अमेरिकामा तपाई गर्भवती हुनु हुन्छ भनि अन्तर्वार्तामा प्रश्न सोधेमा गैर कानूनी किन हुने ; भेदभावको मुद्धा लाग्ने

इनेप्लिज २०७९ कार्तिक ५ गते २३:४३ मा प्रकाशित

अमेरिकामा कानुन देखि सबै जना थर्कमान हुन्छन । कानुनले चलेको देश । र, कानुनको कारण हरेक चिज पद्धतिमा चलेका छन् । नेपालबाट आएका हामी कैयौ स्थानमा जागिरको अन्तर्वार्तामा जान्छौ । कस्ता कस्ता प्रश्न हामीलाई सोधिएका छन् । मूनि उल्लेख गरिएका प्रश्न पनि परेका थिए कि?

थाहा पाई राख्दा सबैलाई काम लाग्ने हुन्छ ।

अमेरिकामा अन्तर्वार्तामा कस्ता प्रश्न मात्र सोध्नेको पनि मार्गदर्शन हुदो रहेछ । साथै कस्ता प्रश्न सोध्नु हुदैन भनि रोजगार दिने प्रतिष्ठानले त्यही सीमा भित्र रहेर पनि कार्यान्वन गर्दछन ।

अमेरिकामा तपाई गर्भवती हुनु हुन्छ भनि अन्तर्वार्तामा प्रश्न सोधेमा गैर कानूनी हुने र भेदभावको मुद्धा लाग्ने हुन्छ ।

अमेरिकामा तिम्रो आफ्नै घर छ या बहालमा हो भनि अन्तर्वार्तामा प्रश्न सोध्नु भनेको गैर कानूनी हुने रहेछ । यस्तो प्रश्न गर्नेलाई भेदभाव गरेको ठानिने रहेछ । यसो गरेमा जागिर दिने प्रतिष्ठान माथि भेदभावको मुद्धा लाग्न पनि सक्ने रहेछ ।

अमेरिकामा अन्तरवार्ता लिनेले धेरै सावधान अपनाउनु पर्ने रहेछ ।

अमेरिकामा अन्तरवार्ता लिनेले धेरै सावधान अपनाउनु पर्ने रहेछ । अन्तर्वार्ता दिने उम्मेदवार संग जात ,धर्म ,लिङ्ग आदी ईत्यादी सोधेमा यस्तालाई गैर कानूनी अन्तर्वार्ता प्रश्न भनिने छ । अमेरिकामा यस्ता प्रश्न गरेमा अदालतमा धाउनु पर्ने र भेदभावको मुद्धा खेप्नु पर्ने समेत हुन्छ ।

अमेरिकाको युएस इक्वेल ईमप्लोईमेन्ट अपरचुनिटी कमिसन (ईईओसी ) अर्थात् युएस समान रोजगार अवसर आयोगले यस्ता प्रकारका प्रश्न गरेमा भेदभावको आरोप लाग्ने जनाएको छ । यस्ता प्रश्न गरेमा गैर कानूनी हुने र भेदभावको मुद्धा लाग्ने हुनाले नेपालीहरु बिबिध व्यवसायमा संलग्न भएकोले जानकार भएता पनि अपुरो ज्ञान राख्दा समस्या भोग्नु पर्ने हुन्छ ।

थाहा पाई राख्दा सबैलाई काम लाग्ने हुन्छ ।आफ्नो ब्यापार व्यवसाय छ भने त्यस्ता संचालकले कस्ता प्रश्न गर्नु नहुने रहेछ भन्ने आफूलाई ज्ञान हुन्छ । के कस्ता प्रश्नहरु अन्तर्वार्तामा सोधेमा गैर कानूनी समेत हुने छन । अन्तर्वार्ता लिनेले सावधान तथा सतर्कता लिने पर्ने कुराहरु :

१ ) के तिम्रो आफ्नो घर छ या बहालमा बसेको ? तिमी संगको बस्छ ? तिमी संग बस्ने को को हुन ?

२ ) कुन बर्षमा तिम्रो जन्म भएको हो ? कुन सालमा तिमीले उच्च माध्यमिक बिद्यालय उतिर्ण भएका हौ ?

३ ) कुनै समयमा बिगतमा पक्राउ परेका छौ ?

४ ) के तिमी अमेरिकन नागरिक हौ ? के तिमी आफ्नो जन्म प्रमाणपत्र दिन सक्छौ ? तिम्रा मातापिता कुन देश बाट हुन् ? तिम्रो पृष्ठभूमि के हो ? तिमि कहाँ जन्मेको हौ ?

५ ) के तिम्रो बैंक( धनागार) मा खाता छ ? के तिमी कहिले टाट पल्टीएका छौ ?

६ ) के तिमी आपंग हौ ? के तिमीले कामदारको क्षति पूर्ति दाबि गरेका छौ ? कुनै पनि कार्यस्थलमा चोटपटक लागेको छ ?

७ ) तिमीले कहिले देखि पहिलो काम गरेको ? (उमेरको भेदभाव )

८ ) के तिम्रो आफ्नो घर छ या आफ्नो सवारी साधन छ ?

९ ) के तिमी बिबाहित हौ ? कि तिमी एकल ? के तिम्रा छोराछोरी छन् ?

१० ) के तिमी कुनै स्थानीय संघ/संस्थाको सदस्य लिएका छौ ?

११ ) कुनै पनि रंग र जात सम्बन्धि प्रश्न

१२ ) के तिमी गर्भवती छौ ? के तिमी सन्तान या परिवार चाही रहेका/रहेकी छौ ?

अमेरिकामा सामाजिक सुरक्षा पत्र ( सोसल सेक्युरिटी कार्ड ) बाट सबै कुरा थाहा हुने हुनाले अन्तर्वार्तामा यस्ता प्रश्न गरिदैन । सामाजिक सुरक्षा यस्तो चीज हो जस्ले कुनै पनि व्यक्तिको सबै कुरा छर्लंग पारी दिने हुनाले यस्ता प्रश्न गरि रहदैनन ।

अन्य देशबाट आएकाले यस्ता गर्न सक्ने सम्भावना पनि हुन्छ । तर नगदमा गर्ने ,कागजात नहुने संग यस्ता प्रश्न गरिन पनि हुन् सक्छ । माथि उल्लेखित प्रश्नहरुलाई कसरी घुमाएर सोध्ने तरीका पनि हुने हुनाले यस्ता प्रकारले अन्तर्वार्तामा सोधेमा जोखिममा पर्ने हुन्छ ।

श्रोत : बेटरटिम डटकम

प्रतिक्रिया