त्यसमा कुनै आपत्तिजनक प्रसङ्ग वा शब्द भएमा काटिन्थ्यो । अनि मात्रै रेकार्डिङ्ग गरिन्थ्यो । रेकार्डिङ्ग भएपछि पनि त्यसको फेरी सेन्सर हुने ग¥थ्यो । अनि त्यसमा पनि कुनै आपत्तिजनक प्रसङ्ग भए काटिन्थ्यो । यसरी काटिदा काटिदै पनि कहिलेकाँही कुनै प्रसङ्ग सेन्सरबाट पनि चिप्लिने ग¥थ्यो । अनि प्रशारण भएपछि त्यसको खोजतलास शुरु भएर सम्बन्धित व्यक्तीमाथि कारवाही हुने गरिन्थ्यो । त्यसबेला जनतालाई भरपुर मनोरञ्जन दिने रसरङ्गमा २०३६ सालको जनमत संग्रहपछि राजनीतिक व्यँग्य बढ्दै जान थालेपछि रोकियो । प्रज्ञा प्रतिष्ठानको गाईजात्रा महोन्सवमा २०३७ सालदेखि सहभागी बन्दै आएको अनुभवमा धेरैपटक धेरै संवाद काट्नु परेको सम्झना छ । पाँच अङ्कले श्री५ जनाउने भएकोले मेरो एउटा प्रहर्सनमा सबै पाँच अङ्क भएका शब्दहरु काटिएको थियो । त्यस्तै एउटामा प्रहर्सनमा यहाँको सरकार मूर्ख छ भन्ने संवाद काटिएको सम्झना छ । यस्ता धेरै संवाद र शब्द काटिने ग¥थ्यो त्यसबेला । त्यसबेला पनि जातीय लवज प्रयोग गरेर हँसाउनेहरु थिए । रेडियो नेपालबाट दिन प्रतिदिन कार्यक्रम संचालन गर्दा पनि धेरैपटक रेकार्ड गरेर प्रशारणका लागि बुझाएपछि सेन्सर गरेर शब्द र संवाद काटिएर प्रशारण हुने गथ्र्यो । एकपटक त स्क्रिप्ट पास भएर निर्णायक मण्डलीका सामु प्रस्तुत गरेर पहिलो प्रस्तुतिपछि नै मेरो प्रहर्सन बन्द गर्ने आदेश आएको थियो ।

एकपटक रेडियो नेपालको वार्षिक कार्यक्रममा त्यसबेला रेडियो नेपालका जागिरे दिपकराज गिरीले सांसदहरुलाई व्यंग्य बनाएर सांसदको संख्यालाई घाँटीको किराको संज्ञा दिएर राम्रो हाँस्यव्यंग्य प्रस्तुत गरेका थिए । त्यसबेला जयप्रकाश आनन्द संचार मन्त्री थिए र कार्यक्रममा उनको पनि उपस्थिति रहेको थियो । कार्यक्रमपछि मन्त्री आनन्दले तुरन्तै दिपकराज गिरीलाई जागिरबाट निकाल्न ठाडो आदेश दिएका थिए । आज दिपकराज गिरी आफ्नो कलाकारिताबाट उचाँई नाप्दै छन् । मन्त्री आनन्द भ्रष्टाचारको मुद्दा खेपीरहेका छन् ।

