अमेरिकाको सांगीतिक आकाशमा नेपाली चेलीको उदय

डा. गोबिन्द रावत, टोरन्टो २०७९ असोज २४ गते ९:४४ मा प्रकाशित

डा. गोबिन्द रावत, टोरन्टो – मानव जीवनको थालनीसँगै गीतको प्रार्दुभाव भएको भन्दा अत्योक्ती नहोला । शिशुको जन्मसँगै आमाको लोरीमा गीतका लयहरु बाल मस्तिष्कमा प्रभाव पार्दै गएपछि मानिस लय–ताल–सुरमा बाँधिएर गीत–संगीतमा आफ्नो जीवन खोज्दै बढ्दै गएका हुन्छन् । संगीतको कुनै सीमारेखा हुँदैन, कुनै भाषा हुँदैन, कुनै धर्म हुँदैन । यो त रङ्हीन तरङ्ग हो ।

मनदेखि मनसम्म बग्ने लय–ताल र सुरको धारा हो । सैनिक जागिर छोडेर संगीतको पछि लागेर मित्रसेनले अठारौं शताब्दीमा नेपाली लोक संगीतलाई भारत र नेपालको कुनाकाप्चासम्म प¥ुयाएका थिए । यही संगीतले उनलाई परिचय दियो, सम्मान दियो र रिकुटेबाट मास्टर मित्रसेन बनायो । त्यस्तै धर्मराज थापाले मास्टर मित्रसेनको पदचाप पच्छ्याउँदै नेपाली लोक संगीतलाई नेपाल, भुटान, वर्मा र भारतको गाँउ–गाँउ र शहरमा पु¥याएर जनकवि केशरी बनाइ दिएको थियो । त्यसरी नै सन् १९७० को दशकमा रेडियो नेपालबाट लोक गायकका रुपमा आफ्नो साँगीतिक यात्रा शुरु गरेका उदीतनारायण झाले नेपाली गीत–संगीतलाई सफलताको उँचाईमा पु¥याएका छन् ।

उदीतले सन् १९७८ मा नेपालको भारतीय दूतावासको छात्रावृतिमा बम्बई (हालको मुम्बई) गएर संगीतको प्रशिक्षण लिएपछि त्यहीँ जमेर आफ्नो विशिष्ट स्थान बनाउन सफल भएका छन् । २००७ मा प्रसान्त तामङ्गले ईण्डिन आईडल जितेर नेपालीहरुको शान बढाउने काम गरेको पनि कसैले विर्सेका छैनन् । नेपाली र नेपाली मुलका यी गायकहरुले छोडेका पदचापहरु पच्छ्याउँदै आज सात समुद्रपारी नेपाली गायकहरुले आफ्नो प्रतिभा देखाएर नेपाल र नेपालीलाई चिन्हाउँदै आएका छन् । नेपाली संगीतलाई विश्व सँगीतको आकाशमा गुञ्जयमान बनाउने यी गायकहरुको योगदान अविस्कणीय रहने छ । यसै पंक्तीमा आज अमेरिकाको मेरिल्याण्ड राज्यमा आमाबुवासँग बसोबास गर्दै आएकी सत्र बर्षिय छोरी परिजिता बाँस्तोलाको नाम जोडिन पुगेको छ । आजको मितिमा संगीत उद्योगलाई लाभदायी व्यवसाय मानिन्छ । संगीत श्रेत्रले अमेरिकाको कुल ग्रार्हस्थ्य उत्पादनमा एघार प्रतिशत योगदान गरेको छ -कान्तिपुर २०७९–०६–१९) । यसैबाट हामी संगीतको उँचाईलाई बुझ्न सक्छौं ।

संगीत श्रेत्रले अमेरिकाको कुल ग्रार्हस्थ्य उत्पादनमा एघार प्रतिशत योगदान गरेको छ -कान्तिपुर २०७९–०६–१९) । यसैबाट हामी संगीतको उँचाईलाई बुझ्न सक्छौं ।

