धेरै खोजे मैले तिमिलाई कुनै खबर पाउन सकिन
कहाँ गयौ तिमि ,मलाई केहि थाहा भएन
छट्पटीमा बिते मेरा सारा दिनहरु
कहिले आउछ तिमि सँग भेट हुने समयहरु
यो मेरो मनले सहन धेरै गाह्रो भएछ
आखा बाट आशु बगि ताल बनि बगेछ
मेरो जस्तै हाल त्येता तिम्रो भए हुन्थ्यो
सम्झनामा दिनहरु कसरि बित्ने भयो
मन्दिर प्राथना गरि बसे तिमिलाई पाउ भनि
खोज्दा मैले भेटन सकिन हरायौ तिमि पनि
गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी
प्रतिक्रिया