पञ्चायत कालदेखि नै प्रशासनले जहिले पनि चाकरी देखाउन सानोतिनो कुरामा सेन्सरको अङ्कुश लगाएर स्रष्टालाई दुख दिदै आएको छ । पञ्चायत कालमा गाईजात्राको बेलामात्र व्यंग्य गर्ने छुट पाइन्थ्यो र प्रज्ञा प्रतिष्ठानले गाईजात्रा महोत्सवको आयोजना गरेर एक हप्तासम्म हाँस्यव्यंग्य कार्यक्रममको आयोजना ग¥थ्यो । २०४६ सालको आन्दोलनपछि प्रज्ञाको गाईजात्रा महोत्सवमा तगारो लगेपछि विभिन्न संस्थाले जताततै गाईजात्राको नाममा छाडा हाँस्यव्यंग्य कार्यक्रमहरु देखाउन थालेपछि सेन्सर बिनानै कार्यक्रममहरु कलाकारको विवेक अनुसार तयार पारिएको स्क्रिप्टमा प्रस्तुति हुन थाल्यो । त्यसमा भएका सामग्री दर्शकले पचाउन सक्ने भए ठीक नसक्ने भए जे बेठीक मानिन्थ्यो । अनि त्यसलाई सच्याएर फेरी प्रस्तुत गरिन्थ्यो ।

यस्तै अवस्थामा अहिले अपूर्व परेका छन् । अपूर्वको प्रस्तुतिमा पनि त्यहीँ भएको हुन सक्छ । उनले नकारात्मकसँगै सकारात्पक पक्षलाई पनि आफ्नो प्रस्तुतिमा राखेका थिए । तर नकारात्क पक्षको मात्र कुरा निकालेर अपूर्वमाथि लगाइएको मुद्दा जायज हो वा हाईन भन्ने कुरा एकातिर छ । अपूर्वले नेवारी समुदायमाथि बनाइएको हाँस्य प्रस्तुतिबाट नेवारी समुदायलाई असर पर्नु स्वभाविकै हो । यसको विरोध भएपछि उनले युट्युबबाटै कार्यक्रमलाई तुरन्तै हटाई दिएका छन् भने यसका लागि उनले माफी पनि माँगी सकेका छन् । उक्त कार्यक्रम प्रस्तुत गर्दा दर्शक दीर्घामा नेवार समुदायबाट पनि उपस्थिति रहेको थियो र उनले त्यसलाई पनि आफ्नो प्रस्तुतिको माध्यम बनाएर हाँस्य प्रस्तुति पस्कदै गएका थिए । तर पनि व्यापक रुपमा यसको विरोध भएपछि उनले आफ्नो गल्ती मानिसकेका छन् । त्यसको प्रायश्चित उनले ऊजुरी परेको थाहा पाउनासाथ आफै ंथाना गएर आफुलाई बुझाई सकेका थिए । त्यसभन्दा बढी अरु के गर्न सकिन्छ । उनको भूलको प्राश्चित उनले माँफी माँगेर गरी सकेका छन् । तर उनलाई अनावश्यक तनाव दिन थालियो । ज्यानको खतरासमेत भएको महशुस गराईयो । दुईपटक जेलमा परी सकेका छन् । एउटा प्रस्तुतिको लागि उनी जिन्दगीभर जेल बस्नु पर्ने ? अनि न्याय खोज्न कता जाने ? यदी आवेगमा आएर उनीबाट केही अनपेक्षित कार्य भई दिएको भए कस्लाई दोष दिने । दिपकराज गिरीको एउटा चलचित्रको पाईरेसी भएपछि त्यसको दोषी बारे थाहा पाएपछि सजायको डरले उनले आत्महत्या गरेको समाचार कसैले बिर्सेका छैनन् । यो एक संवेदनशिल विषय पनि हो । आज राष्ट्रिय क्रिकेट खेलाडी सन्दिप लामिछानेमाथि लागेको आरोपका बारेमा संन्दिपले आफ्नो बयानमा उनीसँगै क्रिकेट खेल्ने खेलाडीले उनको बढ्दै गएको नामका कारण रीषिईविमा उनलाई फसाउन खोजेको भनेका छन् । भनिन्छ मानिसले स्वार्थमा जे पनि गर्न सक्छन् । उनको पक्षमा कतै कुनै कलाकारबाट आवाज उठेको छैन । एउटा कलाकारमाथि भएको ज्यादतिलाई अरु कलाकारले तमाशा बनाएर हेरी रहेका छन् । उनको पक्षमा सामाजिक संजालमा कुनै पनि कलाकारहरुले एउटा शब्द पनि खर्चेका छैनन् । हाँस्यव्यंग्य क्षेत्रका महारथी बनेकाहरु पनि मौन छन् । कलाकारको नाममा खोलिएका संस्थाहरु व्यक्तिगत हीत खोज्दैमा व्यस्त छन् ।