अमेरिकाको राष्ट्रिय स्तरको कार्यक्रममा नेपाली गायकहरुको पहिलो प्रस्तुति २०१४ मा भएको थियो । २०१४ को ‘नेसनल बास्केटबल एशोसिएसन गेम’ को उद्घाटनमा तीनजना नेपाली चलीहरु प्रकृति देऊजा, नीशा रमाईली र सापाङ्ग डोल्मा लामाले संयुक्त अमेरिकाको राष्ट्रिय गीत प्रस्तुत गरेका थिए । यसरी पहिलोपटक नेपाली स्वर अमेरिकाको आकाशमा गुञ्जन भएको थियो ।

त्यसपछि नेपाली मुलका ‘कर्टिस वाटर’ अमेरिकाको संगीत क्षेत्रमा देखा पर्छन् । कर्टिस वाटरलाई चिन्नेहरु अभिनव भनेर चिन्ने गर्छन् । पिता ऋषि बस्ताकोटी र माता कल्पना बस्ताकोटीका छोरा अभिनवको जन्म डिसेम्बर २०, १९९९ मा काठमाडौंमा भएको थियो । वातावरण विज्ञानमा विद्यावारिधी गरेका बुवा उच्च अध्ययनका लागि क्यालगरी, क्यानडा आउँदा उनी १० वर्षका थिए । आमाले समेत दुई विषयमा स्नातकोत्तर गरेकाले छोराबाट पनि उनीहरुको यही अपेक्षा रहेको थियो । तर अभिनवलाई संगीतले विस्तारै लठ्याउँदै गई रहेको थियो ।

त्यसैले घरमा थाहा नपाउने गरी संगीतको अभ्यास गर्दै रहे । २०१७ मा बुवा क्यानडाबाट अमेरिकाको उत्तर क्यारोलिनालाई आफ्नो कर्म थलो बनाएर बसाईँ सरेपछि अभिनवलाई बुवामुवासँगै भारत, जर्मन, क्यानडा हुँदै यसपटक अमेरिका अउनु करै लाग्यो । २०१४ मा अभीनवले आफ्नो ल्यापटपमा एफ एल स्टुडियो डाउन लोड गरेर (यो जर्मनको ईमेज लाईन कम्पनीलेसंगीतकर्मीहरुका संगीत कार्य गर्न बनाएको डिजिटल अडियो माध्ययम हो) संगीत अभ्यास गर्न थाल्छन् । त्यसपछि उनले आफ्ना सांगीतिक प्रस्तुतिको टिकटक बनाएर अनलाईमा राख्न थाल्छन् ।

पहिलोपटक अप्रेल २०२० मा आफ्नै घरको ग्यारेजमा आफुले गाउँदै भाइलाई नचाएर राखेको टिकटकलाई धेरैले मन पराएको थियो । त्यसपछि अभिनवले आफ्नो पहिलो प्रस्तुति ‘स्टुनिन’ लाई मई १९, २०२० का दिन टिकटकमा राखेपछि छोटो समयमा नै भाईरल भई दिएको थियो । उनको यो प्रस्तुतिलाई जुलाई २०२० सम्ममा साडे तीन करोड मानिसले हेरेर एउटा रेकार्डनै बनेपछि अभिनव पनि कर्टिस वाटर्सको नामबाट संगीतको आकाशमा चम्कन थाल्छन् । अभिनव नेपालमा जन्मेर अन्तर्राष्ट्रिय संगीतको शिखरमा पुगेर सफलता पाउने पहिलो नेपाली हुन । उनको सफलतालाई २०२० मा नै रोलिङ्ग स्टोन पत्रिकाले छापेको थियो भने त्यसै वर्ष स्टुनिनलाई मर्सिडिज–बेञ्चले आफ्नो विज्ञापनमा राखेको थियो । नेपाली मुलका गीतकार, गायक तथा संगीत संयोजक अभिनव अर्थात कर्टिस वाटर आजको मितिमा विश्व संगीत मञ्चमा परीचित नाम बन्न पुगेका छन् ।

