“नेपाल टेलिकमको लापर्बाहीले बढाएको साइबर क्राइम”

रूपेश कार्की (बद्री प्रयास) २०७९ असोज ३० गते ९:४४ मा प्रकाशित

✍️रूपेश कार्की (बद्री प्रयास)

 परिवर्तन प्रकृतिको नियम हो। समय परिवर्तनशिल छ,समय सगै परिवर्तन हुनु आजको विश्व जगतको आवश्यकता हो ।वैज्ञानिक  आविष्कार,  विज्ञान प्रविधि ले मानवलाई सहज र सङकुचित दुवै बनाएको छ । सुचना प्रविधि  ले मानिसहरूलाई जोडने र तोडने काम गरेको छ।अब कुरा गरौ हामीलाई सहजकर्ता को,सर्वप्रथम त  नेपाल टेलिकमले समय सगै गरेका अपडेट जस्तैः  4G , 5G  र इ-सिम जस्ता प्रविधि  र  सेवा प्रति नेपाल टेलिकमलाई मेरो व्यक्तिगत तर्फबाट धन्यवाद  प्रकट गर्दछु ।

 विश्व  जगत नै डिजिटलरूपमा परिवर्तन  भईरहदाँ भोग्नु परेका अनेकौं  समस्या चुनौती  छन जुन समस्या र चुनौती   नेपालमा पनि देखिदैछ त्यो पनि साइबर क्राइमका रूपमा जुन नेपालको नेटवर्किङ  कम्पनिको मार्फतबाट,त्यो के हो? भन्ने क्रममा म वुदागत रूपमा उल्लेख  गर्न चाहान्छु:

हाल नेपाल टेलिकमले प्रदान गर्दै आएका सिमकार्ड सिस्टम जुन अव्यवस्थित रूपमा वितरण भईरहेको पाईन्छ । यसलाई उचित व्यवस्थापन गर्नको निमित’ एक व्यक्ति एक सिम ‘ सिस्टम वा ‘एक डकुमेन्ट एक सिम ‘ को व्यवस्था गरिनाले हाल भईरहेका सिमका मिसयुउज, गलतकाम गर्ने, धोटला, भष्टचार ,फोन थ्रेट र क्रिमिनल क्रियाकलाप कम हुनेछन। जसले गर्दा आज मानिस ले गरि आएका मिसयुउज गरि फोन वाटै धम्की दिने,ठगि गर्ने ,अनैतिक क्रियाकलाप गरि त्य‍ो सिम फालिदिने र नयाँ सिम निकालने प्रचलनको अन्तय हुनेछ। एक मान्छे एक सिमकार्ड को अवधारणा अधि वढाईयो भने जसले गर्दा नेपालमा ६० प्रतिशत साईवर क्राईम रोकिन्छ।

हाल टेलिकमहरू ले सिमकाड कुन कम्पनीले कति संङख्यामा व्यापार गरेर कति कमाए भन्ने मात्र पाईन्छ।अब सिमकाड को व्यापार नभई उचित व्यवस्थापन गरेमा अहिले नेपाल सरकारको मुख्य समस्याको रूपमा रहेको साईबर क्राईम कम गर्न को निमित सेवा पुग्नेछ। अर्को कुरा सिमकार्ड धेरै बेचेर भन्दा सुविधा दिएर पनि नि त कमाउन सक्छ नेपाल टेलिकमले।

हाल विभिन्न कारणले जस्तै:आफ्नो डमेकुमेन्ट नएर, फोटा नएर विविध कारणले गर्दा अर्कोको नामबाट सिमकार्ड लिने प्रक्रिया छ,यो सिस्टमलाई पनि आफ्नो नाममा नामसारी सजिलै गराउने व्यबस्था गरियो भने जसले अरूको नाम वाट कसैले मिसयुउज नगरोस्। यसको हकमा भने राष्ट्रिय परिचयपत्र अनिवार्य गरिनु पर्दछ ,पहिले आवश्यकता परेको खण्डमा अरूकै नाम बाट लिएको तर आज आफनै नामसारी गर्नु परेमा उसको प्रमाणपत्रको आधारमा सिमकाड नामसारी गरियोस् । आफ्नै नाममा नाम सारी गर्ने व्यवस्था छिटोभन्दा छिटो मिलाईयोभने जसले गर्दा आगामी दिनमा साईवर अपराध कम हुनेछ।