हामीकहाँ जातिगत कुरालाई लिएर व्यंग्य बनाउने चलन परम्परादेखि चल्दै आएको छ । नेवारीमा बाहिर को छ भनेर सोधिएमा मधेशी वा तराईवासी भए ‘मनु मखु मस्र्या खः’ अर्थात मान्छे हैन मधिशे हो भनिन्छ । यो कसले कस्लाई भन्यो भन्ने कुरा थाहा नभए तर यस्तो भनिन्छ । काठमाडौं उपत्यकामा तराईवासीहरुमाथि गरिने असमान व्यवहारबारे भनि रहनु नपर्ला । अपूर्वले कतै मधेशी हुनु परेको पीडा त भोगी रहेका छैनन् । किनभने उनको विपक्षमा पाँचजना वकिलले कुरालाई बङ्ग्याएर उनीमाथि प्रश्नपछि प्रश्न तर्साएर उनलाई जबरजस्ती अपराधी बनाउन खोजिएको बारे उनले भनि सकेका छन् । यसरी एकजना कलाकारमाथि भएको ज्यादति यो पहिलोपटक भएको हो । उनलाई भोली कसुरवार बनाइयो र धपराधी करार दियो भने उनले सजाय पाउने छन् । यसरी अरुमाथि व्यंग्य गर्नेले सजाय पाउछ भन्ने नजिर बन्यो भने यो भोलीका कलाकारहरुका लागि पनि खतरा बन्न सक्छ । अर्थात नेपालमा व्यंग्य गर्नै गाहे हुन सक्छ ।

गत वर्ष भारतका दुईजना स्टेण्डअप कमेडियनमाथि हिन्दुवादी कार्यकर्ताले मुद्दा हालेर थुनामा पु¥याएका थिए । मुनावर ईकबालले हिन्दु देवता र विजेपी नेता अमित शाहमाथि व्यग्ंय गर्यो भनेर उजुरी गरिएको थियो । त्यस्तै अर्का स्टेण्डअप कमेडियन विर दासले अमेरिकामा भएको आफ्नो प्रस्तुतिमा ‘हामी त्यस्तो समाजबाट आएका हौं जहाँ दिउसो महिलालाई पुजा गरिन्छ र राती बलत्कार’ भनेको कुरालाई लिएर भारतमा उजुरी भएपछि उनलाई भारत फर्कनासाथ समातिएको थियो । यी स्टेण्डअप कमेडियनहरु समातिएपछि उनीहरुको पक्षमा धेरैनै स्टेण्डअप कमेडियनहरुले विरोध गरेका थिए । भारतीय जनता पार्टीका कार्यकर्ताले उजुरी गरेर समातिएको थाहा पाएपछि काँग्रेस पार्टीले यसको विरोधसमते गरेका थिए । उनीहरुमाथि मुद्दा दायर भएपछि रिहा गरिएको थियो । अझ भारतीय प्रधानमन्त्री मोदीले आफ्नो ट्युटरमा ‘हामीलाई अझै व्यंग्य र हाँसो चाहिएको छ । हाम्रो जीवनमा खुशियाली ल्याउन हाँसो नै उत्तम माध्यम हो, दुःख हरण गर्ने’ भनि लेखेर पोष्ट गरेका छन् । तर नेपालका कुनै पनि नेता वा अभिनेताले एक शब्द पनि ओकलेका छैनन् । सत्ताधारी नेता माधव नेपालले चुनावमा जितेपछि युवाहरुलाई विदेशमा काम गर्न जानलाई फ्रि टिकट र भीसा दिने भनेर चुनावको आचार संहीता विपरित चुनाव सभाबाट आश्वासन बाडेको विरुद्ध चुनाव आयोगले कारवाहीका लागि बुझाएको पत्र उनको कार्यालयले बुझेनन् भनेर समाचार छापियो अनि नेतामाथिको कारवाही त्यसै तुहियो । पर्यटन मन्त्री जीवनराम श्रेष्ठलले त बाराको आमसभामा त्यहाँका युवाहरुलाई विदेश पठाउने भनेर एउटा कोरियन मेनपावर कम्पनीलाई नै बारामा बोलाएर अन्तर्वार्ता समेत लिन शु्रु गरेको खबर छ । गोकुल बाँस्कोटामाथि भ्रष्टाचारको आरोप लाग्यो तर उनीमाथि कुनै कारवाही भएन र अहिले फेरी चुनाव लड्दै छन् । जनार्दन शर्मामाथि व्यापारीको मान्छे भित्र्याएर बजेट बनाएको आरोप लागेपछि राजिनामा दिएर फेरी मन्त्री पदमा बहाल भएर अहिले चुनाव लड्दै छन् । राजनीति अपराधका यस्ता धेरै उदाहरणहरु छन् । तर नेतालाई कस्ले समात्ने । नेपालको कानून दैवले जानुन भनिन्थ्यो । तर वास्तवमा नेपालको कानून नेताले नमानुन रहेछ ।