अभिनवपछि दिवेश पोखरेलको नाम चर्चाको शिखरमा पुग्न थाल्छ । अमेरिकन आईडलको २०२० को अठारौं श्रृङ्खलामा दोस्रो स्थान -रनर अप) मा पुग्न सफल भएका अर्थर गुन (दिवेश पोखरेल) लाई आजको मितिमा परिचयको आवश्यकता नै पर्दैन । आठ वर्षको उमेरमा गिटर समातेर संगीतको गोरेटोमा पाईला चल्न थालेका दिवेशले विस्तारै संगीतलाईनै आफ्नो शौक बनाएर आजको स्थानसम्म पुग्न सफल भएका हुन् । प्रारम्भमा नेपालबाट संगीतको अभ्यास गर्दै साथी–भाइहरुको जमघटमा संगीत पस्कदै कार्यक्रमहरुमा गाउने गर्थे । २०१४ मा अमेरिकाको विचिटा, कान्ससमा रहेका आमाबुवासँग जोडिएपछि उनले संगीतलाई अझ बुझ्न थाले । अनि त्यहँको ब्लुग्रास र कन्ट्री सङ्ग (लोक गीतलाई) जस्तो स्थानीय परम्परागत संगीतको अभ्यास गर्न थाले । यहीँबाट उनको अमेरिकन साँगीतिक यात्रा शुरु भयो । प्रारम्भमा पब, कफी सप र आफु बसेको शहरसँगै न्यु योर्क, लसएन्जल्स्, सन–प्रान्सिसको आदि शहरका सडकहरुमा आउँदै मनोरञ्जन पस्कदै भिझ्दै जान थाले । अनि यसरी नै उनको अमेरिकन आईडलको यात्रा शुरु भयो ।

दिवेशबाट अर्थन बन्न उनलाई अठारौं शताब्दीका फ्रान्सिसी कवि अर्थर रिम्बाउटको नाम प्रैंचो लिनु पर्यो । गीतकार, गायक तथा संगीतकारका रुपमा परिचित अर्थरले पहिलो एलबम ‘ग्रहण’ २०१८ मा निकालेका थिए भने २०१९ मा उनको ‘खोज एल्बम निस्केको देखिन्छ । तर ओरिकन आईडलको उपविजेता बनेपछि उनको ख्यातिसँगै सम्पत्ति पनि बढ्दै गएको छ । उनका २०२१ को ‘टेल मि …………….’ र २०२२ को ‘सेल्फ टाईटल’ र ‘देह र आत्मा’ ले उनलाई नेपाली संगीत क्षेत्रसँगै संगीतको विश्व आकासमा परिचय दिदै गएको छ ।

यी दुई नामसँगै आज तेस्रो नाम परीजिता बाँस्तोलाको गाभिन गएको छ । मेची अञ्चलका पूर्व अञ्चलाधिश श्री हरीनाथ बाँस्तोलाका छोरा पङ्कज बाँस्तोला र वीरा तिवारी बाँस्तोलाका काञ्छी सुपुत्री हुन् परीजिता बाँस्तोला । बाईस वर्षअघि सुखमय जीवनको खोजिमा अमेरिकामा पलायन भएका पंकजले भर्जिनियामा धेरैनै साँगीतिक कार्यक्रमहरुको आयोजना गर्दै आएका थिए । रेस्टुरेन्ट व्यवसायी पंकजलाई संगीतको पनि शौक भएकोले उनले आफ्नो घरको बेसमेनमा काराओके राखेर गीत गाउने गर्थे । पारीवारिक जमघटमा पंकजसँगै वीराले पनि गीतमा साथ दिने गर्थिन । यस्तै वातावरणमा जन्केर हँुर्केकी थिईन् परीजिता । उनलाई मायाले सबैले परी भनी बोलाउने गर्छन ।

