नेपाल एकेडेमीले मनायो ११४औं महाकवि देवकोटा  जयन्ती

इनेप्लिज २०७९ कार्तिक ४ गते २०:५९ मा प्रकाशित

४ कार्तिक काठमाडौं,

नेपाली भाषाका महाकविको जन्मजयन्ती नेपाल तथा निश्वभर विभिन्न संघसंस्थाले मनाउने सिलसिला शुरू भएको छ । यसै क्रममा नेपाल प्रज्ञाप्रतिष्ठानको आयोजनमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औं जन्म जयन्तीका अवसरमा “व्यक्तित्वचर्चा तथा रचना वाचन कार्यक्रम” को आयोजना गरियो ।

कार्यक्रमको शुरूमा नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभागका प्राज्ञ तथा निमित्त सदस्य सचिव हेमनाथ पौडेलले स्वागत गर्दै देवकोटाको व्यक्तित्वको चर्चा गर्नुभयो । प्राज्ञ देवी नेपालले देवकोटाको कृतित्वको चर्चा गर्नु भयो, प्राज्ञ उषा ठाकुरले पन्त, प्रसाद , निराला रदेवकोटाको व्यक्तित्वको तुलनात्मक अध्ययन प्रस्तुत गर्नुभयो ।

साहित्यकार गोविन्द गिरी प्रेरणाले अमेरिकामा महाकवि देवकोटा शतवार्षिकी मनाईएको प्रसंग तथा महाकवि देवकोटासंग मृत्यु शैयामा भेट्ने भारतीय मूलका अमेरिकी लेखक वेद मेहताको चर्चा गर्नुभयो ।

कार्यक्रममा महाकवि देवकोटाकी पनातिनी कवयित्री मन्जिला अनिलले महाकवि देवकोटाको अन्तिम कविता तथा रेजिना आपगाईं, वलराम दाहाल, रामेश्वर राउत मातृदास, देव लुईंटेलले महाकविका विभिन्न कविता वाचन गर्नु भएको थियो ।

सो अवसरमा महाकविकी सुपुत्री अम्विका रिमालले महाकविसंग सम्बन्धित संस्मरण सुनाउनु भएको थियो ।

पूर्व सदस्यसचिव जगतप्रसाद उपाध्यायले संग्रहालय भवन निर्माणका क्रममा आइपरेका चुनौतीका बारेमा चर्चा गर्दै देवकोटाको नेपालीसाहित्यमा मात्र होइन विश्वविख्यात प्रतिभा पक्षमा प्रकाश पार्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि बैरागी काईंला , प्रमुख अतिथि निवर्तमान कुलपति गंगा प्रसाद उप्रेती तथा कार्यक्रमका अध्यक्षता गरिरहनुभएका निमित्त कुलपति जगमान गुरूगले देवकोटाका विविध पक्षमा प्रकाश पार्नु भएको थियो ।

महाकवि देवकोटाको पूर्ण कदको सालिकको सामुन्ने संग्रहालयको प्रांगणमा सो कार्यक्रम भव्यकापूर्वक सम्पन्न भएको थियो ।

कार्यक्रमको संचालन प्रज्ञा सभा सदस्य साहित्यकार शशी लुमुम्बुले गर्नु भएको थियो । image0.jpeg

 

प्रतिक्रिया