हाँस्यको माध्यम व्यग्ंय हुन्छ र व्यग्ंय गर्ने सीमा हुन्छ । कतै कसैबाट यस्ता सीमा नाघियो भने त्यसको सजिलो समाधान खोज्नु पर्छ । उट्पट्याङ्ग लुगा लगाएर, भक्भकाएर, अर्थको अनर्थ सुनेर, टेबलकुर्सीभित्र र खाटमुनि छिरेर, मुँख–हात–खुट्टा बङ्ग्याएर, विचित्र आवाज निकालेर हँसाउने समय गई सक्यो । अब त शब्द प्रयोग गरेर व्यग्ंयलाई आधार बनाएर हँसाउनु पर्ने भएको छ । हामीले हाँस्य सिर्जना गर्न कसैलाई तपाई त महान हुनु हुन्छ, कुकुर त के हो र, कुकुरभन्दा पनि महान हुनु हुन्छ भन्दा मानिसलाई कुकुर भनेर हाँस्यव्यग्ंय सिर्जना गरेको हो । यसका कुनै मानिसलाई सोझै पर्यो भने हामी सार्वजनिक क्षमा माँगेर हुन्छ वा अन्य कुनै करणले हुन्छ माँफी पाउने माध्यम हुनु जरुरी छ । आज पाँचजना विपक्षी वकिलहरुले अपूर्वलाई अपराधी बनाउन बहस गरेर अनावश्यक कुरा झिक्दै गलत ईन्टरप्रेट गरेर नभनिएका कुरालाई भनिएको बनाएर जबरजस्ती कबुल गर्न लगाउने वातावरण बनाएको बारे उनले भनेका छन् । यसमा उनलाई क्षमा दिने माध्यम खोज्नु जरुरी छ । हो हामीले जाति, धर्म, समुदायलाई सकभर व्यग्ंय नगर्दा राम्रो हुन्छ । सीमामा रहेर व्यग्ंय गर्दा राम्रो हुन्छ । शब्द खेलाएर व्यग्ंय गर्दा राम्रो हुन्छ । तर त्यसो गर्दागर्दै पनि कहिलेकाहीँ शब्द प्रयोगले गलत अर्थ बोध गराउन थाल्छ । त्यसलाई जबरजस्ती कसुरबार मान्न कतिको न्यायोचित होल । त्यसको सजिलो समाधान खोज्नु र अपूर्वलाई उनको गल्तिका लागि माँफी दिलाउन सबै कलाकार मिलेर पहल गर्न जरुरी छ ।

-डा. गोबिन्दसिंह रावत, क्यानडा

प्रतिक्रिया