यी दुई नामसँगै आज तेस्रो नाम परीजिता बाँस्तोलाको गाभिन गएको छ ।

आफ्नो गायन प्रस्तुतिलाई टिकटकमा राखेर संगीतको गोरेटोमा विस्तारै पाईला चल्दै अघि बढ्दै आज युरोप अमेरिकाको मनोरञ्जन खबरको एउटा विषय बन्न सफल भएकी छिन् । परीलाई सानै उमेरमा आफैले गीत लेखेर पियानोमा गाउन थालेकी परीलाई उनका आमाबुवाले हस्टेमा हैंसे गर्दै गएपछि आज उनको सफलतामा दुवैका आखाँमा खुशीका झिल्काहरु आँशु बनेर छचल्किएको सबैले देखेका थिए । सत्र वर्षअगाडि अमेरिकाको भर्जिनियामा जन्मेकी परीले आज नेपाल र नेपालीको नाम विश्वभरी चिन्हाउन सफल भएकी छिन् । उनी द भ्वाईसमा आउने पहिलो नेपाली बनेकी छिन् । मेरील्याण्डको सेभेनर्स पार्कमा जन्मेहुँर्केकी परीले आफ्नो शिक्षा पनि सेभेनर्स पार्क हाई स्कुलबाट गरेकी हुन । उनको संगीतको थालनी पनि सेभेनर्स पार्क भ्वाईस व्याण्डबाट भएको थियो ।

विद्यालयमा अध्ययनकालदेखि नै सँंगीतमा रुचि राख्दै आएकी परीले विद्यालयको कार्यक्रममा आफ्ना प्रस्तुतिहरु दिदै आएकी थिइन् । तर एकदिन विद्यालयको कार्यक्रममा गिटारवादकलाई देखेपछि गायन प्रस्तुतिमा संगीतको महत्व बुझ्न थालेपछि उनलाई गायनमा संगीत व्याण्डको आवश्यकताका बारेमा जानकारी भयो । व्याण्डसँगको प्रस्तुतिपछि परीलाई संगीतको विविधताले आकर्षित पार्दै जान थाल्यो । उनी भन्छिन् – गिटर बजाउने जेनले मलाई व्याण्डमा गाउने निम्तो दिएपछि संयुक्त संगीतको अभ्यास शुरु भएको थियो । उनले संगीतको थालनी ‘बास्तोला व्याण्ड’ र ‘सेभेनर्स पार्क भ्वाईस व्याण्ड’ बाट शुरु गरेकी थिईन् । उनको व्याण्डलाई २००० को ईन्टरनेशनल ब्लुज चेलेन्जमा प्रस्तुतिका लागि छनोट गरेपछि उनले दिएको प्रस्तुतिले उनलाई समाचारमा ल्याएको थियो । उनी आफ्नो व्याण्डका गायिका हुन् र व्याण्डसँगै अभ्यास गर्दै आज सफल भएकी हुन् । ‘सोल एण्ड ब्लु’ व्याण्डबाट शुरु भएको संयुक्त सांगीतिक यात्रा अहिले ‘सोल’ व्याण्डबाट निरन्तरता पाउँदै गएको छ । उनको सांगीतिक व्यण्डले प्रत्येक आईतवार बेसमेण्टमा साँगीतिक अभ्यास गर्दै गएपछि गर्मीको मौसमको सप्ताहन्तमा बाहिर प्रस्तुति दिन थाल्यो ।

सत्र वर्षीय परिजीताले संगीतलाई मानवीय भावना अभिव्यक्त गर्ने माध्यमका रुपमा लिने गरेको बताउँदै संगीतलाई सुखको अनुभूति गर्न प्रेरित गर्ने थेरोपीका मान्ने गर्छिन । उनको सांगीतिक यात्रा शहरको चोक र गलिहरुबाट सभासमारोहमा हुँदै नेपालको ए.पी. टिभीका लागि दिपक बज्राचार्यबाट संचालित ‘द म्युजिक मेडिसिन शो’ सम्म पुगेको थियो । यही शोबाट परीले नेपालका संगीत प्रेमी दर्शकसामु प्रस्तुति पस्केर आफ्नो प्रतिभा देखाएर ख्याति पाएकी थिईन् । अंग्रेजीसँगै नेपाली गीत गाउँदै आज ‘द भ्वाईस’ शोसम्म पुगेकी हुन् । उनको लगन र मिहिनतले उनलाई यहाँसम्म डो¥याएको हो । लगभग तीनलाख प्रतियोगीसँगै एक वर्षअघि पठाएको गीतको भिडियोबाट छनोट भएकी परिजिताले ब्लाईण्ड प्रस्तुतिमा ल्याब्रिन्थको २०१६ को चर्चित गीत ‘जेलस’ गाएकी थिइन् । उनको अदृश्य प्रस्तुतिको बिस सेकेण्टमा नै पहिलो काउँच जोन लेजेन्डले फर्किएका थिए । त्यसको आठ सेकेण्डमा नै अर्को काउँच फर्काएर क्यामिला काबेलो फर्किएपछि ग्वेन स्टेफानी र ब्लेक शेल्टन फर्किएका थिए । त्यसपछि सबैले सत्र वर्षमा परीको स्वरको तारीफ गर्न थाले । क्यामिला काबेलोले उनलाई मन पर्ने गीत भन्दै परीको स्वरको तारिफ गर्दै परीको प्रस्तुतिले उनको शरीरका रौंहरु पनि ठाडो भएको भनिन भने स्टेफेनीले परीमा प्राकृतिक स्वर भएकोले अरुभन्दा बेग्लै रहेको भनेका थिए ।

