दोश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २१ कात्तिकमा !

इनेप्लिज २०७९ कार्तिक १ गते १०:१० मा प्रकाशित

काठमाडौं, ३१ असोज

‘दोश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७९’ को आयोजना आगामी कात्तिक २१ गते काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा हुने भएको छ ।

गत भदौमा मनोनयन सार्वजनिक गरिएको यो अवार्ड असोजको पहिलो साता आयोजना गरिने भनिएको थियो । तर आयोजक टिम डेंगोको शिकार भएर विरामी परेपछि कार्यक्रम सारेर कात्तिक २१ गते अवार्ड प्रदान समारोह गर्न लागिएको क्वालिटी फिल्मस्का अध्यक्ष उमेश गुरुङले बताएका छन् ।

‘कोरोनाको महामारी पछि सुस्ताएको नेपाली गीत संगीत तथा चलचित्र उधोगलाई माथि उठाउन दुई वर्ष अघिबाट क्वालिटी इन्टरटेनमेन्ट अवार्डको आयोजना थालिएको हो । २०७८ बैशाखदेखि २०७९ भदौको पहिलो सातासम्म रिलिज भएका गीतहरुबाट उत्कृष्ट पाँचको मनोनयन निर्णयक समितिले यस अघि नै छनौट गरेर सार्वजनिक गरिसकेको छ ।’ अध्यक्ष गुरुङले भने ।

गुरुङका अनुसार यसपटक विभिन्न ४० विधामा यो अवार्ड प्रदान गरिने भएको छ । चलचित्र, गीत, संगीत, म्युजिक भिडियो, फेशन तथा मोडलिङका विभिन्न विधामा यो अवार्ड प्रदान गरिने भएको छ ।

अवार्ड समारोहमा यसपटक दिका गुरुङलाई लाईफ टाईम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिने छ । तीन दशकभन्दा लामो समयदेखि ध्वानी सम्पादकको रुपमा सक्रिय रहेका कारण उनलाई लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गर्न लागिएको पनि अध्यक्ष गुरुङले बताए । यस्तै यो वर्ष क्वालिटी इन्टरटेनमेन्ट पत्रकारिता पुरस्कार राजधानी दैनिकका कला पत्रकार डब्बु क्षत्रीलाई प्रदान गरिने पनि उनले जानकारी गराए ।

प्रतिक्रिया