सिमकाड जति पटक हराए या बिग्रिए पनि विना झन्झट तुरून्तै उपलब्ध गराउने सिमकार्ड रिपिलेसमेनट सेन्टरको ठाउँ ठाउबाटै गरिने व्यवस्था गरियो भने राष्ट्र अहिले भैरहेको बिकराल अवस्था साइबर क्राइम हवातै धटनेछ।

पर्यटन को लागि छुट्टै सिमको व्यवस्था गरियो भने जुन सिमकार्ड उसको पासपोर्ट आधारमा जारी गरिनु पर्दछ, जसले अपराधिक गतिविधि लाई नियन्त्रण गर्ने यसले सहयोग गर्नेछ। जुन सिमकाड भिसाको मितिसम्म लागि मात्र एक्टिभ गरिनु पर्दछ।

नेपाल टलिकमको मातहमा रहेका टेलिकम हरू जस्तै : एनसेल, स्माट सेल र सि जी आदि जस्ता कम्पनीलाई पनि यहि व्यवस्था कायम गर्न पत्रचार गरिनुपर्दछ र नियमहरू बनाई कार्यन्वन पनि गरायो भने जसले जिम्मेवार नागरिक वनाउन महत्त्वपूर्ण भुमिका खेल्ने गर्दछ।

नेपाली नागरिकको हकमा सिमकार्ड निकाल्नको निमित परिचयपत्र बोकेर हिडनु पर्ने व्यवस्थाको अन्तय गरिनु पर्दछ जसको निमित गृहमन्त्रालय सगँ समन्वय गर्नु पर्ने हुन्छ। विदेशी नागरिकको हकमा भने पासपोर्ट को आधारमा सिमकार्ड जारी गरिनु पर्दछ ।

लाईभ सिमकार्ड एक्टिभेसन सिस्टम हुनुपर्दछ जसले गलत प्रमाणपत्र र अर्कैको फोटा को पर्योग नहोस जसले वास्तविक प्रयोगकर्ता बारेमा थाहा होस।

यो व्यवस्थाले डिजिटल नेपाल बनाउन सहयोग गर्नेछ। ढिजिटल युषमा भेरिफाइ गर्ने , कम्युनिकेशन गर्ने सुचना आदान प्रदान गर्ने माध्यम पनि यही पहिलो सिमकार्ड दोस्रो इमेल हो। जस्तैः लाइसेन्स , राष्ट्रिय परिचय पत्र, मतदाता परिचय पत्र,पासपोर्ट , इत्यादि सवै सेवाको निमित्त पनि यो गरिनुपर्ने हुन आउँछ।

नेपाल टेलिकमले सिमको ब्यापारीकरण मात्र गर्दा आजको दिनमा नेपाल सरकारका अदालत साइबर क्राईमका केशहरू दर्ता र फौसला गर्दै ठिक्छ रअतियारलाई भष्टचारी खोज्दै र पुलीस प्रशासन पक्राउपुर्जी लिदै पक्रिन हिडदै, पक्राउ गर्दै,अदालत लान र ल्याउनमै व्यस्त छन यो धटना नेपाल टेलिकमको पोलिसिले गर्दा सिर्जना भएका समस्या हुन।

डिजिटलाइजेसन अर्थात अनलाइ सिस्टम मा पारेको असर:

