केहि भन्न मन छ मेरि मनकि……….

इनेप्लिज २०७९ कार्तिक २ गते ९:३० मा प्रकाशित

केहि भन्न मन छ मेरि मनकि मायालु    

कुन शब्दले बोलाउ तिमि छौ कि रिसालु       

तिम्रो त्यो हेराईमा जादु रहेछ 

मेरो कहानि सुनेर तिम्रो चित्त बुझेछ

प्रश्न गरि सोध्न सक्छौ धेरै कुरा

कुन शब्दले बोलाउदा हुन्छ ईच्छा पुरा

मन्द मुस्कान छरेर मलाई खुसि बनायौ

मेरो काखमा आएर एकपल्ट त बस्यौ

के गर्ने ईच्छा छ मेरो मनकि मायालु

कुन शब्दले बोलाउ तिमि छौ कि रिसालु     

केहि भन्न मन छ मेरि मनकि मायालु

कुन शब्दले बोलाउ तिमि छौ कि रिसालु

  गोबिन्द राज ओझा (राजन)

दिपायल सिलगढी न.पा.२ दिपायल डोटी 

प्रतिक्रिया