यसका लागि विश्वभर छरीएर रहेका हामी नेपालीले उनलाई सहयोग गर्न विद्युतीय प्रणलीबाट भोट हाल्नु पर्ने हुन्छ । त्यसका लागि हामी सबै तन र मनले नेपाल र नेपालीलाई माया गर्न एक्यबद्धता गरौं ।

‘आर एण्ड बि एण्ड सोल’ परीजिताको संगीतमा मन पर्ने विधा हो । १९५० ताका गाउने सोल म्युजिक अर्थात आत्माको संगीतको जड धार्मिक अनुष्ठानमा गाउने प्रभुको सुसमाचारसँग जोडिएको हुन्छ । यसलाई समकालिन ‘आर एण्ड बि’ संगीतको नामले बुझिन्छ । आर अर्थात रिदम जसलाई लय भनिन्छ र बि अर्थात ब्लुज एउटा साँगीतिक विधा हो । यही ब्लुज संगीतमा धार्मिक अनुष्ठानका कुराहरुसँगै धर्मनिरिपेक्षताको विषयवस्तुमा विलय हुने सुसमाचारहरु चर्चमा गाउने गरिन्छ । यो ब्लुज संगीत १८६० तिर अमेरिकाको दक्षिण भेग (डिप साउथ) का नागरिकहरुले धार्मिक आस्थाका आधारमा गाउने गर्थे । ब्लुजमा आध्यात्मिक गीत, भजन, सरल कथा वाचन आदि समावेश हुने गर्दछ । यसमा गायकको महत्वपुर्ण भूमिका हुने गर्छ । यही गीत गाएर परीले ‘द भ्वाइस’ कार्यक्रमको निर्णायक मण्डलीका चर्चित चार गायक–गायिकाहरुले तीस सेकेण्डभित्रै आवाजको आधारमा रुचाएर द भ्वाइस कार्यक्रममा छनोट हुने प्रथम नेपाली मूलकी परीजिता बाँस्तोला इतिहास रच्न सफल भएकी छिन । अब उपरान्त परिजीता प्रसिद्ध गायक जोन लेजेन्डको अधिनमा रही संगीतको अभ्यास गरेर आगामी प्रस्तुतिका लागि तयारी गर्दै आने छिन् । यसका लागि विश्वभर छरीएर रहेका हामी नेपालीले उनलाई सहयोग गर्न विद्युतीय प्रणलीबाट भोट हाल्नु पर्ने हुन्छ । त्यसका लागि हामी सबै तन र मनले नेपाल र नेपालीलाई माया गर्न एक्यबद्धता गरौं ।

माथि अमेरिकाको कुल ग्रार्हस्थ्य उत्पादनको एघर प्रतिशत संगीत क्षेत्रबाट आउने भन्नुको तत्पर्यहो संगीतमा लागेर एक बर्षमा नै अर्थर गन (दिवेश पोखरेलले १.५ मिलियन डलर सम्पति जोडिसकेका छन् भने कर्टिस वाटर (अभिनव बस्ताकोटी) ले संगीत साधना गरेर १ मिलियन डलर जोडिसकेका छन . आज संगीतमा नामसंगै दाम र काम पनि रहेको हुन्छ । त्यसैले आजको युगलाई मनोरन्जनको युग पनि भनिन्छ ।

-डा. गोबिन्द रावत, टोरन्टो

प्रतिक्रिया