आज विश्वजगत डिजीटलमय बन्दै जादा खेरी अन्तिम भेरिफाई गर्नको निमित कि त  मेल आईडी कि त मोबाइल नम्बर मा कोड आउने हुन्छ पछि पुर्ण पासवड विर्सिएमा रि- सेट गर्नको निमित त्यहि नम्वर को सिम चाइन्छ ।नेपालीको हकमा मेल आईडी सवैकोलागिअलि प्रभावकारी देखिदैन। अर्क मोबाइल नम्वर यो पनि ६ महिना सम्म नचलाउदा त्यहि नम्वरको अर्को सिम जारी गरेर अर्को ब्यक्ति लाई दिने  प्रक्रियाले भोलिका दिनमा विकाराल अवस्था  सिर्जना  गर्ने छ किनकी  आज सबै बैकिङ अनलाइन वा डिजिटल सिस्टममा चलेका छन,सबै अनलाइन  सोसियल साइट नम्बरका आधारमा भेरिफाईभएका छन जुन टेलिकमले रि- इस्यु गर्दा त्यो नम्बरका खाता वाला, सोसल साइट बाटै डिस्कन्टिन्यु हुनेछ। नेपालमा बैकिङ खाता खोलि  वैदेशिक अध्ययन र रोजगारीमा जानेलाई असर परेको छ। अर्को तिर सिमको मिस युउज गरि  अर्को सिम सजिलै निकाल पाउने अवस्थाले साईवर क्राइम बढाएको छ। भने त्यहि अरूले प्रयोग  गरिएको सिम फेरि रि- इस्यु गर्दा  फेरि त्यहि सिम किन्ने ग्राहकलाई  अप्ठ्यारो  पर्ने गरेको पाइन्छ, गालि व्यहिजेति सुन्नु परेकोछ धेरै समस्या  उत्पन्न  भएकाछन त्यसलाई सवाधान खोज्नु नेपाल टेलिकम भुमिका  खेल्नु पर्ने हुन्छ।

“राष्ट्र निर्माणमा हाम्रो  भुमिका” हाम्रो राष्ट्र हाम्रै वैदिकतामा वनाउने हाम्रो अभियान”

निष्कर्षमा:

 नेपालको साइबर क्राइम बढनुको मुख्य कारक तत्व नेपाल नेलिकम पनि हो यस संस्थाले सिमकार्ड  लाई व्यापारीकरण मात्र गरिनु र उचित

प्रबन्ध ,व्यवस्थापन  गर्न नसक्नु, अरूको देशको प्रोजेक्ट  जस्ताको तस्तै: कपि गरेर कमिसनमा पास गर्नु र आर्थिक चलखेल गर्नुमै तल्लिन हुनुले आजको दिनमा साइबर क्राइमका घटना बढेको छ यदि नेपाल टेलिकमले आफुलाई सेवा मुखि बनाउने हो र माथि भने झै कुरालाई अक्षरामंश पालना गर्ने हो भने नेपालको ६०% साइबर क्राइम आफै घटेर जानेछ ,नेपाल प्रहरी ले पनि सास्ती  भोग्नु पर्दैन धेरै मान्छे  पक्रन पक्राउ पुर्जी, ट्याकिङको झन्झट ,अदालत धाउने व्यवस्था को कम हुनेछ।उतरदायी जनता ,संस्था हुनेछ।भष्टचार मुक्त पार्दर्शि समाज,नैतिकवान ब्यक्ति  निर्माण मा उल्लेखनीय  भुमिका निर्वाह हुनेछ।

तर नेपाल सरकारका संङकुचित सोच भएका कर्मचारी र सरकारले यो गर्छन जस्तो  चाहिँ मलाई लाग्दैन ।यस्को परिनाम राष्ट्र  र जनताले भोग्नु पर्नेछ।

मेरा प्रयासहरू:

मैले ब्यक्तिगत रूपमा धेरै प्रयास गरे जस्तै : निवेदन दिए ३ पटक सुनवाइ  भएन, फोन गरे फोन उठेन,भेटने प्रयास गरे भेटेन सिस्टम बनाउन तर नेपाल टेलिकमका सङकुचित सोच भएका कर्मचारी ले सुनावाइ गरेन मेरो यो राष्ट्र  प्रति निस्वार्थ  सेवा थियो  पद र तलब भता बिना नै तर नेपालटेलिकमका हाकिम  भनाउदालाइ मेरो पद नै पो खान्छ  जस्तो लागेछ।

यो सोच्ने नियतिमा खोट हो। राष्ट्र को विषयमा सोच्ने ब्यक्ति  नै पागल हने देश नेपाल रहेछ।

जय मातृभूमि 🙏

रूपेश कार्की (बद्री प्रयास)

✍️रूपेश कार्की (बद्री प्रयास) साहित्यकार तथा लेखक

प्रतिक्रिया